भर्खरै :

युक्रेनी गुप्त कालकोठरीमा तीन महिना

युक्रेनी गुप्त कालकोठरीमा तीन महिना

लरिसा खारकोभ सहरमा प्रहरी अधिकारी थिइन् । त्यहाँ उनले १८ वर्ष सेवा गरेकी थिइन् । तर, किभमा मैदान विद्रोह सुरु भएपछि उनी र उनको परिवारसँगै सहरका सबै बासिन्दाहरू आत्तिन थाले । ओडेसा हत्याकाण्डभन्दा अगाडि पनि जनताले जनगणतन्त्र खारकोभ घोषणा गरेका थिए र क्षेत्रीय परिषद्को कार्यालयमाथि रूसी झन्डा फहराएका थिए । रूसी सङ्घमा जोडिने मनोकाङ्क्षा जाहेर गरेका थिए । तर, सुरक्षा निकायले त्यो जनउभारलाई रगतको आहालमा डुबाइदिए । खारकोभ सहरमा सयौँ उग्र राष्ट्रवादीहरूको जत्था आयो । त्यसको नेता आन्द्रेइ बिलेत्की थियो । नवनाजी एजोभ रेजिमेन्टको भावी कमान्डर । उनीहरूसँगै इगोर मोसिचुक पनि आएको थियो । प्राभी सेक्तोर पार्टीको अनुयायी । आएको थियो युक्रेनी राजनीतिक प्रहरी ‘एसबीयू’ । यिनैले खारकोभका जनताको रगत बगाएका थिए । सहरमा जे भयो, देशको पूर्वी भेगभरि जे भयो, त्यसमा युक्रेनी गृहमन्त्री आर्सेन आभाकोभको ठूलो हात छ । लारिसाले यी सबै घटना आफ्नै आँखाले देखिन् । डोनबस क्षेत्रमा लामो समय मानवीय सरसहयोगमा देन दिएपछि २०१५ मार्चमा उनी पक्राउ परिन् । उनीसँग उनका छोरा पनि थिए । उनीहरूलाई ‘एसबीयू’ को गुप्त कालकोठरीमा ३ महिनासम्म घिनलाग्दो यातना दिइयो । लारिसाले साढे तीन घण्टासम्म आफ्नो कथा सुनाइन् । उनले युक्रेनी आतङ्कको भित्री कोठामा पसिन् । त्यहाँ कुटपिट, मानसिक र शारीरिक यातना, ब्ल्याकमेलको प्रयोग हुन्छ । विचार स्वतन्त्रका सबै सिद्धान्तहरूको त्यहाँ नामनिसान छैन ।

रगत र आतङ्कमा डुबेको खारकोभ सहरको विद्रोह
लारिसाले हामीलाई आफ्नो पसलमा स्वागत गरिन् । सन् २०१६ यता उनी दोनेत्स्कमा शरणार्थी छिन् । झट्ट हेर्दा उनी कमजोर देखिन्छिन् । कठोर यातनाका डामहरू उनको दुब्लो पातलो शरीरमा देख्न सकिन्छ । तर, जतिसुकै यातना र अपमानले पनि उनीभित्रको आगो निभाउन सकेको छैन । उनी आमा र हजुरआमा थिइन् । प्रतिरोधी समूहकी लडाकु थिइनन् । उनले युक्रेनविरुद्ध षड्यन्त्र बुनेकी थिइनन् । तर, युक्रेनमा जे भइरहेको थियो, त्यो उनलाई चित्त बुझेको थिएन । फेरि प्रहरीको रूपमा उनले कानुनको पालना पनि गर्थिन् । उनीले भनिन्, “म सोभियत सङ्घमा जन्मेकी हुँ । मिन्स्क सहरमा । किनभने, मेरा बुबा सैनिक हुनुहुन्थ्यो र हामीले पटकपटक बासस्थान फेरिरहनुपथ्र्यो । अन्त्यमा हामी खारकोभमा बस्यौँ । त्यहीँ मेरो बिहे भयो र मेरा बालबच्चा त्यहीँ जन्मे । म र मेरा छिमेकीहरू मैदान विद्रोहका घटनाहरूले अत्तालियौँ । त्यो एकदम अवैध थियो र त्यसले देशको संविधान मिचेको थियो । सैनिकहरूलाई ताकेर बम हान्नु कसरी सम्भव छ ? मैले ती मसालजस्ता बमहरू, राजधानीमा भएको विध्वंस, विनास र लुटपाटका तस्बिरहरू देखेँ । त्यसपछि आएको नयाँ सरकार आफैमा अवैध थियो । पागलपन र रक्तपातबाट जन्मेको थियो । हाम्रो सहरका जनता छिट्टै सडकमा आए र विरोध प्रदर्शन गरे । जनतामा उत्साहित थिए, शान्तिपूर्ण विरोध गर्दै थिए । क्रिमिया रूसको भाग बनेपछि हामीले पनि बौलाएको देशबाट छुटिनुपर्छ भनेर सोच्यौँ । मेरा हजुरबुबाहरू (हिटलरविरुद्ध) महान् देशभक्तिपूर्ण युद्धमा लड्नुभएको थियो । यी नाजीहरूले युक्रेनमा शासन गर्लान्, आफ्नो विचारधारा लाद्लान् भनेर हामीले चिताएका थिएनौँ । सन् १९४५ मा हामीले यिनीहरूलाई पूर्णरूपमा उन्मूलन गरेका थिएनौँ भन्ने मलाई थाहा थियो । आज विश्वमा, युक्रेनमा र संरा अमेरिकामा नाजीवादले टाउको उठाएको छ । पश्चिमी देशमा मान्छेहरूले यो कुरा किन नबुझेको होला ? त्यसपछि सयौँको सङ्ख्यामा मैदान विद्रोहका अभियन्ताहरू आए । तिनको हातमा हतियार थियो । कालो पोशाक लगाएको ‘एसबीयू’ दस्ता सँगै थियो । बिलेत्स्की र मोसिचुकसँगै पश्चिम युक्रेनका मानिसहरू पनि थिए । अप्रिलको महिना थियो । उनीहरूले भटाभट सडकभरि गोली चलाउन थाले । त्यो महिनाभरिमा उनीहरूले तीनजना मान्छे मारे । मेरो प्यारो खारकोभ सहरभरि आतङ्क फैलियो । मेरो सहर यी गुन्डाहरूको नियन्त्रणमा गयो । हुन त मलाई लेनिनप्रति उति लगाव छैन । तर, यो हाम्रो इतिहास हो । हामीले सबथोक काटेर फाल्न सक्दैनौँ । आफ्नो स्मृति, संस्कृति र सभ्यताविरुद्ध लड्नु घृणास्पद हुन्छ । म आफै रूसी भाषा बोल्छु । युक्रेनी बोल्न आउँदैन । बुझ्न सक्छु, कनिकुथी पढ्छु । तर, हाम्रो सहरभरि रूसी भाषा नै चल्छ । त्यसैले हाम्रो इतिहास, हाम्रो भाषा, हाम्रो राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउनु र लगत्तै हाम्रा जनताविरुद्ध कहालीलाग्दो हिंसा गर्नु स्वीकार्य थिएन ।”

‘एसबीयू’ को पिछा र आफ्नो राजनीतिक विचारका लागि बिनाकसुर पक्राउ
लारिसाले आफ्नो कथा सुनाइरहिन् । बोल्दाबोल्दै कहिले उनी बिस्तारै काँप्थिन् । तर, कुरा अघि बढ्दै जाँदा उनको नैतिक र मानसिक बल हामीसामु प्रकट हुन्थ्यो । हामीले उनको कथा ध्यान दिएर सुन्यौँ । बीचबीचमा उनी मानव अधिकार र मानवताका प्रसङ्ग घुसाउँथिन् । यसमा पश्चिमेली देशका जनताको दुईमत हुनसक्दैन । उनका कुरा सुन्दै जाँदा हाम्रा कान ठाडा हुँदै जान्थे । किनभने, यातना पाएका मानिसहरूको बयान हामीले पहिले नसुनेको होइन । तर, उनीमाथि भएका अत्याचार अचाक्ली थिए । यातनाबारे हामीले कहिल्यै नसुनेका तथ्यहरू पनि उनले सुनाइन् । उनले भनिन्, “मैले हतियार लिएर प्रतिकार गरिनँ । मेरो आफ्नै विचार थियो । म कानमा तेल हालेर बस्न सकिनँ । त्यसैले, डोनबसमा सहयोग कार्य अघि बढाएँ । लुगान्स्क र दोनेत्स्कका सर्वसाधारणमाथि युक्रेनी हवाई सेना र तिनका तोपहरूले गरेको बमबारी कहालीलाग्दो थियो । मर्न थालेकी एक महिलालाई बमले दुई टुक्रा पारेको यिनै आँखाले देखेँ । हाम्रा टीभी च्यानलहरूले कुनै टीकाटिप्पणी नगरी ती दृश्यहरू देखाइरहेका थिए । जे भइरहेको थियो, त्यसको निन्दा गरेका थिएनन् । त्यसैले, मेरो आपसाप जेजति थियो, मैले बटुल्न थालेँ । मेरो तलब राम्रै थियो । मैले मोर्चाहरूमा जनताको लागि, बुढा आमाबाको लागि र सर्वसाधारणको लागि सहयोगहरू जुटाएँ । म मारिउपोल गएँ, डोनबसको अर्को सहर अभ्दीभ्का गएँ । कारमा जेजति अटाउँथ्यो, त्यो लग्यौँ । रोटी, औषधि, लुगाफाटो, खाना जे सकिन्थ्यो, लग्यौँ । भोकमा छटपटिएको मरेको हेर्नु डरलाग्दो हुन्छ । एउटा गाउँमा तीनजना पाको उमेरका मानिसहरू भोकले मरेको मैले सुनेँ । हातमा केही थिएन । किभले वृद्धभत्ता रोक्का गरेको थियो । त्यो खबर असाध्यै डरलाग्दो थियो । २०१४ डिसेम्बरको यात्रा अन्तिम सीमापार यात्रा बन्यो । लामो समयदेखि गुप्तीहरू मेरो पछि लागेका छन् भन्ने कुराको भेउ मैले पाउन सकिन । २०१५ मार्चमा मलाई पक्राउ गरियो । त्यतिञ्जेल ६ महिनादेखि उनीहरूले मेरो फोनवार्ता सुनिरहेका रहेछन् । यो कुरा पछि उनीहरूले नै बताए । सुरुमा उनीहरू मेरो छोरालाई समात्न आए । म अर्को छोरासहित अर्कै फ्ल्याटमा बस्थेँ । म ९ औँ तलामा बस्दै थिएँ । तिनीहरूले म बसेको भवनका अन्य दुई व्यक्तिलाई पक्राउ गरे । सहरभरि धरपकडको लहर थियो । दसौँ वा सयौँ, कति मान्छे समातिए थाहा छैन । यो राजनीतिक दमन अन्त्य ठूलो थियो । चौधजना आए ¤ मलाई समात्न चौधजना आए । ढोका खोल्न पनि भ्याएकी थिइन, तिनले ढोकै फोरे । केहीले ‘एसबीयू’ को पोशाक लगाएका थिए । अरू साधारण लुगामा थिए । तिनीहरूसँग हतियार थियो । तिनीहरू कोठाभरि फैलिए र मलाई पक्राउ गरे । तीमध्ये कोही चिच्याइरहेका थिए । अरूले आरामले सोधपुछ गरे । एकचोटि तिनीहरूले मलाई गल्लीमा जान भने र लगत्तै तिनले मेरी १२ वर्षे नातिनीको जुत्तामा एउटा ग्रिनेड भेटाए ।… तिनैले त्यो ग्रिनेड राखेका थिए नि । मैले आफूसित कुनै हातहतियार नरहेको बताएँ । तर, तिनले मलाई सुरक्षा निकायभित्र घुसपैठ गरेकी आतङ्कवादी भने । मैले तिनीहरूसँग ठट्टा गर्ने मनोबल जुटाएँ । तिनलाई मैले त्यो ग्रिनेड जुत्तामा धमिरा नलागोस् भनेर राखेको भनेँ ।… तिनले मबाट केही पनि फुत्काउन नसक्ने बुझे । तिनीहरूले ठूलो क्यामेराले सबथोक खिच्दै थिए । मैले वकिल राख्छु भनेँ । युक्रेनको शत्रु हुनाले मलाई वकिल राख्ने अधिकार छैन भनियो । त्यसपछि तिनले मलाई ‘एसबीयू’ को हाताभित्र लगे र नर्कबास सुरु भयो ।”

नर्कको यातना, ब्ल्याकमेल र ‘एसबीयू’ को नीच कालकोठरी
लारिसाको बाँकी कथाले हामीलाई विभत्स घटनामा होम्नेछ । मैले अन्य राजनीतिक बन्दीहरूसँग पनि अन्तर्वार्ता लिएको छु । लारिसा छोटो समयसम्म कैदमा रहे पनि उनको घाउ गहिरो थियो । उनलाई २०१५ मार्चदेखि मेसम्म खारकोभस्थिति ‘एसबीयू’ को गुप्त जेलमा दैनिकजसो दुव्र्यवहार गरिएको थियो । त्यसपछि अरू दुइटा जेलमा लगेर २०१५ मेदेखि २०१६ जनवरीसम्म उनीमाथि दुव्र्यवहार भयो । उनले भनिन्, “मलाई ‘एसबीयू’ को कार्यालयमा लगियो र सुरुमा सोधपुछ गरियो । त्यो सोधपुछ असाध्यै भयावह थियो । ३७ घण्टासम्म उनीहरूले लगातार सोधपुछ गरे । मलाई सुत्न दिइएन र दर्के झरीले झैँ प्रश्नले हानेको हानै गरियो । ‘एसबीयू’ का एजेन्टहरूले पालो फेरिफेरि प्रश्न सोधे । यस्तो व्यवहारपछि मैले समयको होसचेतै गुमाएँ । आफू हुनुको भावै गुमाएँ । मलाई दबाबमा राख्न मेरो छोरालाई समातिएको थियो । घण्टौँसम्म उसलाई बर्बरतापूर्वक कुटपिट गरियो । ऊ रगतपच्छे भयो, चोटैचोटले गर्दा शरीर नचिनिने भयो । उनीहरूले उसको करङको हड्डी र हात भाँचे । मैले उनीहरूले भनेको सबैथोक कबुल नगरे उसलाई अझ कुट्ने भनेर धम्की दिए । छोरालाई अघि ल्याएर ब्ल्याकमेल गर्नु एउटी आमाको निम्ति अत्यन्त पीडादायी यातना हो । अन्त्यमा, मलाई जेलचलान गरियो र कालकोठरीमा हालियो । त्यहाँ पुग्दा हामी एक दर्जन कैदी रहेछौँ भन्ने थाहा भयो । त्यहाँ सँगसँगै जोडिएका अन्य कोठाहरू पनि थिए । हामीजस्ता झन्डै ७० जना छौँ भन्ने अनुमान गरेँ । प्रत्येक दिन हामीलाई बाहिर लगिन्थ्यो थप केरकारका लागि । झूट, करकाप, अपमान र धम्की दोहोरिरहन्थ्यो । खाना, झोल र रोटी रद्दी थियो । बास कहालीलाग्दो थियो । मृत्युको मञ्चजस्तो । लोग्नेमान्छे र स्वास्नीमान्छेलाई अलग राखिएको थियो । गार्डहरू नहुँदा हामीसँगै जोडिएको कोठाका मान्छेहरूसँग कुरा गथ्र्यौँ । लोग्नेमान्छेहरूको स्थिति झनै कष्टकर थियो । खाटमा बिछ्यौना र सिरानी थिएन । तीमध्ये केही घाइते थिए । उनीहरूले कुनै उपचार पाएका थिएनन् । कहिलेकाहीँ हामीलाई टहल्न लगिन्थ्यो । त्यो ठाउँ पर्खालले घेरिएको ससानो आँगनजस्तो थियो । म २०१५ मे ८ को दिन सम्झिन्छु । विजय दिवस मनाउन हामीले देशभक्तिपूर्ण गीतहरू गायौँ । त्यसपछि हामीले ती गीतहरू गाइरह्यौँ । तिनीहरू रिसाएका थिए । तर, तिनीहरूले सक्नेजति डरलाग्दा हत्कण्डाहरू अपनाइसकेका थिए । गर्न बाँकी केही थिएन । तिनीहरूले मेरी ८४ वर्षे बुढी आमालाई हातपात गर्ने धम्की थिए । मेरी १२ वर्षे नातिनीलाई पनि नछोड्ने बताए । यो ब्ल्याकमेलले काम गरेन । मन लागेको गर भनिदिएँ । मैले शङ्कास्पद काम गरेको आरोप लगाएँ । जस्तो घरको बार्दलीमा बसेर युक्रेनी सैन्य विमानहरू आउने र जाने समयको गुप्तचरी गरेको बताइयो । यो सूचना मैले रूसीहरूलाई दिएको भने ।… अर्थनबर्थका कुरा नगर भनेँ । तैपनि, तिनीहरूले मलाई भ्रामक बकपत्रमा हस्ताक्षर गराउन खोजिरहे । तिनीहरूलाई मैले हाम्रो फ्ल्याट दिए वा मोटो रकम दिए मलाई रिहा गर्ने पनि बताएँ । तर, मलाई करकापमा पार्ने कुनै कानुन नभएको, बरु यस्तो गर्नु ठगी र चोरी गर्नु हो भनेर मैले बताएँ । प्रहरी प्रशासनमा बस्दा मैले लामो समयदेखि चिनेको सरकारी वकिलले अन्त्यमा हस्तक्षेप गरे । तर, मलाई रिहा गरिएन । तिनीहरू कठोर र नरम अवतारमा प्रकट भइरहे । मलाई कुटपिट गरे । निरन्तर लाञ्छना लगाइरहे र धम्की दिइरहे । अन्त्यमा ममाथि मुद्दा चलाइयो । त्यो फर्जी मुद्दा थियो । मलाई रिहा गरिन्छ भनियो । त्यो पनि एउटा झूट थियो । ममा आशा जगाएर भुइँमा थेचार्न त्यसो गरिएको थियो । ममाथि लगाइएका झूटा आरोपहरूलाई मान्यता दिइयो । तर, मेरो राजनीतिक विचारले गर्दा मात्र मलाई त्यहाँ लगिएको थियो । के सभ्य देशमा यसलाई सामान्य मानिएला ? त्यसैकारण, सडकमा कसैले नदेखोस् भनेर मलाई रातमा जेल सरुवा गरियो । मलाई अवैधरूपमा जेलमा राखिएको छ भनेर कसैले थाहा नपाओस् भनेर पनि त्यसो गरिएको हुनसक्छ । यसरी मलाई पोल्ताभा जेलमा लगियो । त्यहाँ म अक्टोबरसम्म बसेँ । मलाई त्यहाँ सामान्य मुद्दामा कैदमा राखिएका महिलाहरूसँगै कैद गरियो । तीमध्ये केही हत्याराहरू पनि थिए । तर, मजस्तै राजनीतिक बन्दीहरू पनि थिए । २०१५ अक्टोबरमा मेरो दोस्रो सुनुवाइ हुँदासम्म म त्यही रहेँ । त्यहाँ मलाई एक वर्ष शिविरमा राख्ने सजाय सुनाइयो । त्यसपछि मलाई मध्य युक्रेनको एउटा सहरमा लगियो । २०१६ को जनवरीको अन्त्यतिर मलाई रिहा गरियो । म खारकोभस्थित घर आउन सकेँ । मेरो छोराले ५ वर्ष शिविरमा बिताइसकेको छ ।”

स्वतन्त्र उडान, रूस अनि डोनबस
मनोवैज्ञानिक यातना, धनसम्पत्ति खोस्ने कसरत, परिवारलाई चोट दिएर ब्ल्याकमेल गर्ने र धम्की दिने, बुढापाका र केटाकेटीलाई पनि नछोड्ने – मैले यति त्रासद कथा कहिल्यै सुनेको थिइनँ । पछिल्ला वर्षहरूमा यस्ता कथा सुनिन छोडेका थिए । तीन महिनाको सघन केरकारबीच हामीले दोस्रो विश्वयुद्धताका नाजी गुन्डा दल गेस्टापोले गर्ने गरेका आततायी गतिविधिको झल्को दिने घटनाहरू दोहोरिएको देख्यौँ । यो केरकार गेस्टापोकै शैलीका थियो, बर्बर र हिंस्रक । पश्चिमा मिडियाहरू, युरोपेली युनियनका प्रसिद्ध ‘प्रजातान्त्रिक देशहरू’ कै मुखुञ्जेल यस्तो ‘विचारको अपराध’ ५ मिनेट पनि कसरी टिकेको होला ? यस्तो स्थितिमा युक्रेनप्रतिको समर्थन कसरी उचित होला ? यो प्रश्न महत्वपूर्ण हुनाले के यसबारे युरोपेली अधिकारीहरूलाई थाहा होला ? थाहा छ । किनभने, बन्दीहरूसँग रेडक्रस, राष्ट्रसङ्घ र ‘ओएससीई’ का कर्मचारीहरूले गरेका पत्राचारहरूबाट मैले बयानहरू सङ्कलन गरेको छु । लारिसा यस्तो छटपटीपूर्ण कैदबाट रिहा भएर घर फर्किन् । तर, उनका समस्याहरू टुङ्गिएनन् । बाँकी कथा उनले यसरी सुनाइन्, “म घर पुगेँ । मेरो जागिर गुमिसकेको थियो । मेरो छोरा जेलमा थियो । मेरी नातिनीलाई अरूले स्याहार गर्दै थियो । एक दिन मैले मेरो मुद्दा हेरेका वकिललाई भेटेँ सडकमा । उनले मलाई चिने र मनिर आए । उनले मसित हजारौँचोटि माफी मागे । उनले आफूलाई त्यसरी मुद्दा चलाउन बाध्य पारिएको बताए । उनले म अझै पनि ‘एसबीयू’ को निगरानीमा रहेको र उनीहरू छिट्टै मलाई लिन आउने सूचना दिए । उनले मलाई भाग्ने सल्लाह दिए । मैले कुरा बुझिहालेँ । चिनेजानेका मानिसहरू र साथीहरूको मद्दतबाट मैले एक मानव तस्करलाई पैसा दिएर युक्रेन र रूसको सीमा काटेँ । यो सीमा खारकोभभन्दा त्यति टाढा छैन । यसको लागि मैले धेरै पैसा तिर्नुप¥यो । तिनीहरूले मलाई कारको डिक्कीमा लुकाएका थिए । यसरी म एक्लै कुस्र्क आएँ । त्यहाँ स्टेसनमा मैले २४ घण्टा बिताएँ । मैले मस्कोमा बस्ने मेरा अन्य साथी र दिदीबहिनीलाई फोन गरेँ । थकानले गलेर म निहुरिएकी थिएँ । मसित हाते ब्यागबाहेक केही थिएन ।… जीवन भन्नु एउटा हाते ब्यागमा सीमित भएको थियो । तर, अन्ततः म मुक्त भएकी थिएँ ! मैले नातेदारहरूसँग नातिनीलाई जहाजमा राखेर मस्को पठाइदिन भनेँ । नातिनीलाई भेटेपछि म मस्कोमा शरणार्थीको रूपमा बसेँ र केही सहयोग पनि पाएँ । तर, कानुनको छेकबार र रूस–युक्रेन युद्ध नभइसकेको हुँदा मेरी नातिनीमाथि हमला हुने त्रास पनि रहिरह्यो । मैले उसलाई अदालती माध्यमबाट युक्रेन नै फर्किन भनेँ । मलाई अन्तर्राष्ट्रिय कानुनले छुन नसक्ने एकमात्र ठाउँ दोनेत्स्क र लुगान्स्क गणतन्त्र देखेँ ।… किनभने, यी दुई गणतन्त्रलाई कसैले पनि मान्यता दिएका थिएनन् । म रणभूमिमा जाँदै छु भन्ने मलाई थाहा थियो । तैपनि, मैले त्यही बस्ने निक्र्योल गरेँ । २०१६ मे महिनामा म दोनेत्स्क आइपुगेँ । यहाँको जनमानस खारकोभको भन्दा अलिकति भिन्न भए पनि मनकारी लाग्यो । केही साथीहरूले मलाई एउटा ठिक्कको फ्ल्याट मिलाइदिए । अत्यावश्यक सामानको मूल्यमात्र तिरे पुग्यो । अरू सामान साथीहरूले ल्याइदिए । जस्तो लामो समयदेखि मैले सबथोक दिउरीमा पकाउँदै आएकी छु । यो दिउरी मलाई तिनै साथीहरूले ल्याइदिएका हुन् । मसँग चिया बनाउन कित्ली वा अन्य भाँडाकुँडा छैनन् । म आफ्नो बाहुला माथि सार्छु र मिहिनेत गर्छु । अहिले यहाँ मैले आफ्नै व्यवसाय गरेकी छु । सजाय पूरा गरेपछि मेरो छोरो रिहा भएको छ । ऊ अझै पनि खारकोभमै छ । त्यहाँ ऊ पनि लडाइँले उठीबास लगाएका मानिसहरूलाई सघाउँछ । अहिले खारकोभ रूसी सेनाको आक्रमणमा छ । युद्धपछि म खारकोभमै फर्किन्छु वा फर्किन्न, मलाई थाहा छैन । तैपनि, त्यो मेरो सहर हो । मेरो नाल त्यही सहरमा जोडिएको छ । तर, अहिले त दोनेत्स्क पनि मेरो घर बनेको छ । मलाई यति धेरै सहयोग गरेकोमा म डोनबसका जनताप्रति अत्यन्त आभारी छु । म रूस र डोनबसको जीत होस् भन्ने चाहन्छु । यी नाजीहरू निमिट्यान्न होऊन् भन्ने चाहन्छु । तर, यो कुरा तपाईँले सकेसम्म धेरै मानिसहरूलाई सुनाउनुहोला । उनीहरूले यो कुरा थाहा पाउनैपर्छ । युक्रेनका यी अपराधी र हत्याराहरू, नेता र सैनिकहरूले आफ्ना कुकर्महरूको लागि मानवताको कठघरामा उभिएर जवाफ दिने दिन आउनेछ । मैले कुरा खुलस्त बताउनैपर्छ । त्यसैले मैले आफ्नो कथा सुनाउँदै आएकी छु । मैले चिनेका र यातना झेलेका मानिसहरूले तपाईँसामु कुरा खोलून् भनेर तिनलाई मनाउने प्रयास गर्नेछु । तिनका परिवारहरू अझै पनि युक्रेनमा छन् । त्यसैले तिनीहरू डराउँछन् । तपाईँलाई थाहै होला, ‘एसबीयू’ ले तिनका नातागोतालाई जे पनि गर्नसक्छ ।…”
लारिसा ‘एसबीयू’ को कारागारबाट जोगिइन् । निश्चय नै पश्चिमी देशहरूले उनको कथामा रुचि लिनेछैनन् । क्रुर युक्रेनी राजनीतिक प्रहरीले पक्राउ गरेका, यातना दिएका र अमानवीय व्यवहार गरेका हजारौँ व्यक्तिहरूमध्ये लारिसा एउटी उदाहरणमात्र हुन् । छिट्टै हामीले उनको बयानको भिडियो सबटाइटलसहित विभिन्न अङ्कमा प्रकाशित गर्नेछौँ । उनको बयानको इमानदारीमा कसैले शङ्का गर्नसक्दैन । पश्चिमा सरकारहरू र खासगरी फ्रान्स सरकारले सुरुदेखि नै युक्रेनलाई सघाइरहनु सबैभन्दा दुःखलाग्दो कुरा हो । यी सबै अपराधहरूमा उनीहरूको पनि मिलेमतो छ । युक्रेनलाई नेटो र युरोपेली युनियनमा घुसाउने नाममा यी अपराधहरू भइरहेका छन् । कुलीनहरू, तिनका दलालहरू र स्वार्थी विदेशहरू, खासगरी अङ्ग्रेजीभाषी शासकहरूको स्वार्थपूर्तिका लागि यो देशलाई टुक्राटुक्रा पारेर रूसमाथि हमला गर्न नै यी अपराधहरू भइरहेका छन् । लारिसाले ‘न्यायको विजय हुनेछ, सबथोक किनार लाग्नेछ र रूसको विजय हुनेछ’ भनेर आफ्नो कुरा टुङ्गयाइन् । यो भूमिलाई रूसी सङ्घमा गाभ्ने जनमतसङ्ग्रह भयो भने मतदान गर्ने त ? मेरो अन्तिम प्रश्नको जवाफमा उनले भनिन्, “किन नगर्ने ? पक्कै पनि रूसको पक्ष लिनेछु ।”
(डोनबस इन्साइडरबाट)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *