आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
संरा अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि इच्छुक व्यक्तिहरूबाट एक जना छान्न विभिन्न राज्यहरूले मतदान गर्न महा मङ्गलबार (Super Tuesday) का दिन जर्ज डब्लु बुशको उत्तराधिकारीका लागि जोन म्याक्केन एक सम्भावित उम्मेदवार बनेका छन् । उनलाई एक नायकका रूपमा गरिएको प्रचार र प्रभावशाली प्रतिद्वन्द्वी न्यु योर्कका पूर्वमेयर रुडी गिउलीयानी (Rudy Giuliani) को समर्थनका कारण म्याक्केनलाई अरु उम्मेदवारहरूले पनि समर्थन गरेका छन् । सामाजिक, आर्थिक तथा राजनैतिकरूपले खाइलाग्दो विषयमा व्यापक प्रचारबाजी र आफ्नै किसिमको आचरणले गर्दा उनी राम्रो सम्भावना भएका उम्मेदवार बनेका छन् । म्याक्केनले देखाएको महत्वहीन उदारतासँग असहमत रिपब्लिकन उम्मेदवारहरू अति दक्षिणपन्थी मिट रोम्नी (Mitt Romney) र माइक हकाबी (Mike Huckabe) ले मात्रै ५ फेब्रुअरीका दिनसम्म केही टक्कर दिएका थिए । तर, त्यसपछि रोम्नी (Romney) ले पनि म्याक्केनको पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिए । हकाबी (Huckabe) भने अझै उम्मेदवार छन् ।
यता डेमोक्रेटिक पार्टीमा भने स्थिति ठीकविपरीत छ । उम्मेदवारको लागि सङ्घर्ष निकै प्रतिस्पर्धापूर्ण छ । संरा अमेरिकामा मताधिकार भएका नागरिकमध्ये क्रियाशील हुनेहरू सधँैझैँ अल्पमतमा परे पनि यो चुनावले देशमा र विश्वमा पार्ने प्रभावबारे धेरै प्रकारका विचार र आशङ्काहरू सुनिएका छन् ।

फिडेल क्यास्ट्रो
अमेरिकाको राष्ट्रपतीय उम्मेदवारको इतिहासबारे बोल्नु मेरो काम होइन । मैले अहिलेसम्म बोलेको थिइनँ सायद भविष्यमा पनि बोल्दिनथेँ होला । तर, अहिले किन म यो कुरा गर्दै छु ?
म्याक्केनले आफ्ना केही साथीहरूलाई भियतनाममा क्युवाली एजेन्टहरूले यातना दिएको दाबी गरे । उनका प्रचार अधिकृतहरू क्युवाली एजेन्टहरूको हातबाट म्याक्केन स्वयम्ले यातना खेपेको प्रचार गर्दै छन् ।
यी रिपब्लिकन पार्टीका उम्मेदवारलाई यसको जवाफ दिन र उनको बारे विस्तृत विश्लेषण गर्न म बाध्य छु र संरा अमेरिकाका जनताले यो कुरा बुझ्नेछन् भन्ने मलाई आशा छ । म नीतिगत कुरामा आधारित भएर नै यो गर्दै छु ।
म्याक्केनको फाइलअनुसार सन् १९६७ अक्टोबर २६ देखि उनी भियतनाममा युद्धबन्दी थिए ।
उनी त्यतिबेला ३१ वर्षका थिए र २३ नम्बर आक्रमण गर्ने जिम्मा उनलाई दिइएको थियो । उनको विमान ए ४ स्काइहक (A4 SkyHawk) लाई हनोइको आकाशमा विमानभेदी क्षेप्यास्त्र हानियो । फलस्वरूप उनले विमानको नियन्त्रण गुमाए तथा सहरको मध्य भागमा रहेको ट्रक बाक (Truc Bach) तालनिर खस्न पुगे । उनको हात र खुट्टा भाँचियो । आक्रमणकारी खसेको देखेर देशभक्त जनता उनीमाथि जाइलागे । त्यसबेला त्यहाँ आइपुगेको सैनिक टुकडीलाई देखेर राहत मिलेको उनी स्वयम् बताउँछन् ।

हो चि मिन्ह
युरोपबाट हजारौँ कोश टाढा फ्रान्सको उपनिवेश भइसकेको तेस्रो विश्वको एक सानो मुलुकलाई महाशक्ति अमेरिकाले सन् १९६५ मा बमबारी गरेपछि विश्वमा विभिन्न धारणा देखापरे । दोस्रो विश्वयुद्धको बेला भियतनामी जनता जापानी आक्रमणकारीहरूविरुद्ध लडेका थिए । विश्वयुद्धको समाप्तिपछि भियतनाम पुनः फ्रान्सेलीहरूको कब्जामा प¥यो । सबैका प्यारा शिष्ट नेता होचि मिन्ह (Hochi Minh) र उनका सैन्य प्रमुख न्युगेन गियाप (Nyugen Giap) विश्व प्रख्यात व्यक्तित्व भए । विख्यात फ्रान्सेली सेनाले माथ खायो । त्यो हार टार्नका लागि आक्रमणकारीहरूले झन्डै डियन बियन फू (Dien Bien Phu) मा आणविक बम खसालेका थिए ।
जोस मार्टि (Jose Marti) ले प्रेमपूर्वक ‘अनामिटास्’ (Anamitas) भनी सम्बोधन गरेका, प्राचीन संस्कृति र परम्पराका धनी यी सीधा भियतनामी जनतालाई संरा अमेरिकी जनतामाझ असभ्य र संसारमा जीउने हक नभएकाहरू भनी प्रचार गरियो । रहस्य र व्यापारिक प्रचारबाजीमा अमेरिकी विशेषज्ञहरूलाई कसैले जित्न सक्दैन । म्याक्केनजस्ता युद्धबन्दीहरूको व्यापक प्रशंसा गर्न यहीँ विशेषता प्रयोग गरियो ।
म्याक्केनका पिता प्रशान्त क्षेत्रको फौजका जल सेनाको सैनिक कमान्डर भएको कारण भियतनामी विद्रोही सेनाले उनलाई युद्ध अपराध गरेको स्वीकारेमा रिहा गर्ने प्रस्ताव राखेको तर युद्धबन्दीहरूलाई रिहा गर्दा पक्राउ गरेकाहरूलाई पहिले छोड्नुपर्ने सैनिक नियम रहेको भन्दै आफूले अस्वीकार गरेको र त्यही कारण अमेरिकी सेनाले ‘हनोइ ह्यामिल्टन’ (Hanoi Hamilton) भन्ने गरेको जेलमा पाँच वर्ष यातना र पिटाइ सही बिताएको उनको दाबी पनि त्यही प्रचारबाजीकै सिलसिला हो ।
भियतनामबाट पछि हट्दाको अन्तिम समय अमेरिकाको लागि डरलाग्दो थियो । जीउभरि हतियार बोकेका तालिम प्राप्त ५ लाख सेना देशभक्त भियतनामीहरूको अगाडि टिक्न सकेन । आक्रमणकारी र उनीहरूका सहयोगीहरू औपनिवेशिक राजधानी सैगौन (Saigon) हाल होचि मिन्ह सहरबाट लाज मानी भागे, कति त हेलिकप्टरमा झुन्डिएर गए । संरा अमेरिकाले पचास हजार होनहार छोराछोरी गुमायो, घाइतेहरूको त गन्ती नै थिएन । त्यहाँ उनीहरूले करबाहेक पचास अर्ब डलर खर्च गरे, त्यसको देशभित्र सधैँ विरोध भइरह्यो । राष्ट्रपति निक्सनले ब्रेटन उडस् (Bretton Woods) सहमतिको एकतर्फी आलोचना गरेर हालको आर्थिक सङ्कटको जग हाल्ने काम गरे । त्यो सबैको एउटै उपलब्धि भयो । आज ४१ वर्षपछि रिपब्लिकन पार्टीले एक उम्मेदवार पायो ।
अमेरिकाका घोषित–अघोषित युद्धमा शत्रुद्वारा खसालिएका र घाइते भएका थुप्रै विमान चालकहरूमध्येका एक म्याक्केनले रजत तारा (Silver Star), योग्यता पदक (Lesson of Merit), सम्माननीय वायुसेवा पदक (Distinguished Flying Cross), काँस्य तारा (Bronze Star) र वैजनी हृदय पदक (Purple Heart Medal) जस्ता पदक र सम्मानहरू पाए ।
युद्धबन्दीका रूपमा उनको संस्मरणमा आधारित टेलिभिजनका लागि बनाइएको एक चलचित्र सन् २००५, सम्झना दिवसका दिन प्रशारण गरियो । यस चलचित्र र यसबारे उनको भनाइका कारण उनी चर्चित भए ।
हाम्रो देशको सम्बन्धमा उनले भनेको सबभन्दा खराब कुरा हो – अमेरिकी बन्दीहरूलाई क्युवाली केरकार गर्नेहरूले योजनाबद्ध तवरले यातना दिए ।
म्याक्केनको बहुलट्ठी कुरा सुनेर म यो विषयमा मेरो चाख बढ्यो । यस्तो अचम्मको कथा कहाँबाट आयो, म जान चाहन्थेँ । यो आरोपको इतिहासमा अध्ययन गर्न लगाएँ । मलाई म्याक्केनद्वारा लिखित निकै प्रचार गरिएको पुस्तकको बारे बताइयो । आफ्नो प्रशासनिक सल्लाहकार मार्क स्लेटर (Mark Slater) सँग मिलेर लेखिएको त्यो पुस्तकमा आधारित चलचित्र पनि बनेको छ । स्लेटर अहिले पनि म्याक्केनका सल्लाहकार छन् । मैले यो पुस्तकको जस्ताको तस्तै अनुवाद गर्न भनेँ । अरू बेलाजस्तै हाम्रा योग्य व्यक्तिहरूले यसलाई चाँडै फत्ते गरे । पुस्तकको शीर्षक हो ‘मेरो पुर्खाको विश्वास’ (Faith of my Fathers), २४९ पृष्ठ, प्रकाशितः १९९९ !
‘फिडेल’ उपनाम गरेका क्युवाली केरकार गर्नेले बन्दीहरूलाई मरणासन्न हुने गरी यातना दिन सक्षम भनी क्युवाली क्रान्तिकारी अन्तर्राष्ट्रियवादीहरूमाथि म्याक्केनले लगाएको आरोप ‘पूरै’ अनैतिक र झुट हो ।
एउटा कुरा तपाईँलाई सम्झाउँ, म्याक्केन महोदय तपाईँले मान्ने धर्मको नियमहरूमा झूटो बोल्न मनाही छ । हनोइमाथि आक्रमण गरेको फलस्वरूप तपाईँले पाएको वर्षौँको कैद र घाउहरूले पनि तपाईँलाई सत्यप्रतिको नैतिक कर्तव्यबाट पन्छिने छुट दिँदैन ।

जोन म्याक्केन
तपाईँलाई हामीले जानकारी दिनैपर्ने तथ्यहरू यहाँ छन् । सन् १९५२ मार्च १० का दिन संरा अमेरिकी सरकारले क्युवाली जनतामाथि थोपरेको तानाशाहीको विरुद्ध क्युवामा विद्रोह भयो । सैनिक औद्योगिक संरचनाको कुरा पहिलोपटक उठाउने प्रभावशाली सैन्य व्यक्तित्व राष्ट्रपति ड्वाइट डी. आइजेनहावर (Dwight D. Eisenhower) को सरकारले तुरुन्तै त्यो सरकारलाई मान्यता र समर्थन दियो । त्यतिबेला तपाईँ १६ औँ वर्षमा प्रवेश गर्ने क्रममा हुनुहुन्थ्यो । म तपाईँभन्दा केही वर्ष जेठो थिएँ– तपाईँझैँ जन्म महिना अगष्टमा त्यो वर्ष म २६ वर्षको पुगेथँे । दोस्रो विश्वयुद्धताका १० हजार हवाइजहाज र त्यतिबेलाको शक्तिशाली जल सेनासहित उत्तरी फ्रान्समा पुगेर मित्र शक्तिहरूमाझ ख्याति कमाएर केही वर्षपछि सन् १९५० को दशकमा राष्ट्रपतीय पद सम्हालेका आइजेनहावरको पदावधि समाप्त भइसकेको थिएन– त्यतिबेला बिना कुनै घोषणा, एक्कासि युद्ध सुरु गर्ने नाजी हिटलरविरुद्ध मित्र राष्ट्रहरूले औपचारिक घोषणा गरी सो महायुद्ध सुरु गरेका थिए । नरसंहारको नयाँ तरिका मानव जातिमाथि थोपरियो ।
सन् १९४५ मा २० किलो टन तौलका दुईवटा आणविक बम हिरोशिमा र नागाशाकीका नागरिकहरूमाथि खसालियो । हिरोशिमाको मैले एकपटक भ्रमण पनि गरेको छु ।
सन् १९५० को दशकमा संरा अमेरिकी सरकार आणविक बम निर्माणमा निकै अगाडि बढ्यो । तीमध्ये एउटा [MR17] नामक बम ७ः४९ मिटर ठूलो र १९ः०५ टन तौलको थियो । साधारण बमवर्षक विमानमै ओसारपसार गर्न सकिने यो बमले २० मेगाटनको विस्फोटन गराउँथ्यो । ६ र ९ अगष्ट १९४५ मा जापानी सहरहरूमा खसालिएका बमहरूभन्दा यो एक हजार गुणा शक्तिशाली थियो । यही कुराले आइन्स्टाइनलाई झन्डै पागल नै बनायो । आफ्नो असहमति भए पनि ती बमहरू बनाइएपछि आइन्स्टाइनले आफ्ना वैज्ञानिक सिद्धान्त र खोजहरूले अनजानीमै सो बम बनाउन मद्दत गरेको भन्दै धेरैपटक पछुताउ गरेका थिए ।
पहिलो आणविक बम विस्फोटनको झन्डै १५ वर्षपछि सन् १९५९ जनवरी १ मा क्युवाली क्रान्तिको विजय भयो । राष्ट्रिय सार्वभौमसत्ताको उपयोग गर्दै क्युवामा पहिलो भूमिसुधार लागु गरिएको जवाफमा संरा अमेरिकाले क्युवाली जनताविरुद्ध गैरकानुनी र आतङ्कवादी आक्रमणको कार्यक्रम ल्यायो । दोस्रो विश्वयुद्धमा मारिएका दसौँ लाख मानिसको रगतले ‘पवित्र’ भएको संरा अमेरिकाको सो कार्यक्रम राष्ट्रपति आइजेनहावर स्वयम्द्वारा हस्ताक्षर गरी ल्याइएको थियो ।
संरा अमेरिकी राष्ट्रपतिको निर्देशनको अक्षरशः पालना गर्दै जलसेना र युद्धपोतद्वारा आक्रमणकारीहरूलाई ओसारेर ‘पिग खाडी’
(Bay of pig) माथि आक्रमण गरिएको थियो । भूमिगत सैन्य अखडाहरूबाट उडेका अमेरिकी B–२६ बमवर्षक विमानहरूले क्युवामाथि गरेको पहिलो आक्रमण आकस्मिक थियो । हाम्रो राष्ट्रिय वायुसेनाले विद्रोह गरेको विश्वमाझ देखाउन उनीहरूले ती हवाइजहाजहरूमा क्युवाली झण्डा लगाएका थिए ।

ड्वाइट आइजनहावर
तपाईँले क्युवाली क्रान्तिकारीहरू यातना दिनेहरू भनी आरोप लगाउनुभएको छ । सुँगुरको खाडीको लडाइँमा बन्दी बनाइएका हजारभन्दा बढी आक्रमणकारीहरूमध्येमा यातना पाएका एक जना मात्रै व्यक्ति देखाउन म तपाईँलाई गम्भीरतापूर्वक आग्रह गर्छु । केही सहयोगहरूको साथ म आफैँले ठूलो सङ्ख्यामा आक्रमणकारीहरूलाई बन्दी बनाएको छु । जङ्गलमा लुकी बसेको त्यो सैन्य टुकडीसँग मेरो सामना भएको थियो । विद्रोही कमान्डर स्वयंलाई त्यहाँ देखेर उनीहरू स्तब्ध भएका थिए । म यी कुरा भन्न चाहन्थेँ किनभने म आत्मप्रशंसालाई भित्रैदेखि घृणा गर्छु ।
ती आक्रमणकारीहरू क्युवामा जन्मेका थिए तर आफ्नै जनताविरुद्ध लड्न तिनीहरूलाई शक्तिशाली विदेशी शक्तिले सङ्गठित गरेको थियो ।
निकै गम्भीर अपराधका लागि मृत्युदण्डको समर्थनमा रहेको तपाईँ आफैँले बताउनुभएको छ । यस्तो कार्यको जवाफमा तपाईँ कस्तो व्यवहार गर्नुहुन्थ्यो ? यस्तो देशद्रोहका लागि तपाईँ के सजाय तोक्नु हुन्थ्यो ? बाटिस्टा सरकारको आदेशमा क्युवाली क्रान्तिकारीहरूमाथि पाशविक अपराध गरेका केही आक्रमणकारीहरूमाथि भने क्युवामा मुद्दा चलाइयो । अमेरिकाले गिरोन (Giron) आक्रमण भनी चिन्ने पिगको खाडीको आक्रमणका बन्दीहरूसँग मैले धेरै पटक भेटँे र कुरा गरे । मलाई मानिसहरूको उद्देश्य थाहा पाउन मनपर्छ । उनीहरूमाथि गरिएको व्यक्तिगत सम्मानको व्यवहार उनीहरूले महसुस गरे तथा त्यसबाट उनीहरू अचम्मित पनि भएका थिए ।
तिनीहरूको मुक्तिको बदला बालबालिकाका निम्ति खाना र ओखती पाउनुपर्ने सम्बन्धमा अमेरिकासँग छलफल भइरहँदा अमेरिकी सरकार मलाई व्यक्तिगतरूपमा मार्न षड्यन्त्र गर्दै थियो । सो छलफलहरूमा लिएका व्यक्तिहरूले लेखेका दस्तावेजबाट यो कुरा पुष्टि भएको छ ।
मलाई मार्न रचिएका सयौँ षड्यन्त्रहरूको बारे म व्याख्या गर्न चाहन्न । यो बनावटी कुरा होइन । संरा अमेरिकाको सहकारी कागजातहरूमा आधिकारिकरूपमा उल्लेख भएका कुराहरू हुन् यी ।
तपाईँले सिद्धान्तको कुरा भनेर बचाउ गर्न खोज्नुभएको होला, तर यस्ता कर्तुतलाई कुन नैतिकताको आधारले हेर्ने ?
यी कुराहरूमा म आउँदा दिनमा अझ विस्तृत रूपले वर्णन गर्नेछु ।
फेबु्रवरी १०, २००८
साँझ ६ः३५ बजे
– Granma International
अनुवाद : सुवेग
Leave a Reply