भर्खरै :

पुरानो विचारकालाई शिक्षित गर्नु आवश्यक

नगरको पुनः निर्माणबारे स–साना विषयमा समेत ध्यान दिनुपर्ने विषयमा छलफल आवश्यक छ । केही मानिस सहरको विकास गर्न एउटै जात, भाषा र धर्म भए पुग्ने कुरामा जोड दिन्छन् ? के त्यो सत्य हो ?
मानव समाजको घुमन्तु जाति र बस्ती विकास गरिसकेको जातिमा भिन्नता थियो । जात–जातिहरूबीच सिकार क्षेत्र, वनजङ्गल, फलफुल र नदी नालाको क्षेत्रबारे पनि लडाइँहरू भए होलान्† लडाइँमा विजयी र पराजित नै मालिक र दास भए । यसरी दास युगको विकास भयो होला !
दासहरूको श्रमबाट नै राज्यसत्ता र नगर राज्यहरूको विस्तार भयो । एकपछि अर्को वर्गको विकास भयो । खेती–पातीमा लाग्ने दासहरू र घर–पर्खाल, बाटो–घाटो, पुल एवम् मन्दिरको निर्माण गर्ने दासहरू छुट्टाछुट्टै भए । हारेको समूहका दासहरूको जात र भाषा अर्कै हुन्थ्यो† यसप्रकार एउटै नगर राज्यमा विभिन्न जातजाति र वर्गको विकास भयो । चित्रकार, लेखनदास, भजनदास, किनिएका दास आदि विभिन्न किसिमका पेशाका दास–दासी भए† तिनीहरू नै कालान्तरमा ‘दलित’ भए । मालिकको राम्रो भक्ति गर्ने र सङ्घर्षबाट खारिएका एवम् सङ्गठनकर्ता दास र दलितमध्ये केही सामाजिक ओहदाको खुड्किलो चढ्न सफल भए† तिनीहरू नै लेखनदास र भजनदास भए ।
दास विद्रोहहरूबाट समाजमा खैलाबैला बढ्यो । दास मालिकहरूमा पनि कडा, नरम र बीचको दृष्टिकोण भएका देखिए । विद्रोही दासहरूलाई मालिकहरूले खसीबोकालाई जस्तै मार्ने गरेको हुनाले दास विद्रोहहरू भए । राज्यका शासकहरूको निम्ति शासन चलाउन दासहरूको आवश्यकता थियो । दास मालिकहरू शासकहरूकै हात खुट्टा थिए । यसकारण, पाँच जना मार्न पाउने बन्दोवस्त हटाएर दासलाई मार्न नपाउने बन्दोवस्त गरियो । हुँदाहुँदा दासको टाउकोमा प्रहार गर्न नपाउने व्यवस्था गरियो । जग्गाको एक भाग भूमि दासलाई दिएर वा उब्जनीको ४ भागको एक भाग दासलाई दिएर अर्ध–दास बनाई खेत र खलियानमा पठाइयो । तिनै अर्ध–दास वा जोताहाहरू पछि मोहियानी पाउने किसान भए ।
तर, नेपालको पश्चिम र ठाउँ–ठाउँका जोताहाहरू तथा हरुवा – चरुवालाई मोहियानी हक नदिई ‘कमैया मुक्ति’ को नाम दिएर तिनीहरूलाई राख्ने बहानामा मालिकहरूले जङ्गल फडानी गरेर भारतमा काठ बेच्ने एजेन्टमार्फत रकम कुम्ल्याउन थाले । पछि ती कमैयाहरूलाई भूमिपति मालिकहरूले आफ्नै अधिनमा राख्न थाले र शोषण गर्न थाले । यस हिसाबले आजसम्मका सबै शासक दलहरू अर्थात् नेका, एमाले, माओवादी केन्द्र, समाजवादी दलहरू, तराईवादीलगायत सबै पुँजीवादी दलहरू दास मालिक, किसानमारा सामन्त र जमिनदार वर्गमा पर्छन् । देशभित्रका मजदुरहरूको शोषण गर्नेहरू तथा विदेशमा पठाइएका युवा श्रमिकहरूको शोषण गर्ने म्यानपावर कम्पनीहरू सबै पुँजीवादी शोषकहरू हुन् । ती सबै श्रमिक जनताका शत्रु हुन् ।
अहिले नेपाली जनताका शत्रुहरू संरा अमेरिका, बेलायत र भारतका शासकहरू नै हुन् । तर, संरा अमेरिका, बेलायत र भारतका कामदार जनता सबै नेपाली जनताका मित्र हुन् । नेपालका सबै कर्मचारी, सिपाही, प्रहरी, गुप्तचर विभाग र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित देशका सबै आयोग तथा नियोगका कर्मचारीहरूलाई पनि यस वर्ग भेदबारे शिक्षित गर्नु आवश्यक छ ।
२०४५ सालको ‘भक्तपुर काण्ड’ पछि का. रोहितले राजा वीरेन्द्रसँग प्रश्न गर्नुभएको थियो, “पृथ्वीनारायण शाहले काठमाडौँ कब्जा गरेको २२५ वर्षपछि पनि के हामी विदेशी नै हौँ ?” त्यसको अर्थ हो– सिंहदरबार, सेना, प्रहरी आदि सबै सरकारी अङ्गहरूमा देशका विभिन्न जातजाति, भाषाभाषी र कामदार वर्गको उपस्थिति छैन । ती हरेक क्षेत्रमा भेदभाव छ । सङ्घ, राज्य, प्रदेश र स्वायत्तता एवम् विकेन्द्रीकरणको सिद्धान्तको आधारमा त्यस्ता सबै भेदभावको अन्त्य गर्न पहिले सबै प्रकारका सरकारी कर्मचारीहरूलाई तिनले व्यापक दृष्टिकोण राखून् भनी शिक्षित गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.