लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, ८ माघ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले जनताको लामो सङ्घर्षपछि जारी गरिएको संविधानलाई अहिले निस्तेज बनाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको चौथो साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले नेपालमा राजनीतिक अस्थिरता ल्याउने उद्देश्यले संविधान कार्यान्वयनमा अवरोध गरिरहेको बताउनुभयो ।
महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने उद्देश्यले सम्बन्धित पक्षसँग पर्याप्त छलफल गरी तालिकासमेत सार्वजनिक गरेको भए पनि त्यसलाई अवरोध गर्नका लागि वैदेशिक हस्तक्षेप भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता धनराज गुरुङले विभिन्न जाति, समुदायलाई धर्म र भाषाका नाममा समाजलाई विखण्डन गर्न चाहने शक्तिलाई परास्त गर्न सबै दलका राष्ट्रवादी नेताको एकता आवश्यक रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष फणीन्द्र लुइँटेलले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याउन ढिला गर्नुले मुलुकमा निर्वाचन नहुने खतरा बढेकाले सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । रासस
Leave a Reply