आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
नेसनल पिपुल्स कङ्ग्रेस’ र ‘चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ (सीपीपीसीसी) राष्ट्रिय समितिको वार्षिक बैठक पेइचिङमा आयोजना हुन्छ । यी भेलालाई ‘द टु सेसन’ वा चिनियाँ भाषामा ‘लियाङ–हुइ’ भनिन्छ । १० दिनसम्म चल्ने सीपीपीसीसी राष्ट्रिय समितिको भेला सामान्यतया मार्चमा सुरु हुन्छ । चिनियाँ राजनीतिमा तिनीहरूको स्थान शीर्ष हुन्छ र लोकतान्त्रिक व्यवस्थाअन्तर्गत यो सर्वोच्च स्थानमा रहेका हुन्छ ।
सीपीपीसीसी राष्ट्रिय समिति सल्लाह र परामर्श प्रदान गर्ने चीनको राष्ट्रिय अङ्ग हो । यसमा राजनीतिशास्त्री, अर्थशास्त्री, शिक्षाविद्, वैज्ञानिक, कलाकार र खेलकुद समुदायका प्रमुख सरकारी, गैरसरकारी व्यक्तित्व र जातीय अल्पसङ्ख्यकका प्रतिनिधिहरूसहित समाजका हरेक समुदायबाट २००० भन्दा बढी सदस्यहरू एकै ठाउँमा भेला हुन्छन् ।
यसमा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरूका साथै अन्य राजनीतिक दलहरूका प्रतिनिधिहरू र गैरपक्षीय सदस्यहरू समावेश हुन्छन् । चीनमा आठ गैरकम्युनिस्ट पार्टीहरू छन् । ती सबैको प्रतिनिधित्व सीपीपीसीसीमा छ । यसमा कम्युनिस्ट युथ लिग, अल चाइना फेडेरेसन अफ ट्रेड युनियन र अल चाइना विमेन्स फेडरेसनलगायतका चिनियाँ जनसङ्घका सदस्यहरू पनि सामेल हुन्छन् । यसमा हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका विशेष आमन्त्रित प्रतिनिधिहरू समावेश हुन्छन् । सायद विश्वको कुनै पनि राज्य अङ्गले भिन्नता र सङ्ख्याको हिसाबले योभन्दा धेरै विविधता प्रतिनिधित्व गर्दैनन् होला ।
सीपीपीसीसीको पूर्ववर्ती राजनीतिक परामर्शदात्रृ सभा पहिलो पटक १९४६ मा चोङकिङमा भएको थियो । उक्त सङ्गठनले गृहयुद्ध रोक्ने प्रयासमा तत्कालीन प्रतिस्पर्धी राजनीतिक दलहरूबिच राजनीतिक समाधान खोजेको थियो । तर, ती प्रयासहरू सफल भएनन् । तर, १९४९ मा कम्युनिस्ट विजयपछिको नयाँ प्रजातान्त्रिक क्रान्तिको अवधिमा सीपीपीसीसी संयुक्त मोर्चाको प्रयासलाई साकार पार्न नयाँ चीनलाई राष्ट्रिय पुनरुत्थानको बाटोमा अघि बढाउन र सदियौँदेखिको अपमानलाई उल्टाउने सङ्गठनात्मक माध्यमको रूपमा देखा प¥यो ।
जनवादी गणतन्त्र चीनको पहिलो संविधानले नेसनल पिपुल्स कङ्ग्रेसलाई सन् १९५४ देखि कानुन बनाउने शक्ति र सरकारका लागि सल्लाहकारको रूपमा सेवा गर्ने प्रतिनिधिहरूको जिम्मेवारी दिएको थियो तर सीपीपीसीसीले फरक विचार र दृष्टिकोणलाई एकताबद्ध गर्ने र राज्यका मामिलामा सहभागी हुन मञ्च प्रदान गर्ने आफ्नो भूमिकामा अडिग रह्यो ।
वास्तवमा सल्लाहकार सम्मेलनको उपयोग गर्ने अभ्यास उच्च स्तरमा मात्र होइन चीनभर नै हुने सामान्य चलन नै थियो । ती अभ्यास प्रान्तीय स्तर, क्षेत्रीय स्तर र काउन्टी स्तरमा पनि पाइन्छ । छोटकरीमा सीपीपीसीसी सरकारको हरेक तहमा हुने एक राष्ट्रिय परामर्श प्रणालीको शीर्ष हो ।
सीपीपीसीसी राष्ट्रिय समितिले अन्ततः अमेरिकी सिनेट वा बेलायतको हाउस अफ लर्ड्सजस्ता भूमिका खेल्ने भएर पश्चिमी विद्वानहरूले कहिलेकाहीं ‘दुई–सत्र’ द्विसदनीय प्रणालीमा विकसित हुन सक्छन् भनी सैद्धान्तीकरण गर्न खोज्छन् । यस्तो सोचलाई पश्चिमी राजनीतिक मापदण्डले धेरै प्रभावित गरेको छ । यसको प्रणाली एक सदनात्मक भन्ने कुरा चीनको संविधानमा स्पष्ट छ । अर्को महत्वपूर्ण कुरा के हो भने चिनियाँ प्रणालीले सधैँ एकता र सहमति खोज्छ तर प्रतिस्पर्धी विधायिका सदनहरूको द्विसदनात्मक प्रणाली सिर्जना गर्ने विचार चिनियाँ राजनीतिक मूल्यहरूसँग पूर्णतया असङ्गत छ ।
पाँच वर्षको अवधिको लागि चुनिने ‘नेसनल पिपुल्स कङ्ग्रेस’ राष्ट्रिय विधायिका र चीनको सर्वोच्च राज्य प्राधिकार हो । यसमा सरकार, सर्वोच्च अदालत, सर्वोच्च अधिवक्ता र केन्द्रीय सैन्य आयोगलाई कानुन बनाउने र निरीक्षण गर्ने अधिकार छ । यसले राष्ट्रपतिसहित राज्यका प्रमुख अधिकारीहरू पनि चयन गर्दछ । प्रान्तहरू, स्वायत्त क्षेत्रहरू, नगरपालिकाहरू, विशेष प्रशासनिक क्षेत्रहरू र सशस्त्र बलहरूद्वारा राष्ट्रिय जनकाङ्ग्रेसका लगभग ३००० प्रतिनिधिहरू निर्वाचित गरिन्छन् । यस हिसाबले यो विश्वको सबैभन्दा ठूलो विधायिका निकाय हो ।
‘नेसनल पिपुल्स कङ्ग्रेस’ ले आफ्नो वार्षिक पूर्ण अधिवेशनमा सबैभन्दा महत्वपूर्ण निर्णयहरू गर्छ । वर्षको बाँकी समयमा द्वैमासिकरूपमा भेला हुने राष्ट्रिय जनकाङ्ग्रेसको प्रतिनिधित्व लगभग १६० सदस्यहरूको स्थायी समितिले गर्छ । स्थायी समितिको सदस्य नरहेका राष्ट्रिय जनकाङ्ग्रेसका सदस्यहरूले तलब नपाउने तर अन्य सरकारी पदमा बस्न चाहिँ पाउँछन् । स्थायी समितिका सदस्यहरूले तलब पाउँछन् तर अन्य सरकारी शाखाहरूसँग सम्बन्धित पदमा बस्न पाउँदैनन् ।
प्रायः राष्ट्रिय जन काङ्ग्रेस अधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीद्वारा प्रस्तुत गरिएको सरकारी कार्य प्रतिवेदनमा व्यक्त गरिने ‘दुई–सत्र’ सामूहिकरूपमा विषयवस्तु र वर्तमान प्राथमिकताहरूमा केन्द्रित हुन्छन् । ‘एकता’ एक साझा विषयवस्तु हो र गत वर्षको अन्त्यमा कोभिड १९ नियन्त्रण उपायहरूको अनुकूलनपछि आर्थिक पुनः प्राप्तिको विषय यस वर्ष छलफलको मुख्य विषय हुने धेरैले आशा गरेका छन् । चुनौती र समस्याहरूलाई समाधान गर्नमा वर्तमानलाई भविष्यका लक्ष्य र उद्देश्यहरूसँग जोड्ने यस प्रकारको प्रयास चिनियाँ सरकारको समग्र संयन्त्रसँग मिल्दोजुल्दो छ । अमेरिकी एकपक्षीय प्रतिबन्धहरू, जलवायु परिवर्तन र हालैको महामारीको चुनौतीलाई चीनको विकास लक्ष्यले सामना गर्नु परिरहेको छ । ‘नेसनल पिपुल्स कङ्ग्रेस’ सत्रमा लिइएका निर्णयहरू या त जारी नीतिहरूलाई सुदृढ गर्ने वा देशलाई अगाडि बढाउन नयाँ प्रयासहरूको अपेक्षा गरिनुपर्छ ।
निजी, त्यसपछि सार्वजनिक
केही आलोचकहरू ‘दुई–सत्र’ र सबैभन्दा माथि ‘राष्ट्रिय जन काङ्ग्रेस’ लाई ‘रबर स्ट्याम्प’ संसद्को रूपमा वर्णन गर्छन् । चीनको राजनीतिक प्रणाली अधिनायकवादी छ, ‘दुई–सत्र’ केवल चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लिइएका निर्णयहरू ‘कृत्रिम सौन्दर्य’ हुन् भनेर तिनीहरू आलोचना गर्छन् । त्यसैगरी सीपीपीसीसी राष्ट्रिय समितिको राष्ट्रिय जनकाङ्ग्रेस वा सरकारसँग कुनै वास्तविक अधिकार छैन भनेर पनि भनिन्छ । त्यस्ता तर्कहरू गलत हुनुका कारणहरूलाई निम्न बुँदाले पुष्टि गर्छन् ।
पहिलो, विविध राष्ट्रका प्रतिस्पर्धी चासो र मूल्यहरूलाई समावेश गर्ने जनकाङ्ग्रेस र सीपीपीसीसीका सबै तहका समितिहरू धेरै समावेशी छन् । सबै तहमा प्रतिनिधित्व सन्तुलित हुनुपर्छ । अन्यथा राजनीतिक प्रणालीले मुख्य निर्वाचन क्षेत्रहरूलाई बेवास्ता गर्नुको साथै यसको अधिकार र प्रभावकारितालाई कमजोर बनाउने सम्भावना हुन्छ ।
दोस्रो, राजनीति आफूले आफूलाई थोपर्न मात्र होइन । बरु यसले जनताको आवश्यकता, उनीहरूको सपना र चाहनालाई प्रतिनिधित्व गर्नुपर्दछ । यदि त्यसो भएन भने यसले राखेका नीतिहरूले व्यापक सार्वजनिक समर्थन जुटाउने सम्भावना हुँदैन । फलस्वरूप यो असफल हुन्छ । त्यसैगरी हामीले चीनमा दशकौँदेखि राष्ट्रलाई सुधार्न मद्दत गर्ने राजनीतिक प्रणालीको लागि ठूलो क्षमताबाहेक के देख्यौँ ? वास्तवमा जब हामी सरकारमा सन्तुष्टिको स्वतन्त्र, अन्तर्राष्ट्रिय मतदानको नतिजा देख्छौँ, सामान्यतया ७५–८५ प्रतिशत चिनियाँ जनताको व्यापक समर्थन पाउँछौँ । यो तब मात्र सम्भव छ जब सरकारसँग जनताका मागहरू पूरा गर्न सक्ने संयन्त्र छ र ‘दुई–सत्र’ले त्यस उद्देश्यलाई ठीकसँग पूरा गर्छ ।
तेस्रो, ‘दुई–सत्र’ ले कहिलेकाहीँ केही असहमति पनि जनाउने गर्छन् । उदाहरणका लागि, सीपीपीसीसी राष्ट्रिय समितिको सत्रमा कहिलेकाहीँ एकअर्कासँग विरोधाभास हुने धेरै प्रतिस्पर्धी प्रस्तावहरू आउँछन् । नेसनल पिपुल्स कङ्ग्रेसको सत्रमा प्रतिनिधिहरूले प्रधानमन्त्रीको सरकारी कार्य रिपोर्टमा परिवर्तनको माग सामान्यतया गर्न सक्छन् । काङ्ग्रेसमा वास्तविक शक्ति छ र यो प्रयोग गरिएको छ । तर यो पनि सत्य हो कि वार्ता सुरु हुनुअघि नै धेरै राजनीति हुन्छ । चीन आफ्नो असहमति सार्वजनिकरूपमा देखाउन मन पराउँदैन । त्यसकारण धेरै सहमति निर्माण र सम्झौताहरू मार्चभन्दा पहिले नै भइसकेका हुन्छन् र ‘दुई–सत्र’ ले राष्ट्रलाई अगाडि बढाउने स्पष्ट, एकीकृत मार्गको प्रतिनिधित्व गर्दछ ।
स्रोत : पेइचिङ रिभ्यु
अनुवाद : राजन
Leave a Reply