भर्खरै :

प्रजातन्त्र अमेरिकाको मास्कमात्र हो

प्रजातन्त्र भनेको के हो ? सरलरूपमा भन्दा जनताको व्यवस्था हो । अर्थात्, समस्त जनतालाई देशका विभिन्न क्षेत्रका ठूला साना कुरामा छलफल र निर्णयमा संलग्न गराएर देश र जनताको साझा विकास हुनु नै प्रजातन्त्र हो । तर, एक क्षेत्रको प्रजातन्त्र यस्तो नै हो । त्यहाँका हरेक जनताको हातमा एक मत छ, अनि देशका शीर्ष नेताले प्रत्यक्ष निर्णय गर्नसक्छ । तर, उक्त मत पुँजी समूहबाट सिफारिस गरिने उम्मेदवारलाई मात्र प्रदान गर्न सकिन्छ । मन परोस् वा नपरोस दुई जनाबीच एक छनोट गर्नैगर्छ । कुनै पनि विकल्प उनीहरूसँग रहँदैन । उक्त प्रजातन्त्र प्रक्रिया अल्पसङ्ख्यक कुलीन वर्गको सहयोगमा भएकाले निर्वाचनबाट स्थापित सरकारले कुलीन वर्गलाई समर्थन गर्छ । त्यही भएर पुँजीतन्त्र वा कुलिनतन्त्र भनिएको हो । कुलिनहरूले पुँजीका लागि कुस्ती गरिरहन्छन् । तर, प्रजातन्त्रको मुख्य तत्वको रूपमा रहेका जनताको हातमा नराम्रो परिणाम मात्र प्राप्त हुन्छ । गम्भीर हुँदै आएको धनी र गरिबबीचको खाडल, जातीय विभेद, सामाजिक अन्याय, क्यापिटल हिल गतिबिधि, महामारीबाट मृतक सङ्ख्या शीर्ष स्थानमा रहेको आदि विषय नै अमेरिकी तथाकथित प्रजातन्त्रको प्रतिविम्ब हो ।
तर, त्यस्तो मुलुकको आँखामा प्रजातन्त्रको आफ्नै एक मात्र तरिका मात्र छ, अनि विश्वव्यापी जबरजस्तीरूपमा प्रजातन्त्रको निर्यात गरिरहेको छ । जसले यो गतिविधि चलाइरहेको छ तर आफैँ चाहिँ लोकतान्त्रिक छैन । अफगानिस्तान, इराक, सिरिया हेर्नोस् । जहाँ अमेरिका पुगेको छ त्यहाँ कुनै प्रजातन्त्र देखिँदैन बरु जनपीडा मात्र देखिन्छ ।
कुनै शङ्का छैन, यो मुलुक अमेरिका नै हो । पियु अनुसन्धान केन्द्रले हालै १७ वटा मुलुकमा गरेको जनमतका अनुसार लगभग ५७ प्रतिशत उत्तरदाताको विचारमा केही वर्षयता अमेरिकी प्रजातन्त्र असल नमुना होइन । अरू २३ प्रतिशतले त अमेरिकामा कहिल्यै प्रजातन्त्र थिएन र होइन भन्ने जवाफ दिएका छन् ।
आफ्नो प्रजातन्त्र एम्पायर स्टेट बिल्डिङ्ग पतन हुनलागेको हेर्दा अमेरिकाले तथाकथित प्रजातन्त्र शिखर सम्मेलनको आयोजना गरेको छ भने प्रजातन्त्रको नाममा प्रभुत्व लाद्ने काम गरेको छ । प्रजातन्त्र शिखर सम्मेलन त्यस्तो हुनुपर्छ जहाँ विश्वका विभिन्न क्षेत्रका मुख्य मुलुकहरू संलग्न हुनुपर्छ । अनि संयुक्तरूपमा प्रजातन्त्रलाई अरू बढाएर अझ प्रशस्त लोकतान्त्रिक तरिकाको रचना गर्न छलफल गर्नुपर्छ । तर नामावलीबाट हेर्दा उक्त सम्मेलनबाट चीन र रूसलाई विरोध गर्न र अमेरिकाको आज्ञाकारी मुलुकलाई उपदेश मात्र समावेश गरेको स्पष्ट देखिएको छ । जस्तो भनौँ, एमसीसी अस्वीकार गरेको मुलुक श्रीलङ्का स्पष्टरूपमा एमसीसी अस्वीकार नगरेको नेपाललाई निमन्त्रणा गरिएको छ । जसबाट नेपालको सतर्कता र असन्तुष्टि देखिएको छ । नेपालको झिल्को वेभसाइटले एउटा लेखमा भनिएको छ, अमेरिकाको प्रजातन्त्र शिखर सम्मेलनले संसारलाई विभाजित गरी चीन र रूसलगायत केही मुलुकलाई विश्वबाट अलग गर्न खोजेको छ, उक्त सम्मेलनमा संलग्न हुनु नै नेपाललाई आगोमा हाले बराबर हो ।
स्पष्ट देखिन्छ कि प्रजातन्त्रका लागि आयोजित उक्त सम्मेलन नै कुनै पनि दृष्टिकोणमा लोकतान्त्रिक छैन । फेरि एक पटक प्रमाणित भएको छ कि प्रजातन्त्र नै अमेरिकाले बनाएको मास्क मात्रै हो ।
प्रजातन्त्र, हामीले जति उसलाई अँगालो हाल्न मन पराउँछौँ अमेरिकाले त्यति उसको स्वार्थका लागि प्रयोग गर्न मन पराउँछ । तथाकथित प्रजातन्त्र शिखर सम्मेलन नै अमेरिकाले बनाएको अर्को मास्क मात्र हो ।
स्रोतः सीआरआई
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *