पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, ५ भदौ । भक्तपुरका जनतामा देखिएको आँखा पाक्ने रोगसम्बन्धी जनचेतना जगाउन र रोकथाम गर्न स्वास्थ्यकर्मीहरू टोल टोल र विद्यालयहरू गएर काम गर्नुपर्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नर्स र विद्यालय नर्सहरूको भेलामा बोल्दै नर्सहरूलाई जनतालाई समस्या परेको बेला सहयोग गर्न निर्देशन दिनुभयो ।
“विद्यालय बन्द गर्दा विद्यार्थीहरूको पढाइमा असर पर्छ । सङ्क्रमित विद्यार्थीहरूले समाजमा व्यापकरूपमा फैलाउन सक्छ । सङ्क्रमित सम्भावना भएका विद्यार्थीहरूलाई उपचार गर्ने र घर फर्काउन सल्लाह दिनुपर्छ,” उहाँले भन्नुभयो ।
वडा नर्सहरू जनताको घरघरमा गएर सेवा गर्न आग्रह गर्दै नर्स र स्वास्थ्य स्वयम्सेवीहरूलाई राम्रो व्यवहार गरेर जनताको मन जित्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य र शिक्षामा भक्तपुर नमुनाको रूपमा विकास भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाकै कारण आज भक्तपुरका जनतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनुभयो ।
वडा र विद्यालय नर्सहरूको मासिक छलफल कार्यक्रममा सबैले आ–आफूले गरेका कामहरूबारे जानकारी दिएका थिए ।
Leave a Reply