भर्खरै :

अफ्रिकी जनताको फ्रान्सेली उपनिवेशवादविरोधी सङ्घर्षको अध्याय : हो चि मिन्ह र अफ्रिका – ४

फ्रान्सेली साम्राज्यवाद केका लागि योग्य थियो ? यो शीर्षकको लेखमा फ्रान्सेली उपनिवेशवादले धर्मको नाममा पनि देशहरूलाई दबाएको यथार्थ उजागर गरेको छ । जस्तै भारतमा हिन्दू धर्म मान्ने जनतालाई दबाई इस्लामिक धर्म प्रचार गरियो । युद्धकालीन समयमै अफ्रिकाका काला जातिका मानिसहरूलाई ‘सभ्यता र मानवता’ को प्रतिरोध गरेको भन्दै नरसंहार गरियो । यसरी आप्mनो ‘सभ्यता र मानवता’ का लागि लडेका अफ्रिकी जनताले प्राण त्याग्नुप¥यो । त्यतिमात्र होइन ट्युनिसियाको भूभागमा शरण खोज्दै आएका लिबियाको ट्रिपोलितानीया क्षेत्रमा ट्रिपोलितानीयाली वृद्ध, युवा, महिला बालबालिकाहरूमाथि इटालीयाली उपनिवेशको पक्ष लिएर फ्रान्सेली बन्दुकधारीहरूले रोकेर अमानवीय दुव्र्यवहार गरे । ती ट्रिपोलितानीयाली जनता फ्रान्सेली शासकहरूको जालोमा परिसकेका थिए । यद्यपि, तिनीहरूलाई दुई विकल्प दिइयो । एक फ्रान्सेली शासकबाट नरसंहार, दुई सहारा मरुभूमिमा गई भोक र प्यासबाट मर्ने । तिनीहरूले तेस्रो विकल्पको खोजी गरे, आपूm उभिएको जमिनमा लडेर विस्तारै माटोमा विलिन हुने विकल्प । दिन बित्दै गयो, पहिलो चरणमा तिनीहरूको आत्मा मारियो, तिनीहरू पलपल मरिरहेका थिए । बालबालिकाहरू भोक र प्यासले रुन पनि नसक्ने अवस्थामा पुगिसकेका थिए । काखेबालकहरूले आमाको खङ्ग्रङ्ग सुकेको दूध चुस्दा–चुस्दै प्राण त्यागिरहेका थिए । महिला र वृद्धहरूको शरीरमा हाडछालाबाहेक केही बाँकी थिएन, जिउँदै कङ्काल जत्तिकै भएका थिए । युवाहरूको शरीरमा जीवनको कुनै सङ्केत बाँकी थिएन । सास फेर्ने उत्साह पनि बाँकी थिएन । ट्रिपोलितानीयालीहरूमाथि यस्तो निर्मम यातना दिइएको थियो । विश्वमै साम्राज्यवादी र उपनिवेशवादीहरू एकअर्कोसँग मिलेर उपनिवेशका जनतालाई दबाइएको इतिहास अक्षम्य अपराधले भरिएको छ ।

‘फ्रान्सेली सभ्यताको महिमा’ शीर्षकको लेखमा सभ्यताको नारा दिएर संसारमा उपनिवेश खडा गर्ने र कायम राख्ने फ्रान्सको बदनियत छताछुल्ल पारिएको छ । फ्रान्सेली शासकहरू आप्mनो सभ्यताको महत्वपूर्ण पक्ष नम्रता (politeness) हो भन्थे । फ्रान्सेली शासकलाई नम्र भन्नु त्यो शताब्दीकै ठूलो झूट हुनेछ । बर्बरता, हिंस्रक व्यापार, अमानवीय यातना भोगेका उपनिवेशका जनता त्यस्तै भन्थे । हिन्दचीन, माडागास्कर र अन्य उपनिवेशका आदिवासी जनतालाई राखिएको जेलमा तिनले प्रशासकलाई निहुरेर अभिवादन नगरेबापत असह्य यातना भोग्थे । यो त दृष्टान्तमात्रै भयो । त्यसकारण, सभ्यता, नम्रताको होहल्ला गरे पनि वास्तवमा फ्रान्सेली उपनिवेशवादीहरू राक्षससरह थिए ।
फ्रान्सेली शासकहरू स्वतन्त्रतालाई सभ्यताको अर्को पक्ष बताउँथे जबकि उपनिवेशका जनता र आप्mनै देशका सर्वहारा जनतालाई तिनले सिक्रीले बाँधेर राखेका थिए । दास जत्तिकै थिए । उदारता र दयालु स्वभाव फ्रान्सेली सभ्यताको परिचायक बताउँथे, फ्रान्सेली शासकहरू । तर, वास्तवमा ‘जर्मनीले तिर्नेछ’ नारालाई तिनले ‘उपनिवेशहरूले तिर्नेछन्’ बनाएका थिए । उपनिवेशका सारा सम्भावना, स्रोतसाधन, मानिसहरूको पौरखलाई पनि नछोड्ने ती शासक आदिवासी जनताको धर्म, संस्कृति, मूल्यमान्यता पनि उपनिवेशवादीकै प्रगतिका निम्ति प्रयोग गरिन्थ्यो । ‘समानता’ फ्रान्सेली सभ्यताको प्राण हो भनी बताउँथे । नरसंहार, लुटपाटमा रमाएको फ्रान्सेली उपनिवेशवादले समानताको उपहास ग¥यो । सर्वहारा जनताले भोगेको, उपनिवेशका आदिवासीले बाँचेको असमानता असह्य छ । पुस्तकले पाठकसँग यही अनुभव साट्छ । ‘मानवता’ को फलाकोबाजी गर्दै मानवताहीन अर्थात् निकृष्ट र अमानवीय ज्यादती अफ्रिकी जनताले भोगेका छन् । आपूmलाई सभ्यता, स्वतन्त्रता र मानवताको हिमायती बताउने फ्रान्सले आदिवासीको आवाज दबाउन विषालुु ग्यास, अश्रुग्यास प्रयोग गर्थे । अत्यन्त हानिकारक रसायन प्रयोग गर्थे । जसले मानिसलाई अङ्गभङ्ग र सुस्तमनस्थितिको अवस्थामा पु¥याउँथ्यो । कानुन र न्यायको पक्षपाती बताउँदै त्यसको हत्या गरिन्थ्यो । यसरी फ्रान्सेली सभ्यताले न समानता, स्वतन्त्रता र मुक्तिको बाटो देखाउँछ न फ्रान्सेली शासकहरू नम्र, दयालु, मानवीय आचरणले युक्त नै थिए ।
प्रश्न उठ्छ फ्रान्सेली शासकले भनेझँै फ्रान्सेली सभ्यताले काला जातिका मानिसलाई सभ्य कसरी बनाउँछ ? आदिवासी जनताको आत्मस्वाभिमानको हत्या, जीवनको हत्या, गौरवपूर्ण सभ्यता र इतिहासकै हत्या ग¥यो । थुप्रै आधारहरू सभ्यता र इतिहासकै हत्या ग¥यो । थुप्रै आधारहरू केलाइएका छन् । युरोपेलीहरूले अफ्रिकी जनताको सामूहिक हत्यालाई के भने ? संरा अमेरिकाले अफ्रिकी जनतामाथि गरेको बर्बरतालाई सभ्यता भन्ने कि नभन्ने ? जब गोरा शासकहरूले अफ्रिकी महादेशमा पाइला टेके तबबाट त्यहाँ काला जाति, सर्वहारावर्गका जनताको रगतको खोला बग्न सुरु भयो । गोरा शासकले त्यही रगतमा मोज गरे, के यसैलाई सभ्यता भनिन्छ ? जब उपनिवेशवादी साम्राज्यवादीहरूले अफ्रिकी महादेशमा बुट बजार्न सुरु गरे तबबाट आदिवासी जनतालाई दास बनाइयो, मानिस बन्न दिइएन । पशुसरह सिक्रीले हातखुट्टा बाँधेर, घाँटीमा सिक्रीले बाँधेर सासना दिइयो । दास–व्यापार गरियो । मान्छेलाई पशुसरह किनबेच गर्ने, मासु जोखेझँै किलोग्राममा अफ्रिकी जनतालाई जोखेर किनबेच गर्ने त्यो व्यवस्थामा के सभ्यता भेटिन्छ ? बालबालिका जन्मन नपाउँदै दास बन्नुपर्ने, महिला र किशोरीहरू पलपल बलात्कृत हुनुपर्ने त्यो समाजमा फ्रान्सेलीहरूको सभ्यता कहाँ थियो ? यी मार्मिक प्रश्नहरू सोधिएका छन् ।
उपनिवेशवादीहरू अफ्रिकामा बाइबल लिएर गएका थिए । शान्तिका निम्ति क्रिश्चियन भन्दै स्पेनका क्याथोलिक राजा अफ्रिका पुगेर गरेको दमनको इतिहास पढ्न पाइन्छ । त्यही बाइबललाई स्वर्ग जाने बाटो बताउँदै ब्राजिल, बेलायत, अमेरिका लगायतका देशहरूले सन् १८३५ सम्ममा अधिपत्य जमाइसकेका थिए । अफ्रिकी जनताको आप्mनो जमिन, आप्mनो पहिचान र आप्mनो सम्पत्ति ती बाइबलधारीहरूको हातमा पुग्यो । चर्चहरू धमाधम बनाइए र त्यही चर्च दासताको केन्द्र बन्यो । दासता उन्मूलनको नारा नलगाइएको होइन तर जबजब ती शासक देशहरूले दासता उन्मूलनको कुरा गर्थे तब अझ नृशंस हत्या र दमनको तयारी गरिन्थ्यो । यसरी धर्मको आडमा अफ्रिकी जनतासँग सबैसबै लुट र डकैत गरिएको थियो ।

बेल्जियमका राजा बेलायतकी रानी एलिजाबेथदेखि युरोपका सम्पूर्ण शासकहरू काला जातिका जनताको व्यापारमा (Negro-trade) मा संलग्न थिए । ती सबैले अफ्रिकामा उपनिवेशको सामूहिक सम्झौता गरेका थिए । काला जाति (black-flesh) को शोषणका लागि एकाधिकार खडा गरिएको थियो । अफ्रिकालाई ती देशहरूले भागबन्डा गरी गरी लुटे ।
दासहरूका व्यापारीहरूले दासलाई एक वस्तुभन्दा तुच्छ र पशुलाई भन्दा घृणित र अपमानजनक व्यवहार गर्थे । फ्रान्सेली दासव्यापारीहरूले कारखानामा काम गर्ने रैथाने जनतालाई विद्युत्को झट्का दिने गर्थे ।
सन् १८९५ मा बेलायतले मेटाबेलका ३ हजार विद्रोहीहरूको संहार ग¥यो । सन् १९०१ देखि १९०६ सम्म पश्चिम अफ्रिकाका २५ हजारभन्दा बढी बहादुर अफ्रिकीहरूको नरसंहार गरियो । सन् १९११ मा इटालियाली उपनिवेशवादीहरूले माचिया, बेल्जियम र कङ्गो गरी जनसङ्ख्या २ करोड थियो भने सन् १९११ सम्ममा आइपुग्दा ५ लाखमा झर्यो । फ्रेन्च कङ्गो जातिका बासिन्दा दुई वर्षमा ४० हजारबाट २० हजारमा झर्यो । अन्य जाति पूर्णतः हराइसकेको अवस्था थियो । सन् १८९४ मा होटेनटोट (Hottentot) जनसङ्ख्या २० हजार थिए । सात वर्षको उपनिवेशमा सो जनसङ्ख्या नै हजार सात सयमा झर्यो । यसरी अफ्रिकी महादेशमा उपनिवेशवादीहरूको दास–व्यापार फस्टाएको थियो । कति अफ्रिकीहरूलाई आप्mनो देशमा जोखिमपूर्ण काम या श्रम गर्न ल्याइन्थ्यो । ती काला जातिका दासहरूले नै आजको विकसित युरोप र अमेरिकाको निर्माण गरेको थियो भन्ने बलियो प्रमाण हो, यो पुस्तक ।
पुस्तकमा मानिसको अधिकारको घोषणा (Declaration of the Rights of Man) सँगै फ्रान्सेली शासक मार्सल लाउटी (Marshal Lautey) को विषयमा चर्चा गरिएको छ । सो घोषणा फ्रान्सेली बुर्जुवा पुँजीपतिहरूको राजनीतिक घोषणापत्र थियो । त्यो घोषणा बुर्जुवा साम्राज्यको नयाँ आधारशिला उद्घाटनको घोषणा थियो । त्यो घोषणापत्र फ्रान्सेली पुँजीवादी क्रान्तिको दौरान सन् १७८९ अगष्ट २७ गते संविधानसभाबाट खेस्रा गरी जारी गरिएको थियो । त्यसको घोषणा फ्रेन्च मोरोक्कोमा मार्सलले गरेका थिए उनले भनेका थिए “फ्रान्सले आज र अब आउने थुप्रै वर्षहरूमा आदिवासीहरूका निम्ति भूमिका खेल्नेछ । रैथाने जनतालाई आप््mनो दायित्व सिकाउनेछ । दायित्वबोधपछि मात्र अधिकारको कुरा आउँछ । सार्वभौमिकताको सिद्धान्त फ्रान्समा सीमित रहनेछ र कानुन फ्रान्सको इच्छा बमोजिम तय हुनेछ ।”
उनले त्यो घोषणालाई जनता र इतिहासको गौरव बताए । तर, त्यो अधिकारको घोषणामा मानिस र नागरिक कतै थिएनन् । गिद्ध र सार्क अर्थात शासकहरूका निम्ति अधिकारको घोषणा थियो । युद्धकालीन समयमा ५३,००० मोरोक्कोली जनताले दायित्व निभाउँदै प्राण त्यागे । रणभूमिमै आप्mना हड्डी छोड्ने १० हजार थिए । अन्य मोरोक्केली जनताले आप्mनो प्राण हत्केलामा राखेर दिनरात नभनी फ्रान्सको निम्ति वस्तु पूर्ति गर्न काम गरे । ‘विजय ऋण’ भन्दै रैथाने मोरोक्केलीसँग भएभरको सम्पत्ति हडप्दै थिए । त्यसको बदलामा फ्रान्सेली शासकहरूले बमवारुद बर्साए । सायद यहि नै ‘अधिकार’ थियो । मोरोक्केलीहरूले थुप्रै कर तिर्न पथ्र्यो । सन् १९१८ मा १० करोड ९४ लाख ४९ हजार फ्रान्सेली पैसा करबाट सन् १९२२ सम्ममा १७ करोड १९ लाख ५३ हजार पु¥याइयो । के यही थियो अधिकारको प्रत्याभूति ? मोरोक्केली जनताको पसिना लुटेर उठाइएको करको तीन भागमा एक भाग शासकहरू मोटाउन खर्च हुन्थ्यो । मोरोक्केली जनताले आप्mनो कर्तव्य निर्वाह गरे, दासजस्तै दायित्व पूरा गरे । मानिस र नागरिक भएर तिनले नपाएको अधिकारका निम्ति अझै लड्न आवश्यक थियो, सङ्घर्ष जारी थियो । सन् १७८९ मा फ्रान्सका क्रान्तिकारी सर्वहाराहरूले आप्mनो अधिकारका निम्ति लडेझँै लड्न जरुरी थियो । यो दायित्वबारे मोरोक्कोका जनता अझै जागरुक थिएनन् । त्यसकारण मार्सलले रक्सी, नार्कोटिक्स र प्रोस्टिच्यूूट्सलाई सभ्यतासँग जोडिएको मूल्यमान्यता भन्दै उपनिवेश जोगाउन तत्परता देखाइरहे । नागरिक र मानिसको अधिकार घोषणालाई उपनिवेश लम्ब्याउने नयाँ काइदा बनाए ।
विषुपवृत्तीय अफ्रिकामा उपनिवेशवादको चर्को निन्दा भएको थियो । सो क्षेत्रको अनुभव पुस्तकमा पढ्न पाइन्छ । त्यो क्षेत्रमा उपनिवेशवाद पूर्णतः सफल हुनसकिरहेको थिएन । त्यहाँ फ्रान्सले अन्यत्र प्रयोग गरेको उपाय काम लागेन । उपनिवेशवादको बर्बरताबारे जनताबीच निकै चर्चा हुन्थ्यो । “उपनिवेशवादी नीति अझै अभ्यासमा आइरहे हाम्रा गाउँहरू यसरी नै जलिरहेनछन् । जलेर ध्वस्त हुनेछ, केही केही पनि हाम्रो भन्नु बाँकी रहनेछैन । कङ्गोका किनारहरूझैँ ओयुवाङगुइ (Oubangui) र साङ्घा (Sangha) मानिसविहीन अर्थात रैथानेविहीन बन्नेछन् । यदि उपनिवेशवाद बाँचिरहे आउने शताब्दीसम्ममा कामगरी खाने वर्ग संसारबाट विलिन हुनेछन् ।” यसरी जनताले सचेत बनाइएको थियो । यद्यपि, फ्रान्सेली शासकहरूको बर्बरता रोकिएको थिएन । विषुपवृत्तीय अफ्रिकाका थुप्रै गाउँहरूलाई खरानी बनाइयोे, बलले उडाइयो । त्यो क्षेत्रमा फ्रान्सेली शासक थप आक्रमण र बर्बर ढङ्गले प्रस्तुत भए । त्यही नै त्यो क्षेत्रका जनताको विद्रोहको एउटा प्र्रमुख कारण बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *