भर्खरै :

तुर्कमिनिस्तान र उज्वेकिस्तान

तुर्कमिनिस्तान 
तुर्कमिनिस्तानको पश्चिममा क्यास्पियन सागर तथा उत्तर र पूर्वमा उज्वेकिस्तान, अनि दक्षिणमा इरान र अफगानिस्तान पर्दछन् ।
तुर्कमिनिस्तानको क्षेत्रफल १ लाख ८८ हजार ४५७ वर्गकिलोमिटर छ भने जनसङ्ख्या ५२ लाख छ ।
यहाँ गर्मी मौसममा सा¥है गर्मी हुन्छ तर पानी पर्दैन । सुख्खा हावा–पानी यसको विशेषता हो । यसको तीनचौथाइ भूमि कराकम मरुभूमिले ओगटेको छ । यहाँ भेडा, उँट र घोडा पालिन्छ । अक्टोबर क्रान्तिभन्दा पहिले यहाँका जनताले पशुधनको निम्ति घाँस प्राप्त गर्न घुमन्ते जीवन बिताउनु पर्दथ्यो । क्रान्तिपछि व्यवस्थित बस्ती बसालियो† पशुपालनको व्यवस्था राम्रो गरियो ।
पहिले घाँस पनि नउम्रिने ठाउँमा पानीको खोजी गरी खेतीपातीको पनि बन्दोवस्त गरियो । मरुभूमिमै ठूलो मात्रामा अङ्गुर र तर्बुजा उत्पादन गरियो ।
नदीहरूबाट सिँचाइको बन्दोवस्त गरेर कपास खेती गरियो । रेशम, अङ्गुर तथा किसमिसको उत्पादन गरियो । यहाँका खर्बुजा पनि मीठो, स्वादिलो र मगमग बास्ना आउने खालको भएको बताइन्छ ।
१३७५ किलोमिटर लामो कराकुम नहरको निर्माणले तुर्कमिनिस्तानका जनताको जीवनमा ठूलो परिवर्तन ल्यायो । अँजीर, जैतुन र खजुर (छोकरा) को बिरुवा लगाएर बाँझो जग्गालाई हराभरा पारियो ।
पानीको बन्दोवस्तले घाँसपात र फलफुल खेतीको विकास भयो । त्यसले पशुपालनलाई सहयोग पु¥यायो । भेडा तथा पशुपालनले गलैँचा र ऊनको अन्य वस्तुको उत्पादनको वृद्धि भयो । महिलाहरूले काम पाए र त्यसमा कुशलता प्राप्त गर्दै गए ।
मरुभूमि भनिएको ठाउँमा गन्धकको कारखाना स्थापना गरियो । धेरै किसिमका कपडा, ऊनीको सामान र रेशमका कारखानाहरू स्थापना गरियो ।
सोभियत सङ्घको बेला सप्तवर्षीय योजना लागु गरियो । खाद्य पदार्थको कारखाना, रासायनिक कारखाना र रासायनिक मलको उद्योगको विकासले तुर्कमिनिस्तानको मुहार फेरियो ।
राजधानी अश्कावाद 
क्रान्ति हुनुभन्दा पहिले तुर्कमिनिस्तानका शून्य दशमलव सात (०.७) प्रतिशतमात्र जनता साक्षर थिए, महिलाहरू पुरै निरक्षर थिए । क्रान्तिपछि धेरै केटाकेटी, पुरुषमहिला विद्यालय तथा कलेज पढ्न गए । हजारौँ महिला शिक्षिका भए र सयौँ महिला चिकित्सक भए ।
राजधानी संस्कृतिको केन्द्र बन्यो । कराकुम मरुभूमि र आमू–दरिया नदी तुर्कमिनिस्तानका दुई महत्वपूर्ण प्राकृतिक विषय हुन् । एउटा मरुभूमिको कारण खेतीपाती केही अगाडि बढेन । अफगानिस्तानबाट बहने आमू–दरिया नदीबाट १३७५ किलोमिटर नहर ल्याउन सक्नुले तुर्कमिनिस्तानको जीवनमा ठूलो परिवर्तन ल्याएको थियो । सयौँ ट्रायक्टर र अन्य कृषि औजारहरूले कृषि उत्पादनमा आमूल परिवर्तन भयो ।
पुँजीवाद पुनःस्थापनापछि सन् १९९१ मा सोभियत सङ्घ पनि १४ टुक्रामा विघटन भयो । तुर्कमिनिस्तान पनि सोभियत गणतन्त्रबाट एक स्वतन्त्र राज्यको रूपमा स्थापना भयो । सोभियत सङ्घको युगमा त्यहाँका ९८ प्रतिशत जनता साक्षर थिए ।
उज्वेकिस्तान 
उज्वेकिस्तानको उत्तरमा कजाखस्तान, पूर्वमा ताजिकिस्तान र किर्गिस्तान एवम् दक्षिणमा तुर्कमिनिस्तान र अफगानिस्तान पर्दछन् ।
उज्वेकिस्तानको क्षेत्रफल ४ लाख ३९ हजार ७२३ वर्गकिलोमिटर छ भने जनसङ्ख्या २ करोड ५० लाख छ ।
सोभियत सङ्घको सबै मध्य एसियाली राज्यले उत्पादन गरेको कपासको तुलना गर्दा उज्वेकिस्तान एउटैले गर्ने कपास उत्पादन बढी हुन्थ्यो । सोभियत सङ्घको जम्मा कपास उत्पादनमध्ये उज्वेकिस्तान एउटैको ६० प्रतिशत हुन्थ्यो । यो सन् १९५८ को तथ्याङ्क हो । उतिबेला ३० लाख टनभन्दा बढी कपासको उत्पादन उज्वेकिस्तानले गथ्र्याे ।
क्रान्तिपछि उज्वेकिस्तानले ५ गुणा बढी उत्पादन बढाएको थियो । यो ब्राजिल, पाकिस्तान, तुर्की र इरानको उत्पादनभन्दा बढी थियो ।
सप्तवर्षीय योजनापछि सिँचाइको बन्दोवस्तबाट खेती–पाती र कपासको उत्पादन वृद्धिको कारण बन्यो । कराकुल जातको भेडा र ढालुवा भूमिमा समेत अन्न उत्पादन गर्दा त्यस राज्यले प्रगति गरेको थियो ।
क्रान्तिभन्दा पहिले त्यहाँको सबै कपास मस्को लगिन्थ्यो† त्यहाँ कुनै कारखाना र उद्योग थिएन । क्रान्तिपछि कपास, रेशम, बियाँको तेल पेल्ने मिल, टिनको बट्टामा बन्द फलफुल र रक्सीको उद्योग तथा कारखाना स्थापना गरिएको थियो । पछि तेल, गन्धक, कोइला, विद्युत्बाट चल्ने रासायनिक कारखाना, नाइट्रेटबाट बन्ने रासायनिक मल कारखाना स्थापित गरिए । जलविद्युत् उत्पादन, त्यसबाट इस्पात र मेसिन निर्माण कारखाना स्थापित गरियो । त्यो नै मध्य एसियामा पहिलो धातु कारखाना थियो ।
उज्वेकिस्तानमा १३०० भन्दा बढी औद्योगिक व्यावसायिक संस्थाहरू बने† त्यसको ७० भन्दा बढी शाखाहरू भएको बताइन्छ ।
सप्तवर्षीय योजनापछि उज्वेकिस्तानमा ८० प्रतिशत उद्योग बढाइयो । त्यसबेला सोभियत सङ्घको सबभन्दा ठूलो ग्यास भण्डार बुखारानजिक स्थापना गरियो । त्यसबाट युरालका मुख्य – मुख्य उद्योगमा समेत पाइप लाइनबाट ग्यास आपूर्ति गरिएको थियो ।
राजधानी ताश्कन्द 
मध्य एसियाको सबभन्दा ठूलो राजधानी ताश्कन्द थियो । लेख्दा ‘त्’ लेखिए पनि उच्चारणमा ‘द’ भनिन्थ्यो । यसप्रकार ताश्कन्द एक सांस्कृतिक र औद्योगिक क्षेत्र थियो । क्रान्तिभन्दा पहिले जमिनदार र व्यापारीहरू मात्रै साक्षर थिए । क्रान्तिले निरक्षरताको अन्त्य ग¥यो । उज्वेकिस्तानमा हरेक १० हजार मानिसमध्ये उच्च शिक्षा प्राप्त विशेषज्ञहरू तत्कालीन फ्रान्सको भन्दा दोब्बर, टर्कीको भन्दा सात गुणा बढी र इरानको भन्दा अठठाइस गुणा बढी थिए । उज्वेकिस्तानमा आफ्नै एक वैज्ञानिक प्रतिष्ठान र अन्य वैज्ञानिक संस्थाहरू स्थापित भए । त्यस्तै, क्रान्तिभन्दा पहिले उज्वेकिस्तानमा एकमात्र समाचारपत्र थियो भने क्रान्तिपछि समाचारपत्रको सङ्ख्या २२७ पुग्यो । त्यसमध्ये उज्वेक वा कराकल्पाक भाषामा १६२ समाचारपत्र चालु गरियो ।
कजाखस्तानमा महिलाहरू पहिले बुर्का लगाएर वा अनुहार छोपेर हिँड्नु पर्दथ्यो† बुहारीहरूको किनबेच हुन्थ्यो† धेरै श्रीमती राख्ने चलन थियो तर क्रान्तिले ती सबै कुरीतिमाथि बन्देज लगायो । महिला साक्षरता र महिला शिक्षाको आन्दोलनपछि उज्वेक महिलाहरूबीच पनि श्रम विराङ्गनाहरू, शिक्षिकाहरू, इन्जिनियर, कारखानाका प्रबन्धकहरू र जनप्रतिनिधिहरू चुनिए । साक्षरता प्रतिशत ९७ पुगेको थियो भने त्यहाँ उज्वेक र रुसी भाषा बोल्ने जाति–जनजाति थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *