कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ५ भदौ । भक्तपुर नगरपालिका वडा नं ४ को आयोजनामा मङ्गलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक भाषामा नयाँ विचार अँगाल्ने युवालाई वास्तविक युवा भन्न सकिने तर उमेरले युवा भए पनि समाजमा गलत काम गर्ने व्यक्तिहरू कहिल्यै युवामा नपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डमा मुछिएका व्यक्तिहरू पनि युवा नै हुन् तर गलत सिद्धान्त र विचार बोकेको हुनाले भ्रष्ट भएको र देशकै बदनाम गरेको उल्लेख गर्दै वास्तविक युवाले फिडेल क्यारट्रोले जस्तै समाज परिवर्तनका लागि काम गर्ने भएकोले सही विचार र दर्शनलाई अँगाल्दै अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
उहाँले २०६२÷६३ सालमा प्रतिगमनविरोधी सात दलको आन्दोलनमा लाग्दाको अनुभव सुनाउँदै माधवकुमार नेपालले प्रतिगमन आधा सच्चियो भनी आन्दोलन छोडेर सरकारमा गएको स्मरण गराउँदै पद र पैसाको निम्ति लाग्ने व्यक्तिलाई युवा भन्न नसकिने विचार व्यक्त गर्नुभयो ।
उमेरले युवा हुँदैमा परिपक्व नेतृत्व दिन सक्छ भन्ने विचारको खण्डन गर्दै जेलेन्स्कीको अपरिपक्व नेतृत्वकोे कारण युक्रेनी जनताले दुःख झेल्नु परिरहेको हो, उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले अगाडि भन्नुभयो, “स्वस्थ व्यक्तिले मात्र समाज परिवर्तनको लागि भूमिका खेल्न सक्ने हुनाले भनपाले वडा वडामा व्यायामशालाहरूको स्थापना गर्दै आइरहेको हो ।
राजनीतिक चेतनाको अभावमा युवाहरू अर्काको लहलहै र समाज भाँड्ने गतिविधिमा लाग्ने, लागूऔषध सेवन गर्नेजस्ता विकृति विसङ्गतिमा फसाइनेबारे सचेत हुनुपर्ने भनाइ उहाँले सो राख्नुभयो ।
प्रमुख प्रजापतिले १०० बेड र आफ्नै निजी भवन भएकालाई मात्र नर्सिङ सञ्चालन गर्न दिने प्रावधानले हजारौँले विदेशमा गई पढ्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भागबन्डा र जातीयताको आधारमा ख्वप विश्वविद्यालयको स्वीकृति नगरिएको भए त्यो सरकारको गलत काम भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रम वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको थियो । वडा सचिव साइला वैद्य, वडा सदस्य कृष्णसुन्दर प्रजापति र समाजसेवी पशुपति प्रजापतिलगायतले बोल्नुभएको थियो ।
Leave a Reply