भर्खरै :

चीन–भारत सिमानाको प्रश्नमा नेहरू दर्शनको पुनर्विश्लेषण–५

माक्र्सवाद–लेनिनवाद के बताउँछ भने फरक फरक स्थितिहरूमा पूँजीपति वर्गको राष्ट्रवादले फरक फरक ऐतिहासिक भूमिकाहरू निभाएको छ । माक्र्सवाद–लेनिनवादले सधैं उत्पीडक राष्ट्रको राष्ट्रवाद र उत्पीडित राष्ट्रको राष्ट्रवादमा फरक बताउँछ, प्रगतिशील राष्ट्रवाद र प्रतिक्रियावादी राष्ट्रवादमा फरक बताउँछ र त्यस भिन्नताअनुसार त्यसले फरक फरक राष्ट्रवादबारे फरक फरक दृष्टिकोण लिन्छ ।
वर्तमान समयमा, उपनिवेशी र अर्ध–उपनिवेशी देशहरूको राष्ट्रिय पूँजीपति वर्गहरू र साम्राज्यवाद तथा सामन्ती शक्तिहरूमाझ अन्तरविरोध कायम छ । यसकारण तिनीहरूले एक निश्चित ऐतिहासिक समयमा र निश्चित सीमासम्म साम्राज्यवादविरोधी र सामन्तवादविरोधी क्रान्तिकारी सङ्घर्षहरूमा भाग लिन सक्छन् र इतिहासमा प्रगतिशील भूमिका खेल्न सक्छन् । जस्तो कि लेनिनले बताउनुभएको छ–‘पूँजीपति वर्गमा राष्ट्रवादको उदय हुनु ऐतिहासिक आवश्यकता हो ’ चीनमा पूँजीपति वर्गको राष्ट्रिय प्रजातान्त्रिक क्रान्तिको समयमा डा. सन यात सेनले सोभियत सङ्घसँग मित्रता, चिनियाँ कम्युनिष्ट पार्टीसँग सहयोग र किसान मजदुरहरूलाई सहायताको नीतिहरू अङ्गाल्नुभयो । प्रगतिशील राष्ट्रवादको यो सबभन्दा राम्रो उदाहरण हो । तर, अर्काेतिर आफ्नो वर्गीय स्थितिको कारण उपनिवेशी र अर्ध उपनिवेशी देशहरूका पूँजीपति वर्गहरूको साम्राज्यवाद तथा सामन्तवादसँग सम्झौता गर्ने स्वभाव पनि हुन्छ र तिनीहरू साम्राज्यवादविरोधी तथा सामन्तवादविरोधी क्रान्तिमा कहिले यता र कहिले उता हुन्छन् । जहाँसम्म राष्ट्रिय पूँजीपति वर्गको एक भाग ठूलठूला पूँजीपति वर्गहरूको प्रश्न छ, जसको साम्राज्यवाद र घरेलु सामन्ती शक्तिहरूको हितसँग तिनीहरूका गाढा सम्बन्ध हुन्छ, तिनीहरू पूँजीपति वर्गकै प्रतिक्रियावादी पक्ष हुन् । तिनीहरू कुनै स्थितिमा राष्ट्रिय स्वाधीनता आन्दोलनमा पनि भाग लिन सक्छन् । तर जब व्यापक साधारण जनता साँच्चै उठ्छन् र वर्ग सङ्घर्ष चर्काे हुन थाल्दछ । साम्राज्यवादीहरूले तिनीहरूलाई पैसाले किन्छन्, तब तिनीहरू क्रान्तिलाई विश्वासघात गर्छन् । तिनीहरू आफ्नो देशमा जनतालाई दबाउँछन् र कम्युनिष्ट पार्टी तथा प्रगतिशील शक्तिहरूलाई दमन गर्छन् र देश बाहिर तिनीहरू साम्राज्यवादसँग पूर्णरुपले मिल्छन् तथा समाजवादी देशहरूको विरोध गर्छन् । चिनियाँ जनताले सत्ता पल्टाइदिएको च्याङ्ग काई–शेक प्रतिक्रियावादी गुट त्यसको सबभन्दा प्रस्ट उदाहरण हो ।
दोस्रो विश्व युद्धपछि, एसिया र अफ्रिकामा नयाँ स्वाधीन देशहरूको एक क्रम नै देखाप¥यो, ती देशहरूको नेतृत्व पूँजीपति वर्गकै राष्ट्रवादीहरूले गरे । साम्र्राज्यवादबाट गर्ने निरन्तरको आक्रमण र हस्तक्षेपसँग जुझ्न तथा नयाँ र पुराना उपनिवेशवादीहरूबाट गरिने नियन्त्रण र लुटपाटसँग जुझ्ने उद्देश्यले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै राष्ट्रवादी देशहरू साम्राज्यवाद र उपनिवेशवादलाई विरोध गर्ने एवम् विश्व शान्तिलाई रक्षा गर्ने समान इच्छा राख्छन् । तिनीहरू लगातार साम्राज्यवाद र नयाँ तथा पुराना उपनिवेशवादसँग सङ्घर्ष गर्छन्, समाजवादी देशहरूसँग मित्रता र सहयोगको सम्बन्ध स्थापना गर्दछन् तथा ती सम्बन्धहरूलाई विकास गरी तिनीहरूले विश्व शान्तिको निम्ति सक्रिय योगदान गर्छन् ।
चिनियाँ जनता र एसिया, अफ्रिका एवं ल्याटिन अमेरिकाका राष्ट्रवादी देशहरूका जनता साम्राज्यवादीहरूको निर्मम अत्याचार र लुटपाटबाट समान रुपले आक्रान्त हुँदै थिए । आजसम्म अमेरिकी साम्राज्यवाद चीनमाथि आक्रमण गर्दैछ । चीनका प्रादेशिक भूमि ताइवान (फर्माेसा –अनु.) अमेरिकी साम्राज्यवादको नियन्त्रणमा छ । यसकारण चिनियाँ जनताले ती राष्ट्रवादी देशहरूमा जनतासँग गम्भीर सहानुभूति राख्नु तथा त्यसमा प्रेम राख्नु स्वाभाविक हो ।
राष्ट्रवादी देशहरूप्रति चीनको नीतिको आधार हुन्– पहिलो, चीन र विभिन्न राष्ट्रवादी देशहरूको साझा मुख्य कर्तव्य आफ्नो साझा शत्रु अर्थात् साम्राज्यवाद र उपनिवेशवाद र विशेषगरी अमेरिकी साम्राज्यवादको विरोध गर्नु हो । साम्राज्यवाद र उपनिवेशवादको विरोधका सङ्घर्षहरूमा हामीहरूले एकले अर्काेलाई समर्थन गर्नुपर्दछ । तीनले सधैं दृढतापूर्वक तथा सक्रिय रुपमा विभिन्न राष्ट्रवादी देशहरूद्वारा गरिने साम्राज्यवादविरोधी र उपनिवेशवादको विरोधका सङ्घर्षहरूमा हामीले एकले अर्काेलाई समर्थन गर्नुपर्दछ । चीनले सधैं दृढतापूर्वक तथा सक्रिय रुपमा विभिन्न राष्ट्रवादी देशहरूद्वारा गरिने साम्राज्यवादविरोधी र उपनिवेशवादविरोधी सङ्घर्षहरूलाई समर्थन गर्दै आएको छ । दोस्रो, चीन र विभिन्न राष्ट्रवादी देशहरूको माझमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको आधारमा मित्रता र सहयोगको सम्बन्ध स्थापना गर्न र ती सम्बन्धहरूको विकास गर्नु आवश्यक छ र त्यसको पूर्ण सम्भावना छ । हाम्रो माझमा भएको खिचोलालाई पाँच सिद्धान्तहरू र बाङ्गडुङ्ग भावनाअनुसार मैत्रीपूर्ण वार्ताको माध्यमबाट उचित ढङ्गले समाधान गर्नु आश्यक छ र यसको पूरा सम्भावना छ ।
यसप्रकार चीनले सधैं भारतसँग मित्रतापूर्वक रहन इच्छा राख्दै आएको छ । चीन र भारत दुवै देशहरूको जनताको माझमा मित्रतापूर्ण सम्बन्धको एक लामो इतिहास छ । हाम्रा दुवै देशका जनताको माझमा कुनै मौलिक अन्तरविरोध छैन । १९५४ मा चीन सरकार र भारत मिलेर संयुक्त रुपमा शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तहरूको सुत्रपात गरेका थिए । यसै आधारमा कायम भएको चीन र भारत दुवै देशको सम्बन्ध कुनै बेला राम्रो थियो । चिनियाँ जनता भारतीय जनताजस्तै ती दिनहरूको सम्झना गर्छन्, जब चीन र भारत दुवै देश मित्रतापूर्वक सँगसँगै रहन्थे । तर चीन र भारतको बीचमा राम्रो सम्बन्ध हुँदाको ती दिनहरूम पनि नेहरूको नेतृत्वमा भारतीय शासक गुटले चीनको तिब्बत प्रदेशमा बारम्बार हस्तक्षेप ग¥यो र चीनको तिब्बत प्रदेशप्रति त्यसको विस्तारवादी कुआकाङ्क्षा राख्यो । यसबाट त्यसको प्रतिक्रियवावादी नीति उदाङ्गिएको थियो । १९५९ मा नेहरूद्वारा उक्साइएका तिब्बत प्रदेशका माथिल्लो वर्गको प्रतिक्रियावादी गुटको विद्रोहको हार हुँदा तिब्बतमाथिको उनको विस्तारवादी सपना भङ्ग भयो । नेहरूको घरेलु र परराष्ट्र नीति झन् झन् प्रतिक्रियवादी हुँदै जाँदा उनको दृष्टिकोण पूरै फेरियो र उनले चीनसँग मित्रता कायम गर्नुको सट्टा अचानक बहुलासरह चीनलाई विरोध गर्न लागे ।
नेहरूको दृष्टिमा उनमा आएको परिवर्तन र अस्थिर व्यवहार उनको ‘जीवनको दर्शन’ सँग मेल खान्छ । नेहरूले ‘भारतको खोज’ मा भनेका थिए– ‘जीवन यति जटिल छ,… कि हामी त्यसलाई कुनै बाँधिएको सिद्धान्तलाई झैं बन्द कोठामा राख्न सक्दैनौं ।’ (मेरिडियन बुक्स लिमिटेड, लण्डन, तेस्रो संस्करण, पृष्ठ १६ हिन्दी अनुवाद ‘हिन्दूस्तानको कथा’, सस्तो साहित्य मण्डल, नयाँ दिल्ली, प्रथम संस्करण, पृष्ठ २३) । उनले यो पनि भनेका थिए–‘पूर्ण सत्यलाई अक्षरशः पालना गर्नु र जीवनमा त्यसलाई व्यवहारमा मिलाउन पनि कहिल्यै सजिलो छैन, र त्यो पनि विशेष गरेर राजनीतिक जीवनमा ।’ (त्यही पुस्तकबाट, पाना ४२१, हिन्दी अनुवादः‘हिन्दूस्तानको कथा’, पृष्ठ ५५७) । उनको विचारमा औचित्यलाई व्यवहारको मापदण्डका रुपमा बुझ्नु राजनैतिक क्षेत्रमा एक ‘सामान्य नियम’ हो । एकै शब्दमा, कुनै समयमा तपाईंप्रति मित्रता अभिव्यक्त गर्नु उनको दर्शनसँग मिल्छ, तपाईं ‘सयौं वर्षसम्म जुझ्नु उनको दर्शनसँग मेल खान्छ, तपाईंलाई धपाउनु पनि उनको दर्शनसँग एकरुपता राख्छ । नेहरूले यसप्रकारको ‘दर्शन’ बाट आफ्नो प्रतिक्रियावादी नीतिलाई सञ्चालन गर्दै आएका छन् । उनको प्रतिक्रियावादी नीति र परिवर्तनशील व्यवहार भारतका ठूलठूला पूँजीपति वर्ग र ठूलठूला जमिनदारहरूको हितकै अनुकूल छन्, स्वयं नेहरूको भनाइअनुसार उनको निम्ति ‘पर्याप्त लाभ’ पु¥याउँछन् ।
नेहरूद्वारा लागू गरिएको यस प्रतिक्रियावादी राष्ट्रवादी नीतिप्रति माक्र्सवादी–लेनिनवादीहरूले कस्तो दृष्टिकोण लिनुपर्छ ?
यहाँ ती वर्ष पहिलेको चीनको इतिहासको एक भागलाई सिंहावलोकन गर्नु हितकर हुनेछ ।
सोभियत सङ्घ संसारमा एउटामात्र समाजवादी देश छँदा च्याङ्ग काई–सेकले प्रतिनिधित्व गरेको चीनका प्रतिक्रियावादी ठूलठूला पूँजीपति वर्ग र ठूलठूला जमिनदारहरूले त्यसको विरोधमा उत्तेजनापूर्ण र आक्रमणकारी गतिविधि गरेका थिए । त्यसबेला, सोभियत सङ्घको सरकारले चिनियाँ कोमिङताङ्गलाई धेरै सहायता दिए पनि च्याङ्ग काई–सेकको नेतृत्वमा कोमिङताङ्ग प्रतिक्रियावादी गुटले क्रान्तिलाई विश्वासघात ग¥यो र साम्राज्यवादीहरूसँग मिल्यो, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको चर्काे विरोध गर्दै तुरुन्तै बहुलठ्ठी भएर सोभियतविरोधी अभियान सुरु ग¥यो । डिसेम्बर १९२७ मा कोमिङताङ्ग प्रतिक्रियावादी गुटले जिद्दी हुँदै सशस्त्रै शक्तिले चीनका विभिन्न सहरहरूमा भएको सोभियत सङ्घका वाणिज्य दूतावासहरू बन्द ग¥यो, सोभियत सङ्घको कूटनैतिक कर्मचारीहरूलाई पक्राउ ग¥यो र तिनीहरूको हत्या ग¥यो, साथसाथै सोभियत सङ्घसँग कूटनैतिक सम्बन्ध बिच्छेद ग¥यो । त्यसपछि जुलाई १९२९ मा कोमिङताङ प्रतिक्रियावादी गुटले १९२४ को ‘चीन–सोभियत सम्झौता’ लाई उलङ्घन गरेर ‘पूर्वी चिनियाँ रेल्वे घटना’ रच्यो तथा सोभियत सङ्घका ३०० भन्दा बढी नागरिकहरूलाई पक्राउ ग¥यो । सोभियत सङ्घले धेरै पटक धैर्य र आत्मसंयमको उपाय अपनायो र पूर्वी चिनियाँ रेल्वेबारे शान्तिपूर्ण ढङ्गबाट समाधान गर्न एक सम्मेलन गर्ने सुझाव राख्यो, तर च्याङ्ग काई–सेकले सोभियत सङ्घको त्यस दृष्टिकोणलाई ‘सोभियत सङ्घ नम्रतापूर्वक झुक्यो, अलिकति पनि प्रतिरोध गर्ने साहस गर्दैन’ भन्ने सम्झ्यो । त्यसै वर्षको अक्टुबर महिनामा कोमिङ्ताङ्ग प्रतिक्रियावादी गुटको सेनाले सोभियत सङ्घको सीमामा आक्रमण सुरु ग¥यो । त्यसको फलस्वरुप चीन र सोभियत सङ्घको बीचमा सशस्त्र भिडन्त भयो । यसरी सोभियत सङ्घले आत्मरक्षा गर्न बाध्य भयो र कोमिङताङ्ग प्रतिक्रियावादी गुटको उत्तेजनापूर्ण सैनिक गतिविधिलाई असफल पा¥यो ।
के त्यसबेला समाजवादी देशले राम्रै गरेको थियो ? सोभियत सङ्घले एकदमै ठीक गरेको इतिहासले धेरै अघि नै सार झिकेको थियो । सोभियत सङ्घद्वारा कोमिङ्ताङ प्रतिक्रियावादी गुटको भड्काउने खालको सैनिक गतिविधिलाई असफल पारिंदा समाजवादी देशको हितको मात्रै रक्षा गरेन, बरु चिनियाँ जनता र सारा संसारका क्रान्किारी जनताको हितको अनुकूल काम ग¥यो ।
आज चीन र भारतको सम्बन्धमा र तीस वर्ष पहिले सोभियत सङ्घ र चीनको सम्बन्धमा केही समान विशेषताहरू पाइन्छ ।
चीनको परराष्ट्र नीतिको सिद्धान्त र भारतप्रतिको चीनको नीतिको सिद्धान्त पहिलेजस्तै यथावत छ । नेहरू सरकारले जतिसुकै हाँक दिए पनि चीनले अत्यन्त धैर्यको उपाय अङ्गाल्यो । भर्खरै पनि नेहरू सरकारले चीनमाथि ठूलो आकारमा धावा बोल्यो, तबमात्रै आफ्नो प्रादेशिक भूमि र सार्वभौमिक अखण्डताको रक्षाको निम्ति भारतीय प्रतिक्रियावादीहरूको आक्रमणलाई असफल पार्ने उद्देश्यले चीनलाई आत्मरक्षाको निम्ति प्रत्याक्रमण गर्न बाध्य बनायो । चीनको निम्ति यसो गर्नु एकदम आवश्यक र न्यायपूर्ण थियो । कुनै पनि सार्वभौमिकता सम्पन्न देशको निम्ति यो सबभन्दा जरुरी पाइला थियो । यसैकारण आज सारा संसारका शान्तिप्रिय तथा न्यायप्रेमी जनताको सहानुभूति र समर्थन चीनलाई प्राप्त भयो ।
नेहरू सरकारबाट चीन–भारत सीमा प्रश्नमा किचलो गरेपछि, माक्र्सवाद–लेनिनवाद विश्वासघाती र साम्राज्यवादीहरूका पिछलग्गू युगोस्लाभियाका नवसंशोधनवादीहरूले चीन–भारत सीमा प्रश्नबारेका साँचो तथ्यहरूलाई बेवास्ता गर्दै हाकाहाकी नेहरू सरकारको मूर्खता र बहुलठ्ठीपूर्ण चीनविरोधी नीतिको पक्ष लिए तथा समर्थन गरे । चीन–भारत सीमा प्रश्नमा टिटोजस्ता मानिसहरूले सुरुदेखि नै लाजमर्दो ढङ्गले चीनमाथि आरोप लगाए तथा साम्राज्यवादी एवं भारतका प्रतिक्रियावादीहरूको भनाइमा सही थापे । टिटोले सोभियत सङ्घलाई पनि चीन भारत सीमा प्रश्नमा चीनलाई ‘शान्त गराउने भूमिका’ खेल्नुपर्छ भने । एक देशका पूँजीपति वर्गका प्रतिक्रियावादीहरूले एक समाजवादी देशमाथि आक्रमण गर्छन् भने के अन्य समाजवादी देशले पूँजीपति वर्गका ती प्रतिक्रियावादीहरूको पक्ष लिएर एक आक्रान्त समाजवादी देशलाई ‘शान्त गराउने भूमिका’ निभाउन भनी टिटो गुट चाहन्छ ? टिटो गुटको यस मूर्खतापूर्ण कुराले त्यसको पोल खुल्यो भने त्यो गुट समाजवादसँग विश्वासघात गर्छ, समाजवादी चीनसँग घृणा गर्छ र समाजवादी देशहरूको सम्बन्धमा मतभेद ल्याउने कोसिस गर्दैछ भन्ने पोल पनि खुल्यो ।
माक्र्सवाद–लेनिनवादले सधंै के बताउँछ भने पूँजीपति वर्गको राष्ट्रवाद र सर्वहारा वर्गको अन्तर्राष्ट्रियवादले दुई फरक फरक वर्गलाई प्रतिनिधित्व गर्छन् । तिनीहरूको संसारलाई हेर्ने दुई पूरै उल्टो विश्व दृष्टिकोण छ । पूँजीपति वर्गको प्रगतिशील राष्ट्रवादलाई समर्थन गर्ने बेला कम्युनिष्टहरूको पूँजीपति वर्गको राष्ट्रवादको विरोधमा पनि सङ्घर्ष गर्नुपर्दछ ।
तीस वर्षभन्दा अघिदेखि चीनमा कोमिङताङ प्रतिक्रियावादी गुटले सोभियतविरोधी आन्दोलन छेड्दा चिनियाँ कम्युनिष्टहरू ठूलठूला पूँजीपति वर्गको प्रतिक्रियावादी राष्ट्रवादको भासमा फसेनन् । चिनियाँ कम्युनिष्टहरूले प्रगतिशील व्यक्तिहरूसँग कोमिङताङ सरकारको सोभियतविरोधी अपराधको ठूलो विरोध गरे । २४ डिसेम्बर १९२७ मा चिनियाँ कम्युनष्टि पार्टीको केन्द्रीय समितिले एक घोषणापत्रमा गम्भीरतापूर्वक घोषणा ग¥यो – ‘प्रतिक्रियावादी कोमिङताङ सरकारले क्रान्तिकारी चीनको प्रतिनिधित्व कहिल्यै पनि गर्न सक्दैन । त्यसको ‘रुससँग सम्बन्ध विच्छेद’ को सबै आदेश चीनको व्यापक जनताको साझा मत कदापी होइन । प्रतिक्रियावादी कोमिङताङ सरकार सोभियत सङ्घलाई शत्रु सम्झन्छ भने चिनिया सारा जनता सोभियत सङ्घसँग काँधमा काँध मिलाएर चीनको क्रान्ति र संसारको क्रान्तिको निम्ति सङ्घर्ष गर्दै जानेछन् ।’ त्यसबेला कोमिङताङका क्रान्तिकारी पक्षकी नेतृ सुङचिङ लिङले कोमिङताङ अधिकारीहरूलाई एक सन्देशमार्फत निन्दा गर्नुभयो – तिनीहरू ‘पार्टी र देशलाई ध्वस्त गर्ने अपराधी हुन् ।’ जुलाई १९२७ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले दोस्रोपटक घोषणापत्र प्रकाशित गर्दै दृढतापूर्वक अपिल ग¥यो –‘व्यापक जनता उठेर सोभियतविरोधी युद्धलाई विरोध गरौं ।’ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अपिलमा चिनियाँ कम्युनिष्टहरूले कोमिङताङ प्रतिक्रियावादी गुटको निर्दयतापूर्ण दमन र अत्याचारलाई वास्ता नगरी व्यापक जनतासँग वीरतापूर्वक जनसभाहरू र प्रदर्शनहरूको आयोजना गरे तथा कोमिङताङ प्रतिक्रियावादी गुटको सोभियतविरोधी सैनिक भड्काउने कार्यको दृढतापूर्वक विरोध गरे । धेरै धेरै कम्युनिष्टहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू र प्रगतिशील व्यक्तिहरूले यस निम्ति गौरवतापूर्वक आ–आफ्नो ज्यानलाई बलिदान पनि गरे ।
चिनियाँ कम्युनिष्ट पार्टीले दृढतापूर्वक कोमिङताङ प्रतिक्रियावादी गुटको विरोध ग¥यो र समाजवादी सोभियत सङ्घको समर्थन ग¥यो । के यस्तो गतिविधि उचित थियो ? विनाशड्ढाले त्यस्ता गतिविधिहरू सा¥है उचित थियो । चिनियाँ कम्युनिष्टहरूले नै सोभियतविरोधी आँधीबेहरीमा कोमिङताङ प्रतिक्रियावादी गुटद्वारा सङ्कीर्ण राष्ट्रवादलाई उत्तेजित पार्ने झूटा प्रचारहरू पूर्णरुपले उदाङ्ग्याए । चिनियाँ कम्युनिष्टहरूले नै सा¥है गा¥हो स्थितिहरूमै सही बाटोमा अडान लिएर चिनियाँ र सोभियत जनताको मैत्रीलाई रक्षा गरे । त्यस घटनामा सा¥है खराब परिस्थितिहरूसँग जुझ्दै चिनियाँ कम्युनिष्टहरूले आफ्नो कामबाटै तिनीहरू चिनियाँ जनताको हितहरूप्रति इमानदार छन् भन्ने सावित गरे । तिनीहरू साँचै सर्वहारा अन्तर्राष्ट्रवादका सिद्धान्तहरूका हिमायती हुन् र तिनीहरू त्यसमा गौरव अनुभव गर्छन् ।
आज भारतीय कम्युनिष्टहरू र प्रगतिशील शक्तिहरूको स्थिति ३० वर्षभन्दा अघि चिनियाँ कम्युनिष्टहरू र प्रगतिशील व्यक्तिहरूको स्थितिसँग पनि केही मेल खान्छ । नेहरू सरकारको प्रतिक्रियावादी नीतिको कारण आज भारतीय कम्युनिष्ट पार्टी र प्रगतिशील शक्तिहरू उत्पीडन र अत्याचारको शिकार भइरहेका छन् । नेहरू सरकारले हरेक पटक चीनविरोधी भाँडभैलो मच्चाउनुका साथै भारतीय कम्युनिष्ट पार्टी र प्रगतिशील शक्तिहरूमाथि पनि निश्चय नै आक्रमण गरेकै हुन्छ । तर धेरै ठूलो सङ्ख्यामा कम्युनिष्टहरू, प्रगतिशील व्यक्तिहरू, चेतनशील मजदुरहरू, किसानहरू, बुद्धिजीवीहरू र न्यायप्रेमी मानिसहरू भारतीय शासक गुटको प्रतिक्रियावादी प्रचारबाट धोखा खाएनन्, न त त्यसको आक्रमणको अगाडि आत्मसर्पण नै गरे । भारतीय जनताको हितको निम्ति तिनीहरूले सा¥है परिस्थितिहरूमा सत्य, न्याय र भारत–चीन मैत्रीको सिद्धान्तमा विचलित नभई चर्काे सङ्घर्ष गरे । तिनीहरू नै महान् भारतीय राष्ट्र र भारतीय जनताका हितका सच्चा प्रतिनिधि हुन् भन्ने इतिहासले साबित गर्ने छ ।
(सन् १९६२ मा चीनको ‘जनदैनिक’ पत्रिकामा चिनियाँ भाषामा प्रकाशित प्रस्तुत लेखको नेपाली अनुवाद २०६५ साउनमा युवा साहित्य गोष्ठी भक्तपुरले पुस्तिकाको रुपमा प्रकाशित गरेको थियो । चीन र भारतबीच युद्धको खतरा बढेको अहिलेको अवस्थामा १९६२ को चीन–भारत युद्धको सन्दर्भमा प्रकाशित सो लेख सान्दर्भिक हुन्छ ।–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *