भर्खरै :

मुखमा राम राम बगलीमा छुरा : अमेरिकी चरित्र

मुखमा राम राम बगलीमा छुरा : अमेरिकी चरित्र

हाम्रो गाउँमा आफूमात्र जान्ने, सुन्ने र टाठाबाठा ठान्ने जमिनदारी धाक देखाउने एकजना लुच्चा मान्छे थियो । गाउँलेहरूको माझ रक्सी खाने र खुवाउने सबैथोक गर्ने । यसैबीच विवादको कुरा झिक्ने अनि गाउँलेहरूबीच भनाभन गराएर आफू तमासा हेर्ने उक्त लुच्चा मान्छेको स्वभाव थियो । भनाभनले चर्को रूप लिएर हात हालाहालको अवस्था आएपछि ती लुच्चा मान्छे त्यहाँबाट एकाएक हराउने गथ्र्यो । भोलिपल्टबाट कसैको टाउको फुटेको, कसैको हात भाँचेको जस्ता अनेक कुरा दुई चार दिनको लागि गाउँभरि गफको विषय हुन्थ्यो तर ती फटाहालाई केही हुँदैनथ्यो ।
हो, यस्तै फटाहा, लुच्चा स्वभावको जमिनदारी चरित्र देखाउने मान्छेजस्तै भएको छ संरा अमेरिका भनिने देश । अरूको घरमा हात नघुसारी नहुने युद्धखोर भएको छ संरा अमेरिका । विश्व अशान्त हुनुमा संरा अमेरिका जिम्मेवार छ । संसारलाई ध्वस्त बनाएर आफू सकुशल हुने नीति नै अमेरिकी नीति हो । संरा अमेरिका आफै खत्तम हुने गरी प्रत्यक्ष युद्धमा जाँदैन । अरूलाई घिसारेर द्वन्द्वमा फसाउने यसको मुख्य ध्येय हो । संयुक्त राष्ट्र सङ्घ भुत्ते हुनुमा उ जिम्मेवार छ । पछिल्लो समय विश्व जनमत संरा अमेरिकाको विरुद्ध हुनुको कारण अमेरिकी नेतृत्वमा विश्वले पीडा भोग्नु परेकोले हो ।

संरा अमेरिका कतिसम्म षड्यन्त्रकारी रहेछ भने पेलोसीको भ्रमण तालिकामा कहीँ कतै थाइवानको नाम थिएन । अनि, एकाएक पेलोसीको हवाइजहाज थाइवान एअरपोर्टमा अवतरण भएको समाचार आउँछ । यसरी लुकीछिपी भ्रमण गर्नुपर्ने कारणको पछाडि ‘दालमा केही कालो छ’ भन्ने भनाइ पुष्टि हुन्छ । कहाँसम्म झूटको खेती अमेरिकाले गरे भने न्यान्सी पेलोसीको यात्रा उनको व्यक्तिगत यात्रा हो । यसमा अमेरिकी सरकारको कुनै हात छैन । यो त पछाडिबाट छुरी घोप्नुजस्तै हो । यस्तै व्यवहार देखाउने हो भने “हामी थाइवानको स्वतन्त्रताको पक्षमा छौँ” भनेर अमेरिका खुलारूपमै संसारसामु आउन सक्नुपर्ने हो ।

चिनियाँ क्रान्तिका भगौडाहरू शरणार्थी भएर बसेको चिनियाँ टापुको नाम हो ‘थाइवान’ । संयुक्त राष्ट्र सङ्घमा थाइवानलाई ‘सम्पूर्ण चीन’ को प्रतिनिधित्व गराउन संरा अमेरिकाले भरमग्दुर कोसिश नगरेको होइन तर विश्व जनमतको दबाबबीच अमेरिकाले चीनलाई नै संयुक्त राष्ट्र सङ्घमा प्रतिनिधित्वलाई मान्यता दिएर थाइवानको मान्यता खारेज गरेको थियो । नेपालले जनवादी चीन नै आधिकारिक हो भनेर मान्यता दिएको थियो र एक चीनको प्रस्तावक पनि हो । समयचक्र र व्यापारिक स्वार्थको कारण पहिला थाइवानसँग कूटनैतिक सम्बन्ध राखेको अमेरिकाले पछि एक चीन नीति मानेर थाइवानसँगको कूटनैतिक सम्बन्ध तोडेर चीनसँग मात्र सम्बन्ध कायम ग¥यो ।
विभिन्न अर्थशास्त्रीहरूलगायत अमेरिकी अर्थशास्त्रीहरूले निकट भविष्यमा चीन संरा अमेरिकालाई उछिनेर संसारको पहिलो आर्थिक महाशक्ति राष्ट्र हुने भविष्यवाणी गरेदेखि अमेरिकी शासकहरूको पेट पोलिरहेको थियो । कहीँ कतै चीनलाई युद्धमा फसाएर चिनियाँ अर्थतन्त्रलाई ध्वस्त बनाउन सकिन्छ कि भनेर संरा अमरिकाले गुरु योजना बनाइरहेको छ । भारतलाई चीनसँग युद्धमा फसाएर अमेरिकी मनसुवा पूरा गर्न पूर्ववर्ती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले निकै प्रयास गरेको थियो । अहिलेसम्म भारत र चीन दुबैको सुझबुझले भनौँ, अमेरिकी कुटिल रणनीतिले काम गरिरहेको छैन । पछिल्लो अमेरिकी प्रयास थाइवानमा जारी छ । चीनलाई अमेरिकी मनसुवा राम्ररी थाहा छ । एकातिर सकभर कुनै युद्धमा नफसी आर्थिक विकासलाई नै तीव्रता दिने चीनको अभिप्राय छ भने अर्कोतिर आफ्नै सार्वभौमिकताको रक्षा गर्नुपर्ने अवस्था छ । यही कारण ‘खाउँ भने कान्छो बाको अनुहार नखाउँ भने दिनभरिको शिकार’ को अप्ठेरो स्थितिमा चीन रहेको छ ।
हामी थाइवानको लोकतन्त्रको पक्षमा छौँ भन्दै पेलोसीले थाइवानको संसद्मा गफ चुते । थाइवानमा लोकतन्त्रको दुहाइ दिने अमेरिकाले अफगानिस्तान र इराकमा लोकतन्त्र स्थापना ग¥यो त ? इराकमा अमेरिकाविरोधी पक्षको संसद्मा बहुमत आएपछि अझै पनि इराकमा सरकार बनाउन दिएको छैन । २० वर्षसम्म बसेर अफगानिस्तानलाई तहस नहस गरेर फर्कियो । पाकिस्तानमा साम, दाम, दण्ड र भेद सबै प्रयोग गरेर प्रजातान्त्रिक तरिकाले निर्वाचित इमरान खानको सरकारलाई ढाल्यो । आफ्नो स्वार्थ पूरा हुने भए निरङ्कुश राजतन्त्र मुलुक साउदी अरेवियामा अमेरिकी राष्ट्रपतिको भ्रमण पनि हुन्छ । आफ्नो स्वार्थ सुरक्षित हुने भए अमेरिकालाई लोकतन्त्रसँग कुनै सरोकार छैन । जब अमेरिकाको हितविपरीत हुने देखिन्छ बल्ल लोकतन्त्र र मानवअधिकारको बखान सुरु हुन्छ । लोकतन्त्रलाई मागी खाने भाँडो बनाउने अमेरिकाको चरित्र बनिसक्यो ।
केही वर्ष अघिसम्म थाइवान सरकारले भन्ने गथ्र्यो, यदि चीन लोकतान्त्रिक बाटोमा जान्छ भने हामी चीनसँग एकीकरण गर्न तयार छौँ । यहाँ लोकतन्त्रको व्याख्याको बहस अनेक कोणबाट गर्न सकिने अर्को पाटो हो तर थाइवान सरकारको यो भनाइबाट के प्रस्ट हुन्छ भने थाइवान आफै छुट्टै देश होइन यो चीनकै अभिन्न अङ्ग हो । अर्थात्, थाइवानीहरूले चीन थाइवान एउटै मुलुक हो भनेर स्वीकारेकै हो । तर, अमेरिकी शासकहरूले समय–समयमा थाइवानीहरूलाई उचाल्दै गएपछि थाइवानीहरूको स्वर बिस्तारै परिवर्तन हुँदै गयो । जसको परिणामस्वरूप अहिलेको जटिल अवस्था सिर्जना हुन गएको हो । त्यसैले, निश्चित रूपमा भन्न सकिन्छ कि अमेरिका संसारभर आगो झोस्दै हिँड्ने देश हो ।
संरा अमेरिका कतिसम्म षड्यन्त्रकारी रहेछ भने पेलोसीको भ्रमण तालिकामा कहीँ कतै थाइवानको नाम थिएन । अनि, एकाएक पेलोसीको हवाइजहाज थाइवान एअरपोर्टमा अवतरण भएको समाचार आउँछ । यसरी लुकीछिपी भ्रमण गर्नुपर्ने कारणको पछाडि ‘दालमा केही कालो छ’ भन्ने भनाइ पुष्टि हुन्छ । कहाँसम्म झूटको खेती अमेरिकाले गरे भने न्यान्सी पेलोसीको यात्रा उनको व्यक्तिगत यात्रा हो । यसमा अमेरिकी सरकारको कुनै हात छैन । यो त पछाडिबाट छुरी घोप्नुजस्तै हो । यस्तै व्यवहार देखाउने हो भने “हामी थाइवानको स्वतन्त्रताको पक्षमा छौँ” भनेर अमेरिका खुलारूपमै संसारसामु आउन सक्नुपर्ने हो । जसअनुसार चीनले पनि आफ्नै तरिकाले तयारी गथ्र्यो होला । तर, अमेरिकाले मुखमा राम राम बगलीमा छुरा भनेजस्तै ‘भन्नु र गर्नुमा’ फरक व्यवहार देखायो । त्यसैले स्पष्टरूपमा भन्न सकिन्छ, न्यान्सी पेलोसीको थाइवानको यात्रा अमेरिकी पाखण्डीको पराकाष्ठा हो । संरा अमेरिकाले एक चीन सिद्धान्तप्रतिको आफ्नो राजनीतिक प्रतिबद्धतालाई तोडेर यस्तो दोहोरो–चरित्र देखाएको छ । आफैले मान्दै आएको एक–चीन नीतिलाई उल्लङ्घन गर्दै आफ्नो देशको काङ्ग्रेसको तल्लो–सभाको सभामुखलाई चोर बाटोबाट थाइवानको भ्रमणमा पठाएर संरा अमेरिकाले अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरेको छ ।
सुरुदेखि नै राम राम भन्दै बगलीमा छुरा लिएर विश्वका धेरै देशहरूलाई उपनिवेश बनाएकाहरूको आज पनि बानी व्यहोरामा परिवर्तन आएको छैन । संरा अमेरिकाको दुष्ट्याइँ र कुकृत्यहरूलाई ढाकछोप गर्न वा त्यसप्रति मौन रहनेहरू मासिक दलाली–भत्ता खानेहरूमात्र हुन्छन् । पत्याउने आधार गुमाएका अमेरिका र उनका पिठ्यूँ देशहरूको लहैलहैमा नेपाल पनि लाग्ने हो भने हाम्रो भविष्य पनि सुखद छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *