भर्खरै :

अफ्रिकी जनताको फ्रान्सेली उपनिवेशवादविरोधी सङ्घर्षको अध्याय : हो चि मिन्ह र अफ्रिका – ३

फ्रान्सका पुँजीपति शासकलाई फ्रान्समा कामदार वर्गीय आन्दोलन उठ्ने डर थियो । आप्mनो उपनिवेश देशहरूबाट फ्रान्सले एकातिर उद्योगहरूका निम्ति सस्तो अझ भनौँ निःशुल्क कच्चा पदार्थ आयात गथ्र्यो भने अर्कोतिर आप्mनो देशमा मजदुर आन्दोलन दबाउन मानवीय स्रोत आयात गथ्र्यो । विश्वमा उपनिवेश खडा गर्ने नीति र वक्तव्यहरू निरन्तर जारी गरिन्थ्यो । बेलायती उपनिवेशवादी नीतिलाई क्रूर बताउँदै फ्रान्सले विश्वमा न्याय र सौहार्दता स्थापित गर्ने खोक्रो वचन दिइरहन्थ्यो । हिन्दचिनी जनतालाई हदैसम्मको अपमान गर्ने फ्रान्सेली सरकारले डाहोमीमा युवाहरूलाई आप्mनो स्वार्थका निम्ति जवजरस्ती घरबाट बाहिर निकाल्थ्यो । ती युवालाई ‘सभ्यताको रक्षक’ भनी ठूल्ठूला गाउँहरू ध्वस्त बनाउने काममा लगाउँथ्यो । आप्mनै आदिवासी दाजुभाइ दिदीबहिनीविरुद्ध हतियार उठाउन बाध्य पारिन्थ्यो । एक किसिमको नारकीय र पशुतुल्य जीवनयापन गर्नुपथ्र्यो । शिक्षा र स्वास्थ्यको कुरा त आकाशको फल जत्तिकै थियो । तर, फ्रान्सेली शासकहरू आपूmलाई ‘सभ्य जाति’ भन्न कहिल्यै थाक्दैनथ्यो । डोहामेली युवाहरूलाई कठिन युद्धहरूमा पठाइन्थ्यो । जितेर आएका युवाहरूले पनि बाँच्न पाउँदैनथे, कारागारमा राखिन्थ्यो, रक्ताम्य दमन गथ्र्यो । आदिवासी जनताको रगतको खोलामा पौडी खेल्ने फ्रान्सेली शासकहरूले ‘सभ्यता र सौहार्दताको’ कुरा गरेको के सुहाउँछ ? पुस्तकले प्रश्न तेस्र्याएको छ ।

सम्पूर्ण जातिमाथि शोषण र दमनको इतिहास पुस्तकभित्र छ । रुसी मजदुर किसानका प्रतिनिधि भोरभोस्की स्वीट्जरल्याण्डमा मारिए । ट्युनिसियाका मजदुर राडिया मजदुर दिवसकै दिन पुलिसबाट मारिए । सम्पूर्ण सहिदहरू जो कामदार वर्गीय आन्दोलनमा सरिक हुँदाहुँदै मारिए ती सबैका हत्यारा अन्तर्राष्ट्रिय पुँजीवाद हो, साम्राज्यवाद हो, फासीवाद हो । ती हत्याहरूले स्वतन्त्रता आन्दोलनलाई थप ऊर्जा प्रदान गरेको सत्य हो । त्यो हत्यामा जातीय विभेद थिएन । ती घटनाहरूमार्पmत सारा संसारका श्रमजीवी जनताले जातीत्र्न्दा वर्गीय सवालमा ध्यान दिए र कामदार वर्गीय आन्दोलनका विरोधीहरूलाई आप्mनो शत्रु माने ।
औपनिवेशिक शत्रुता नै सन् १९१४ देखि १९१८ सम्मको साम्राज्यवादी युद्धको कारण थियो । फ्रान्सले यो विषयमा मनन ग¥यो । त्यतिबेला फ्रान्सले आप्mनो सेना गुमाउँदै थियो । सन् १९२३ सम्म मोरोक्को एउटामा मात्र ८४० जना सेना मारिए । फ्रान्सका कामदार जनताले के जानिसके भने उपनिवेशवाद औपनिवेशिक देशहरूको स्वतन्त्रता लुटेर बाँचेको हो, उपनिवेशवादको आधार भन्नु नै कामदार जनतामाथिको चरम शोषण हो । विस्तारै फ्रान्सेली सरकारले गोरा सेनासँगै एसिया र अफ्रिकाका आदिवासीहरूलाई सेनाको रूपमा प्रयोग ग¥यो । फ्रान्सको १५९ वटा सैन्य अखडामध्ये जम्मा १० वटा गोरा र अर्धआदिवासी, ३० वटा अफ्रिकी र ३९ वटा अन्य उपनिवेश देशहरूबाट थिए । फ्रान्सले आपूmलाई सैन्यवादी होइन भन्थ्यो तर तत्कालीन समयमा फ्रान्सले सैन्य मामिलामा गर्ने खर्च निकै ठूलो थियो । सैन्य परिचालन व्यापक थियो । सन् १९२१ मा हिन्दचिनीमा मात्र ३५,६००००० फ्रान्क (Frances) सैन्य बजेट छुट्याइएको थियो । सोही वर्ष नागरिक शिक्षामा मुस्किलले ३५०००० पियस्ट्रिज (Piastres) र स्वास्थ्य क्षेत्रमा ६५००० पियस्ट्रिज बजेट छुट्याइएको थियो । के शान्तिप्रेमी देश र सैन्यवाद नपछ्याउने देशले शिक्षा र स्वास्थ्यमा भन्दा सैन्य क्षेत्रमा अत्यधिक बजेट खर्चन्छ ? यो प्रश्न पनि पुस्तकले उठान गरेको छ ।
‘लेनिन र औपनिवेशिक जनता’ शीर्षकको लेखमा लेनिनको उपनिवेशवादको विरोध सङ्घर्ष, साम्राज्यवादविरुद्धको लडार्इँ उजागर भएको छ । का. हो आफै लेनिनको पथमा हिँडिरहेका नेता थिए । लेनिनको विचार अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरूमा पैmलाउने क्रान्तिकारीमध्ये का. हो एक थिए । लेनिनको मृत्युको समाचारले त्यसकारण सारा अफ्रिका, एसियाली मजदुर वर्गलाई मर्माहत तुल्यायो । काला र पहेँला जातिका मानिसहरूलाई लेनिन को हो र लेनिनको देश रुस कता पर्छ थाहा थिएन । तर, उनीहरूलाई थाहा थियो लेनिन साम्राज्यवादीहरूको आँखाको धुलो हुनुहुन्थ्यो । भियतनामी जनतादेखि डोहामी जङ्गलका सिकारीहरूलाई अवगत थियो कि यो पृथ्वीको एउटा कुनामा लेनिनको देश छ जहाँ सर्वहारा श्रमजीवी जनताले विजय प्राप्त ग¥यो । जहाँ सम्पूर्ण शोषणका व्यवस्थालाई उखेलेर फालियो जहाँ बहुमत जनताले आप्mनो शासनसत्ता स्थापित ग¥यो । ती बहादुर रुसी जनताका नेता हुनुहुन्छ लेनिन । यी जानकारी र भावनाले अफ्रिकी र भियतनामी जनतामा लेनिन र रुसप्रतिको सम्मान र श्रद्धा अनुभव हुन्छ ।
सुरुमा अफ्रिकी र भियतनामी जनताले समाजवादी क्रान्ति सम्भव छ भन्ने पत्याएका थिएनन् । लेनिन र रुस तिनका निम्ति प्रकाशस्तम्भ सिद्ध भयो । कम्युनिस्ट पार्टी, कम्युनिस्ट अन्तर्राष्ट्रियमाथि विश्वास जाग्यो । तिनले लेनिनलाई आप्mना ‘मुक्तिदाता’ का रूपमा हेर्छन् । लेनिन बित्नुभयो, अब के हुन्छ ? भन्ने प्रश्न तिनीहरूको माझमा उठ्न थाल्यो । के अब लेनिनजस्तै नेता अब हामी पाउँछौँ ? अब हाम्रो स्वतन्त्रता आन्दोलन कतातिर जान्छ ? यी सवालहरूमा लेनिनप्रतिको विश्वास र श्रद्धा भेटिन्छ । लेनिन एक गुरु, कमरेड र सल्लाहकारका रूपमा पूजिनुभयो साथै समाजवादको बाटो देखाउने चम्किलो तारा बन्नुभयो । पुस्तकमा लेखिएको छ – “लेनिन अमर हुनुहुन्छ । हाम्रा काममा लेनिन बाँचिरहनु हुनेछ ।”
हिन्द–चीन र प्रशान्त क्षेत्र
यसो हेर्दा हिन्द–चीन र प्रशान्त क्षेत्र युरोपेली मजदुरहरूबीच कुनै सम्बन्ध छैैन तर क्रान्तिकालीन समयको गठबन्धनहरूको स्मरण गरिन जरुरी छ । पश्चिमबाट रुसमा भएको आक्रमण असफल भएपछि पुनः पूर्वबाट आक्रमण गर्ने प्रयास गरिएको थियोे । भ्लाडिभोस्टोकमा संरा अमेरिकी र जापानी सैन्य टुकडीले प्रवेश पाएको थियो । त्यहीँ नै बेला फ्रान्सले हिन्द चिनी रेजिमेन्ट्सलाई गोरा जातिको समर्थन गर्न साइबेरिया पठाइएको थियो ।
अन्तर्राष्ट्रिय पुँजीवादले उपनिवेश देशहरूबाट अत्यावश्यक शक्ति प्राप्त गर्ने गर्दछ । ती देशहरूबाट उद्योगधन्दाका लागि कच्चा पदार्थ दिने, पुँजीको लगानी अवसर प्राप्त गर्ने उत्पादित वस्तुको बजार बनाउने, सस्तोमा श्रम सेना पुनः पूर्ति गर्ने काम उपनिवेशवादीहरूले गर्छन् । प्रशान्त क्षेत्र र वरपरका उपनिवेशहरू सधँै नै साम्राज्यवादीहरूको आकर्षणको केन्द्र थियो । सो क्षेत्रका सर्वहारावर्ग सबैभन्दा बढी उपनिवेशको मारमा परेका थिए । त्यसकारण, तत्कालीन प्रशान्त क्षेत्रीय सम्पूर्ण समस्या सर्वहारावर्गसँग जोडिएको थियो ।
साम्राज्यवादी युद्धबाट क्षतविक्षत् भएको फ्रान्स पुनः निर्माण गर्न फ्रान्सले उपनिवेशहरूको दु्रत विकास गर्ने योजना अगाडि सा¥यो । जुन योजनाले उपनिवेशवादी देशको फाइदाका निम्ति उपनिवेश देशहरूमा अत्यधिक प्राकृतिक र कच्चापदार्थ दोहनलाई निर्वाध अगाडि बढायो । यही योजनाअन्तर्गत हिन्दचीनलाई प्रशान्त क्षेत्रको उत्पादन वृद्धिमा सघाउनुपर्ने बनायो । जसले हिन्द चीनको दरिद्रता र जनसङ्ख्या निश्चितरूपमा गराउँथ्यो । योजना कार्यान्वयन भयो । त्यसपछि प्रशान्त क्षेत्रका जनता पीडा र दमनमा परे । तिनको जीवनलाई जीवन भन्न नसकिने स्थितिमा पु¥यायो । त्यहाँका आवादी टापुहरूमा उच्च जनसङ्ख्या ¥हास हुनथाल्यो । त्यसको कारण अत्यधिक रक्सी र शरिरले थेग्न नसक्ने काम थियो । फ्रान्सेली साम्राज्यवादले करिब १५०० भन्दा बढी मानिसलाई युद्धको दौरान तोप समाई अग्रपङ्क्तिमा उभिएर लड्ने जिम्मा दिइयो । कङ्गोमा ४०००० आदिवासी २० वर्षमा ३०००० को संख्यामा झ¥यो । सन् १९०२ मा Saint pierre -etmiquelon  टाप’को ६५०० आदिवासी थिए भने सन् १९२२ सम्म आइपुग्दा ३९०० मा झ¥यो ।

फ्रान्सेलीहरूको अधिकांश टापुहरूमा लुटपाट मच्चाइयो । आदिवासी जनताको जमिन, काम खोसेर आप्mना निम्ति दास बनायो । आदिवासी कामदार जनतालाई कसरी सासना दिइन्थ्यो भन्ने उदाहरण पुस्तकमा प्रस्तुत छ – एक समय र मडर अफ पर्ल चालकहरूलाई आप्mना ठाउँभन्दा ८०० माइल टाढा ओसिनियामा किसानी खेती अर्थात् रोपाईँका निम्ति पठाइयो (एक किसानलाई खानीमा मजदुरी गर्न पठाइनुजस्तै थियो) जीवन सुरक्षाको कुनै साधनबिना अत्यन्त कष्टसाध्य काम गर्नुपथ्र्यो । तिनले २ वर्षसम्म आप्mनो सन्तान र परिवारलाई देख्न समेत पाएनन् । तीमध्ये उद्देश्य पूरा भएपछि कतिलाई कैदी बनाइयो । धेरै अमानवीय यातना भोग्न बाध्य भए । अरू पीडा सहन नसकेर मरे ।
यस्तो अमानवीय शोषण कहिल्यै टुङ्गिने सङ्केतसमेत देखिएको थिएन । फ्रान्सेली साम्राज्यवादीहरूले ती टापुहरूलाई प्रशासकहरूको जिम्मामा छोडेदेखि अत्यन्त सुन्दर ती टापुहरू शोषणको साम्राज्य बन्यो, दमनको भूमि बन्यो । प्रशान्त क्षेत्रका उपनिवेशहरू विस्तारै विलुप्त र मृत बन्दै गए । साम्राज्यवाद एक किसिमले पूर्णतः अब्बलता प्रदर्शन गर्दै थियो । तिनले आदिवासी सर्वहारा जनतालाई दबाउन गोरा जातिका सर्वहारा जनतालाई प्रयोग गर्थे । एउटा क्षेत्रका सर्वहारा जनतालाई अर्को क्षेत्रसँग भिडाउँथे, आँधीबेहरी र तुफान खडा गर्थे । साम्राज्यवादीहरू दमनको इतिहास कोर्न सर्र्वहारावर्गकै रगतको आहाल बनेको या रगतको खोला बगेको हेर्न चाहन्थे । तिनको साम्राज्यका निम्ति सर्वहारा जनताले बलिदानी दिनुपर्ने त्यो युग स्मरणमात्र गर्दा पनि पीडादायक छ । पश्चिम अफ्रिकी देश सेनेगलका जनतासँग त्यसको अत्यन्त दुःखद अनुभव छ । सेनेगालीयाली जनतालाई फ्रान्सेली सेनाले कङ्गो, सुडान, डाहोमेइ, माडागास्करका दाजुभाइको संहार गर्न प्रयोग गरेको थियो । हिन्दचीनमा अल्जेरियालीहरूले लडेका थिए । अन्नामेली जनताले अफ्रिकाको गढमा लडाईँ गरे । त्यस्ता थुप्रै घटना छन् । ठूलो मानव संहारको अवधिमा करिब १० लाख औपनिवेशिक किसान र मजदुरलाई युरोप ल्याई गोरा किसान मजदुरको संहार गर्न लगाइएको थियो । देश–देशबीचको लडाईँमा पनि उपनिवेशका जनतालाई अग्रमोर्चामा राखिन्थ्यो । चाहे गोरा हुन् या काला सर्वहारा जनतालाई त्यो उपनिवेशकालीन युगमा स्वतन्त्र सास फेर्ने अधिकार थिएन । साम्राज्यवादको सेनामा उपनिवेशका जनतालाई अत्यधिक सङ्ख्यामा राख्न थालियो । सैन्य उपयोगिताबाट नपुगेर पुँजीवादी उपनिवेशवादी देशले आदिवासीलाई आर्थिक शोषणका निम्ति पनि उपयोग गरे । जब उपनिवेशवादीहरूले ज्याला घटाउने सूचना जारी गर्थे तब उपनिवेशकै मजदुरहरूको काम बढाइन्थ्यो । काम गर्ने समय र मजदुरको सङ्ख्या बढाइन्थ्यो । फ्रान्सकै मजदुरहरूको हड्ताल तोड्न यसो गरिन्थ्यो । पुँजीवादले एउटा उपनिवेशबाट अर्को उपनिवेशको शोषणको नीति पनि लियो । यही नै हिन्दचीन र प्रशान्त क्षेत्रको अवस्था थियो । हजारौँ हजार मजदुर युरोप लगिएको थियो ।
रक्सी र अफिमले जनतालाई सिध्याएर हुन्छ कि बर्सेनि ४० हजार स्वयम्सेवी सेना लगेर हुन्छ कि २ करोड मानिसलाई पैसा छाप्ने मेसिनमा पेलेर हुन्छ कि हदैसम्मको शोषणको अवस्था कायम थियो । उपनिवेशहरू दासताको सिक्रीबाट उठ्नै नसकिने गरी बाँधिएका थिए । हिन्दचीन र प्रशान्त क्षेत्रको मात्र त्यो अवस्था थिएन । समग्र अन्तर्राष्ट्रिय सर्वहारावर्गको नियती त्यस्तै थियो । सर्वहाराहरूको जीवन साम्राज्यवादीहरूको हातमा हुन्थ्यो । साम्राज्यवादी ज्यादतीले सर्वहारा जनता सदा त्रासको जिन्दगी जिउँथे । जापान याप टापु (Yap Island) मा पोलिग्राफ स्टेसनको आदेश दिने, संरा अमेरिका प्रशान्त क्षेत्रमा युद्धपोत ग्यारेन्टीका निम्ति लाखौँलाख डलर खर्च गर्ने, बेलायतले सिङ्गापुरलाई नौसेनाको अखडा बनाउने र फ्रान्सले प्रशान्त साम्राज्य निर्माणको आवश्यक तयारी गर्ने कार्य जारी थियो ।
वासिङ्टन सम्मेलनबाटै औपनिवेशिक द्वन्द्व अझ तिखारिएको बताइन्छ । साम्राज्यावादीहरूले आप्mनो मूर्खता प्रदर्शन गर्न थालेको थियो । राजनीतिक द्वन्द्व झन्झन् चर्कदो र उपेक्षा नै गर्न नसकिने स्थिति बन्दै थियो । भारत, अफ्रिका मोरोक्कोमा युद्ध छेडियो । तत्काल प्रशान्त क्षेत्रमा युद्ध हुने सम्भावना प्रवल थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *