भर्खरै :

दुईदिने बिदा नभएकै राम्रो

  • जेष्ठ ६, २०७९
  • इन्द्रकुमार श्रेष्ठ
  • विचार

२०७९ वैशाख २७ गतेको मन्त्रिपरिषद्ले हप्तामा दुई दिन बिदा दिने निर्णय ग¥यो । यसो गर्नुको कारण ‘इन्धन बचाउने’ भनियो । मितव्ययिताको दृष्टिकोणले सुन्दा यो निर्णय राम्रो पनि लागेको हो । तर, सरकार आफैँ विलासी भएको हुँदा यो निर्णयको विश्वसनीयता प्रभावकारी देखिएन ।
दुईदिने बिदाका पक्षमा सकारात्मक टिप्पणी पनि छन् । विपक्षीमा मत जाहेर गर्नेहरू भन्छन्, “सरकारी कर्मचारीहरूले सरकारी गाडीको दुरूपयोग गर्छन् । समयमा काम नभएर सेवाग्राहीलाई समस्या हुन्छ ।”
यतिमात्र होइन, जानकारहरूको तर्क छ, “इस्लाम धर्मावलम्बीका लागि शुक्रबार विशेष दिन भएजस्तै क्रिश्चियन धर्मावलम्बीका लागि आइतबार विशेष दिन हो । उनीहरू हरेक आइतबार चर्च जानैपर्छ । नेपालमा यतिखेर क्रिश्चियन धर्मावलम्बीको सङ्ख्या लाखौँ पुगिसकेको छ । तिनीहरूको पहुँच र सक्रियता सरकारी, गैरसरकारी र राजनीतिक क्षेत्र जताततै फैलिएको छ । यो अझै बढ्ने क्रममा छ । त्यसैले तिनीहरूलाई सुविधा दिन र खुसी पार्नका लागि दुईदिने बिदाको सरकारी अवधारणा ल्याइएको हो । सर्वसाधारण जनताले निकै विरोध गरे भने शनिबार कटाएर आइतबार बिदा दिई ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार गरिएको’ भन्न पनि बेर छैन । यसरी नेपालमा विदेशीको इसारामा जसरी पनि क्रिश्चियन धर्म र धर्मावलम्बी बढाउने खेल जारी छ ।”
सम्झेर ल्याउँदा यो कुरा सही हो कि जस्तो लाग्छ । अनि, नेपालको मौलिक अस्तित्व लोप हुँदै खतरा देख्दा असाध्यै पिर पनि लाग्छ ।
यता दुईदिने बिदाको असर शैक्षिक क्षेत्रमा पनि चर्को पर्ने देखिन्छ । मानसिक तनाव कम गर्नका लागि शिक्षक र विद्यार्थीलाई लामो बिदा दिने अन्तर्राष्ट्रिय तथा मनोवैज्ञानिक मान्यता छ । एउटै विद्यालयमा दुई सिफ्टमा कक्षा सञ्चालन हुनेजस्ता विभिन्न कारणले समय अदलबदल गरेर हप्तामा पाँच दिनमात्र कक्षा सञ्चालन गर्न समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *