भर्खरै :

अमेरिकी प्रजातन्त्र र अमेरिकी युवाहरूको भावना

हाबर्ड केन्नेडी स्कूलको राजनीतिक प्रतिष्ठानले बुधबार संरा अमेरिकाका १८–२९ वर्षका युवाहरूबीच गरेको एक मत सर्वेक्षणको नतिजाले ७ प्रतिशत युवाहरूमात्र आफ्नो देशमा ‘स्वस्थ प्रजातन्त्र’ भएको विश्वास गर्ने र ५२ प्रतिशत युवाहरूले त्यहाँ लोकतन्त्र या त ‘समस्यामा रहेको’ अथवा ‘असफल’ भएको मत राख्ने गरेको देखाएको छ ।
यो मत सर्वेक्षणको परिणाम विश्वासयोग्य छ किनभने १८–२९ वर्ष उमेरका युवाहरू आफ्नो भनाइ कुनै स्वार्थ समूहको दबाब वा प्रभावमा नपरी आफूलाई मनमा लागेको कुरा प्रस्ट रूपमा बोल्ने गर्छन् । पछिल्ला बीस वर्षमा अमेरिकी युवाहरू, विशेषतः कलेजका विद्यार्थीहरू आफू हुर्कँदै गरेको परिस्थितिप्रति असन्तुष्ट बनिरहेको अवस्थामा अमेरिकी लोकतन्त्रप्रति यस्तो मत राख्ने अमेरिकी युवाहरू ७ प्रतिशतमात्र हुनु कम हो । आफू हुर्केको परिवेशप्रति दिक्क बनेका ती युवाहरू संरा अमेरिकी व्यवस्था र देशभित्र तथा बाहिरको अमेरिकी नीति मन पराउँदैनन् ।
संरा अमेरिकाले आफू प्रजातान्त्रिक भएकोमा गौरव गर्छ । तर, संरा अमेरिकी प्रजातन्त्रको गुणस्तर भने क्रमशः खस्कँदै गएको वस्तुगत यथार्थ यो मत सर्वेक्षणले देखाएको छ । धेरै युवाहरू, विशेषतः कलेजका विद्यार्थीहरूले पुस्तकमा पढेका कुरा र वास्तविकतामा भोगेको यथार्थमा ठूलो अन्तर अनुभव गरेका छन् । प्रजातन्त्रको प्रकाशस्तम्भ र लामो समयसम्म संसारकै सर्वोच्च उचाइमा रहेको भनी अतिरञ्जनापूर्ण प्रचार गरिरहेको संरा अमेरिकी प्रजातन्त्रको गुलाबी कथाको पृष्ठभूमिमा अहिलेका युवाहरूले संरा अमेरिकामा गरिबको सङ्ख्या बढिरहेको देखेका छन्, मध्यम वर्ग क्रमशः कमजोर बन्दै गएको छ भने सार्वजनिक हितको कुरा बेवास्ता गर्दै धनीमानीहरू धन थुपारिरहेका छन् ।
प्रजातन्त्र आफैमा खराब कुरा होइन । तथापि, संरा अमेरिकी प्रजातन्त्रको काम गर्ने स्तरको तीतो वास्तविकता यो मत सर्वेक्षणले उजागर गरेको छ । जो बाइडेनले प्रतिनिधित्व गरेको संरा अमेरिकी शासक वर्गले घरभित्र अमेरिकी प्रजातन्त्रबारे प्रशिक्षण दिइरहेको छ । अरू देशहरूमा भने उसले आफ्ना सबभन्दा शक्तिशाली हतियार प्रयोग गरिरहेका छन् । उनीहरूले खासमा पहिला अमेरिकी युवाहरूबाट अमेरिकी प्रजातन्त्रबारे व्यक्त विचारप्रति चिन्ता लिनु उपयुक्त हुन्छ ।
यस्तो भद्रगोल अवस्थामा संरा अमेरिकाले आफ्नो प्रजातन्त्रको प्रवद्र्धन गर्न खोज्नुले अन्ततः अमेरिकी तल्लो तहका जनतालाई त्यहाँका धनीमानीबाट अझ टाढा पु¥याउनेछ । साथै, संसारका अन्य देशलाई संरा अमेरिकाबाट टाढा गर्नेछ । अमेरिकी समाजमा डोनाल्ड ट्रम्पजस्ता अरू कट्टर नेताहरू उदाउनेछन् । संरा अमेरिका संसारबाट क्रमशः एक्लो बन्दै जानेछ ।
गत वसन्तयाममा गरिएको पछिल्लो हाबर्ड युवा मतसर्वेक्षणयता राष्ट्रपति बाइडेनप्रतिको समर्थन पनि क्रमशः घट्दै गएको छ । सो मत सर्वेक्षणअनुसार बाइडेनको कामप्रति समर्थनको दर ५९ प्रतिशतबाट ४६ प्रतिशतमा ओरालो लागेको छ । कोरोना भाइरसलाई पनि तह लगाउन नसक्नु र संरा अमेरिकी राजनीतिक दलहरूलाई एकै स्थानमा सङ्गठित बनाउन नसक्नाको कारणले युवाहरू बाइडेनप्रति असन्तुष्ट हुनु स्वाभाविक पनि हो । युवा अमेरिकीहरूले शिक्षा ऋण वा रोजगारीजस्ता विषयमा कुनै पनि सुधारको अनुभव गर्न पाएका छैनन् । उनीहरू बाइडेनले ल्याएका नीतिले अमेरिकी व्यापारीहरू (वाल स्ट्रिट) कै मात्र सेवा गरिरहेको कुरामा विश्वास गर्छन् । त्यही भएर बाइडेनप्रतिको समर्थन ओरालो लागेको हो ।
संरा अमेरिकाको एक व्यक्ति–एक मतको प्रजातान्त्रिक प्रणालीमा मतपेटिकामा मत खसेलगत्तै मतदातालाई बेवास्ता गरिन्छ । संरा अमेरिका आफ्नो प्रजातन्त्रको बखान गरेर कहिल्यै थाक्दैन । तथापि, त्यो प्रणालीले बहुमत जनताको हितको सेवा गर्न सकेको छैन । संरा अमेरिकी प्रजातन्त्रको गुणस्तर ज्यादै न्यून छ जसअन्तर्गत तल्लो तहका जनतालाई उपयोग गरिन्छ । वाल स्ट्रिट, ठूला कम्पनी र लगानी बैङ्कहरूले संरा अमेरिकी नीति निर्माण र चुनावमा खेल्ने गर्छन् । संरा अमेरिकी प्रजातन्त्र कहिल्यै पनि खास प्रजातन्त्र होइन, बरु अमेरिकी प्रजातन्त्र पैसामा चुर्लुम्म डुबेको छ ।
आसन्न प्रजातन्त्र सम्मेलनले संरा अमेरिकी अपेक्षा पूरा गर्नसक्दैन । त्यो काम बाइडेनको मन शान्तिबाहेक केही पनि होइन । आफ्नो चुनाव प्रचार अभियानमा राष्ट्रपतिले शिखर सम्मेलन गर्ने घोषणा गरेका थिए । आफ्ना वचन खेर नजाओस् भनेर उनले यो सम्मेलनको आयोजना गरेका हुन् । मध्यावधि निर्वाचन आउँदै छ । वाशिङ्टन यो सम्मेलनमार्फत संरा अमेरिकाप्रति संसारको दियो फेरि पनि बाल्ने प्रयासमा लागेको छ ।
तर, मत सर्वेक्षणले अमेरिकी युवाहरू संरा अमेरिकी प्रजातन्त्रप्रति फरक मत राख्ने गरेको देखाएको छ । यस्तो परिस्थितिमा संरा अमेरिकाले त्यत्ति चाँडै अरू देशको समर्थन कसरी जित्न सक्ला र ? बाइडेन यस्ता ठूला कार्यक्रम आयोजनामा व्यस्त रहेको बेला उनले जनताका खास मागप्रति आँखा चिम्लिएका छन् । जनताले स्वास्थ्योपचारदेखि आम्दानीसम्मका माग उठाएका छन् । एक सय एक जना राज्य तथा क्षेत्र प्रमुखहरूलाई एकै ठाउँमा भेला गर्नु समयको बर्बादीमात्र हो । यसबाट संरा अमेरिकाले कस्तो खराब खालको प्रजातन्त्रको अभ्यास गरिरहेको छ भन्ने कुरा अरू देशले पनि बुझ्न जरुरी छ । यस्ता कामले अमेरिकी प्रजातन्त्रप्रति अन्य जनताको सद्भाव र समर्थन बटुल्न सकिँदैन ।
लेखक चीनको विदेश मामिला विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *