भर्खरै :

खाना मज्जाले चपाए मुख स्वस्थ्य हुने

खाना मज्जाले चपाएर खाए पाचन प्रक्रियाको लागि राम्रो गर्ने मात्र होइन बरु मुखभित्रको इम्मुन (प्रतिरक्षा) प्रणालीमा समेत सुधार गर्ने भएकाले धेरै थरी रोगबाट जोगाउने मेनचेस्टर विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ ।
यसअघिका अध्ययनले खानाको पौष्टिक तत्वले मुखभित्रको प्रतिरोध प्रणालीलाई स्वस्थ्य बनाउने देखाएको थियो । तर हालै मेन्चेस्टर विश्वविद्यालय र संरा अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले गरेको अध्ययनले खाना राम्रो चपाएर खाए मात्र पौष्टिक तत्वले काम गर्ने प्रमाणित गरेको हो ।
अध्ययनले खाना चपाउने बेलामा Th17 नामको प्रतिरक्षा कोषलाई सक्रिय बनाउने र त्यसले मुखको प्रतिरक्षा क्षमतामा महत्वपूर्ण भूमिका खेल्ने गरेको पत्ता लगाएको छ । अध्ययनको क्रममा अध्येताहरुले मुसालाई खुवाएको खानाको कडापना घटाइदिएको थियो । कडापना सँगै मुसाको मुखमा Th17 कोष बढेको अध्ययनमा देखाएको थियो ।
तर Th17 नामको कोष धेरै मात्रामा उत्पादन हुनु भने राम्रो होइन । त्यसले पिरोदोन्तितिस नामको रोग लान्

Leave a Reply

Your email address will not be published. Required fields are marked *