भर्खरै :

लाखौँ क्युवाली जनताद्वारा नेता फिडेल क्याष्ट्रोप्रति श्रद्धाञ्जली

सान्टियागो डे क्युवा, ५ डिसेम्बर (ग्रान्मा) । क्युवाली समाजवादी क्रान्तिका सर्वोच्च कमाण्डर फिडेल क्याष्ट्रोको स्मृति दिवस (डिसेम्बर ४ ) का दिन क्युवाको देशैभरि क्युवाली जनताले नेता क्याष्ट्रोप्रति विभिन्न तरिकाले श्रद्धासुमन व्यक्त गर्दै समाजवादको झन्डालाई उँचो राख्ने प्रण गरेका छन् । सान्टियागो डे क्युवास्थित सान्ता इफिजेनिया प्याट्रिमोनियल सेमेट्रीमा अवस्थित फिडेलको समाधिमा क्युवाली क्रान्तिका नेता एवं पूर्वराष्ट्रपति राउल क्याष्ट्रोलगायत क्युवाली कम्युनिष्ट पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा लाखौं जनसाधारणले पुष्पार्पण गरे । त्यस्तै राजधानी हवानामा फिडेलको स्मारकमा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव एवं राष्ट्रपति मिग्वेल डायज कानेल बर्मुडेज, पार्टीका उच्चपदस्थ नेताहरू, विदेशी राजदूतहरू तथा कूटनीतिक नियोगका अधिकारीहरू, पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताहरू तथा लाखौं क्युवाली नागरिकहरूले फिडेलप्रति श्रद्धासुमन अर्पण गरे । डिसेम्बर ४, २०१६ का दिन क्रान्तिकारी नेता एवं क्युवाका पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *