भर्खरै :

‘रोटी–बेटी’को सम्बन्धदेखि सावधान !

-एक  पर्यवेक्षक
नेपाल र भारतबीच ‘रोटी बेटीको सम्बन्ध’ रहिआएको छ । नेपाल–भारतबीच बलियो सम्बन्धको लागि नेपाली पक्षले यसलाई निरन्तरता दिन चाहन्छ । तर भारतीय पक्षबाट हालका दिनहरूमा डाक्टर पास नभएकोलाई झुक्याई पास भएको भनेर, कहिले पनि बिहे नगरेकी केटीलाई फेरि बिहे गर्न खोजिन्छ जसले ‘रोटी बेटी’को सम्बन्धलाई खतरामा पार्दछ ।
हालै यस्तो घटना काठमाडौंको सिनामंगल–९ मा भएको छ । दुई मिश्र परिवार (केटा पक्ष नेपाल र केटी पक्ष झारखण्ड राज्य भारत) बिहे गर्ने भनी निश्चित गरेर मगनी गरे । तत्पश्चात केटी (भारतीय) डाक्टर पास नभएको सुनियो, सो कुराको सम्बन्धमा केटा पक्षले सत्य कुरा के हो बुझ्न खोज्दा केटी पक्षले आश्वस्त गर्नुको साटो उल्टै केटा पक्षलाई नै गालीगलौज, बिहे नगर्ने, ‘मेरो यति रकम फिर्ता गर नत्र देखाई दिन्छु’ भन्दै काठमाडौं आएर केटाको टोलमा गएर भारतीय शैलीमा गालीगलौज गर्ने, ‘इन लोगोंको इण्डियन एम्बेसी क्या करती है दिखा देगें’ भन्दै तथानाम सामाजिक प्रतिष्ठामा आँच आउने कार्य गरे । तैपनि ‘इन्गेजमेन्ट’ भइसकेकोले प्लस टु नै भए पनि विवाहको लागि केटा पक्ष राजी थिए । तर केटी पक्षले केटा आमा–बुबासँग छुटिनुपर्ने, आमाबाबुले अनावश्यक चासो लिन नहुने, होइन भने विवाह हुन नसक्ने भनी ठाडो प्रश्न तथा नानाथरी गालीगलौज गर्न थाले । यी सबै कुरा बुझ्दा त लाग्दछ केटी पक्षवाला ‘इन्गेजमेन्ट’ गरेर, बिहे गरेर इज्जतदार प्रतिष्ठा भएको व्यक्तिलाई ‘इन्गेजमेन्ट’ गरेर बिहे नगर्ने, बिहे गरेर डिभोर्स गर्ने धम्की दिएर धनमाल लग्ने कुनै सञ्जालसँग सम्बन्धित छ भन्ने लाग्यो । होटल एल्लो पेगोडामा महिनौं बस्ने, पुलिससँग पनि राम्रो सम्बन्ध हुनुले धेरै किसिमको शंका उत्पन्न हुन्छ । यस्ता घटनाहरू भारतमा सामान्य भइसकेको भारतीय समाचार च्यानलहरू देखाइरहन्छ ।
यतिमात्रै होइन, काठमाडौं महानगरीय प्रहरी परिसरमा गएर झूटो ठगी मुद्दा दर्ता गराए । नेपाल प्रहरी पनि कस्तो, विना प्रमाण जाहेरी दर्ता गरेको भन्छन् ।
नेपालको प्रहरीले कानुनविपरीत भारतीयको मुद्दा नेपालीविरूद्ध लिनै नहुने, लिनु पर्दा भारतीय दुतावासले परराष्ट्र मन्त्रालयमार्फत सीडीओ वा प्रहरी कार्यालयमा लेखी पठाएमा मात्र प्रक्रिया चलाउनु पर्ने हुन्छ । तर नेपालको विडम्बना भारतीयलाई देख्नासाथ, हिन्दीमा बोल्नासाथ सबै लम्पसार भई आदेशको पालना गर्न तयार भइहाल्छ । हाल नेपालमा गणतन्त्र आएपश्चात त कमिशनको खेल चारैतिर खुलमखुला भइरहेको छ । नेपाली पक्षलाई पुलिसले बोलाएर हैरान पारेको छ र केटी पक्षले झुटो दावी गरेको रकम दिलाउन, नागरिक अधिकार ऐन २०१२ को विरूद्ध प्रहरी लागिपरेको छ । गणतन्त्र भनेको प्रहरीको आतङ्क हो कि जस्तो लाग्दछ । ‘जसरी भए पनि कमाऊ, भारतको सिफारिसमा सरकारद्वारा प्रमोशन पाऊ ।
देशमा सयौं मानिस बेपत्ता छन् । दिउँसै मानिसलाई जलाइएको छ । हत्या–हिंसाको घटना बढेको–बढ्यै छ । तर नेपाल प्रहरीलाई नेपालीको पीडामा भन्दा हुँदै नभएको कुराको जाहेरी लिएर भारतीय पक्षको दबाबमा नेपालीमाथि नै अन्याय गर्न लागिपरेको यो घटना बुझेका सबै आश्चर्यचकित छन् र प्रश्न गर्न थालेका छन् । कहीँ यो यो दबाब भारतीय दूतावासबाट आइरहेको त होइन ? नेपाल प्रहरी र गृह मन्त्रालयमा नेपाल सरकारको भन्दा भारतीय राजदुतावासको प्रभावमा त छैन ?
राज्य र नेताहरू बेलैमा सतर्क भएनन् भने हजारौंको बलिदानबाट प्राप्त गुम्न समय लाग्दैन । जुन देशमा आफ्नो नागरिकको आत्मसम्मानको रक्षा हुँदैन र विदेशीको हितको लागि राज्य नै लाग्दछ त्यस देशमा पृथकतावादी आन्दोलनहरू हुन्छ भन्ने राज्य नै त्यसको लागि जिम्मेवार हुन्छ । एक सी.के.राउत होइन, हजारौंको सङ्ख्यामा सी.के.राउतहरू जन्मनेछन् । प्रधानमन्त्री, गृहमन्त्री र राजनेता ! यस्ता ठाडो पुलिसतन्त्र, कमिशनतन्त्र माथि अङ्कशु लगाउनु जरूरी देखिन्छ ।
त्यसैले ‘रोटी–बेटीको सम्बन्ध’ देखि सावधान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *