कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
अछाम, १३ मंसिर । नेपाल मजदुर किसान पार्टी कमलबजार नगरपालिका वडा नंं ६ एकाइ समितिको आयोजनामा सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, शोषणविरूद्धको हक हुनेलगायत नागरिकको जन्मदेखि मृत्युसम्मको बन्दोबस्त गर्ने व्यवस्था समाजवादी राज्य व्यवस्था हो ।”
एमसीसी सम्झौता देश हितविपरीत भएकोले नेमकिपाले देशव्यापीरूपमा एमसीसीको विरोधमा जनतालाई सचेत पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
राजेन्द्रबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा सुन्तला शाही, रामबहादुर शाही, भूपेन्द्र शाही, गीता शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply