भर्खरै :

संरा अमेरिका किन लम्ब्याउन खोज्दै छ युक्रेन लडाइँ ?

गत अप्रिल २० का दिन टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले अमेरिकी टेलिभिजन सीएनएनको टर्किस कार्यक्रममा युक्रेन लडाइँमा प्रस्टतः चिप्लो भूराजनीतिक खेल चलिरहेको भन्दै संसारसामु चकित पार्ने भयङ्कर खुलासा गरे । उनले भने, “नाटोभित्रै त्यस्ता देश छन् जसले युक्रेन लडाइँ चालु राख्न खोजिरहेको छ । उनीहरू युक्रेनमा लडाइँ चालु राखी रुसलाई कमजोर बनाउन चाहन्छन् । ती देशहरूलाई खासमा युक्रेनको अवस्थाबारे कुनै पर्वाह छैन ।”
युक्रेन लडाइँको सुरुमै समस्या समाधानको लागि शान्ति वार्तामा सहजीकरण गरेको (यद्यपि त्यो प्रयास असफल भयो) सक्रिय देश टर्कीका एक जना उच्चपदस्थ कूटनीतिक अधिकारीबाट आएको यस्तो अभिव्यक्ति पक्कै पनि अर्थपूर्ण छ । उनको यो भनाइले आजसम्म युक्रेन सङ्कटबारे हाम्रो बुझाइलाई अझ बल पु¥याएको छ र युक्रेनको लडाईमा संलग्न हुनुपछाडि पश्चिमा देशहरूको बाहिर घोषित लक्ष्य र उनीहरूका भित्री मनसायमाथि विचार गर्ने ठाउँमा पु¥याएको छ ।
विडम्बना ¤ रुस–युक्रेन लडाइँले पनि इतिहासमा भएका प्रथम विश्व युद्धदेखि अफगान लडाइँसम्मका धेरै लामा लडाइँकै ऐतिहासिक बाटो पछ्याएको देखियो । सुरुमा तत्कालै युद्ध समाप्त हुनेजस्तो देखिए पनि अन्ततः लडाइँ दिनानुदिन लम्बिँदै गएको छ । जसले संसारभर दीर्घकालीन राजनीतिक, आर्थिक र मानवीय प्रभाव पारेको छ । युक्रेनमा लडाइँ सुरु भएको बाह« साता बितिसकेको छ । तर, अझै लडाइँ सकिने छाँटकाँट छैन । यो युद्ध बिस्तारै ठूलो क्षतिको जटिल लडाइँमा बदलिँदैछ ।
युक्रेनमा रुसले ‘विशेष सैनिक कारबाही’ थालेको केही दिनलगत्तै कूटनीतिक वार्तामार्फत लडाइँ समाप्त गर्ने धेरैतिरबाट अनेकन प्रयास भएका थिए । त्यत्तिबेलाको अवस्था आशालाग्दो पनि थियो । तर, जसै दिन बढ्दै गयो, आशा क्रमशः ओइलाउँदै गयो ।
अब युक्रेन सङ्कट आगामी धेरै महिना अथवा वर्ष पनि लम्बिँदै जान सक्छ । धेरै भ्रमपूर्ण कारण देखाएर यो लडाइँ लम्ब्याइन सक्छ । सैनिक कारबाहीका आधारभूत लक्ष्य हासिल गर्न रुस असफल भएको, रुसले आफ्नो सेना दक्षिणी र पूर्वी युक्रेनमा रणनीतिक हिसाबले स्थानान्तरण गरेको र युक्रेनी प्रतिरोधमा नवीन आत्मविश्वास बढेको आदि कारण अघि सार्न सक्छ ।
युक्रेनमा लडाइँ लम्ब्याउन पश्चिमा राजनीतिक एवम् सैनिक विश्लेषकहरूले तर्क गर्ने आधार यिनै हुन् । तर, ती प्रायोजित तर्क पछाडि संरा अमेरिकाले लामो समयदेखि गर्दै आएको भूराजनीतिक चलखेल र फोहोर राजनीति निहीत छ । संरा अमेरिकाले यो लडाइँलाई भविष्यको घातक सङ्घर्षतिर धकेलिरहेको छ ।
प्रथमतः संरा अमेरिकाको लागि स्वतन्त्र युक्रेन सन् १९९१ यताकै सबभन्दा ठूलो पुरस्कार हो । सन् २०१३ मा अमेरिकाको नेसनल इनडोमेन्ट फर डेमोक्रेसी (एनइडी) का पूर्वनिर्देशक कार्ल गेर्शम्यानले किभ (युक्रेन) लाई क्रेमलिन (रुस) बाट अलग गरेर पश्चिमतिर तान्नुपर्ने बताएका थिए । त्यसो गर्न सके रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो सीमातिर मात्र कमजोर बन्दै गएको होइन, रुसभित्रै पनि आफू कमजोर भएको अनुभव गराउन सकिने उनको भनाइ थियो ।
लन्डन स्कुल अफ इकोनोमिक्सअन्तर्गत विश्व राजनीतिक अर्थशास्त्रका प्राध्यापक रोबर्ट एच वेडको विश्लेषणअनुसार रुसलाई घेरा लगाउने यो बृहत् रणनीतिअन्तर्गत बाल्टिकदेखि बुल्गेरियासम्म रुससँग सीमा जोडिएका सबै देशहरूलाई नाटोको सदस्यता बिस्तार गर्न खोजिएको सन्दर्भमा बुझिनुपर्छ । उनले थप व्याख्या गर्दै रुसविरुद्ध यो बृहत् भूराजनीतिक घेराबन्दी रणनीतिले रुस पक्षधर सिरियाली नेता बसार अल अस्सादको सरकार सिरियाबाट फाल्न केही पश्चिमा देशहरूले गरेको हमलालाई बुझाउन मद्दत गर्ने बताए । साथै रुसमा अस्थीरता फैलाउन गैरसरकारी संस्था (एनजीओ) हरू ले खेलेको भूमिकाबारे पनि प्रस्ट पारेको छ । अनि सन् २०१४ मा युक्रेनमा प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकार फाल्न युरोपको संरक्षणमा भएको आन्दोलनको निहीतार्थ पनि बुझ्न मद्दत गर्छ ।
संरा अमेरिकाले लामो समयदेखि ‘युक्रेनलाई रुसी प्रभावबाट मुक्त बनाउन’ खोजिरहेको थियो । त्यसको लागि विशेषतः सन् २०१४ यता युक्रेनमा प्रस्टतः ‘अ–रुसीकरण’ को अभियान नै चलायो । त्यसक्रममा पश्चिमतिर ढल्केको युक्रेन सरकारलाई युक्रेनका अल्पसङ्ख्यक रुसीभाषीहरूमाथि कानुनी, राजनीतिक र सांस्कृतिक हमला अघि बढायो ।
सँगसँगै संरा अमेरिकाले युक्रेनमा सैनिककरणलाई बढावा दिँदै गयो । सन् २०१५ यता संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (सीआइए) ले युक्रेनको विशेष सेनालाई अर्कै आवरणमा सघन तालिम चलाएको थियो । त्यहीबेला अमेरिकी सेनाले युक्रेनमा गोप्य जैविक हतियार बनाउने गतिविधि पनि अघि बढायो ।
रुस र युक्रेनलाई विभाजित बनाएर र रुसलाई आत्मरक्षाको लागि प्रतिकारमा आउन बाध्य बनाएर संरा अमेरिकाले एक तीरले दुई शिकार मार्न खोज्यो । उसले एकातिर रुसलाई कमजोर बनाउन चाह्यो र अर्कोतिर पुटिनको सरकार हटाएर पश्चिमप्रति नतमस्तक हुने एल्सिन शैलीको सरकार बनाउन खोज्यो । उसले आफ्नो लामो समयदेखिको ‘भय फैलाउने रणनीति’ प्रयोग गर्दै गत फेबु्रअरी २४ बाट रुसविरुद्ध युक्रेनमा पश्चिमा हतियारसहित नाकाबन्दी जोडिएको कारबाही अघि बढायो ।
तर, रुसविरुद्ध नाकाबन्दीको अन्तिम लक्ष्य भने न त रुसी सैनिक कारबाही रोक्नु देखियो न त रुसी सरकारलाई संवादको टेबुलमा ल्याउनु नै देखियो । रुसमाथि थोपरिएको नाकाबन्दी कुन अवस्थामा हटाइने हो, उनीहरूमा कुनै प्रस्टता छैन । बरु यो सब बृहत् अमेरिकी भूराजनीतिक चलखेलको हिस्सा भएको छर्लङ्ग भयो । रुसलाई युरोप वा अन्यत्र कहीँ पनि संरा अमेरिकी प्रभुत्व अक्षुण्ण राख्न रोक्न नसक्ने अवस्थामा पु¥याउनु नै उसको लक्ष्य देखियो ।
त्यसकारण युक्रेनको लडाइँ लम्ब्याउन संरा अमेरिकाले प्रस्टरूपमा शान्ति वार्ताप्रति वितृष्णा देखाइरहेको छ । झन्डै अन्तिम टुङ्गोमा पुगिसकेको वार्ता बिथोल्न उसले भूमिका खेल्यो । आजसम्म आइपुग्दा संरा अमेरिका क्रमशः आफ्ना साथीहरूसँग मिलेर रुसविरुद्ध पूर्ण आकारको नक्कली युद्ध थोपरिरहेको छ । युक्रेनमाथि उनीहरूले लगातार ठूलो परिमाणमा घातक हतियार थुपारिरहेको छ । अनि रुसविरुद्ध युक्रेनी आक्रामकतालाई प्रोत्साहन दिइरहेको छ ।
संरा अमेरिका नेतृत्वको सैनिक सहायताबाट उत्साहित बनेको युक्रेनले युद्धलाई हार–जीतमा व्याख्या गर्न थालिसकेको छ । युक्रेनको गुप्तचर विभागका प्रमुखले यो वर्ष सन् २०२२ को अन्त्यसम्ममा युक्रेनले युद्ध जित्ने भन्न थालिसकेका छन् ।
लडाइँको कारण विश्वभर खाद्य असुरक्षा, ऊर्जाको अभाव र ऋण सङ्कटको भयावह अवस्थाका साथै संसारभर राजनीतिक अस्थिरताको सम्भावना तथा आर्थिक मन्दीले अन्ततः युक्रेन, रुस र सिंगो संसारले हार बेहोर्नुपर्नेछ । संरा अमेरिकाले यो लडाइँलाई आफ्नो भूराजनीतिक लाभको लागि तन्काउन सक्नेछ । तर, वास्तविकता के हो भने यो लडाइँ जति जति लम्बिनेछ, संसारले त्यति नै ठूलो मूल्य चुकाउनु पर्नेछ ।
(लेखक ढाकाका पत्रकार र अन्तर्राष्ट्रिय राजनीति विशेषतः एसियाली मामिलाका विश्लेषक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
अनुवाद :सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *