भर्खरै :

मत र सीट सङ्ख्या नै दलको सही नापो होइन

काठमाडौं, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले कम्युनिष्ट पार्टीले मात्रै समाज परिवर्तन गरेर आदर्शोन्मुख समाज स्थापना गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ । काठमाडौं, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले कम्युनिष्ट पार्टीले मात्रै समाज परिवर्तन गरेर आदर्शोन्मुख समाज स्थापना गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ ।  सोमबार बेलुका एभिन्युज खबरका प्रतिनिधिसँग कुराकानी गर्दै अध्यक्ष रोहितले नेमकिपाले ठूला कम्युनिष्ट पार्टीलाई बाटो देखाउने काम गरिरहेको बताउनु भयो । निर्वाचनमा प्राप्त मतको आधारमा कुनै दल सही र गलत या राष्ट्रिउ पार्टी नहुने विचार राख्दै अध्यक्ष रोहितले राजनीतिक दल सिद्धान्त र विचारको आधारमा चल्छ भन्नुभयो । उहाँले भन्नुभयो – मत र सीट सङ्ख्या नै दलको सहीे नापो होइन, सरकार ठूला दलकै हातमा छ, तर कामदार वर्गको हितमा कहिल्यै कुनै पनि विधेयक ल्याइएन, नीति नियम बनाइएन । पूँजीवादी बन्दोबस्तमा पैसाको चलखेल बढी हुने तर्क राख्दै अध्यक्ष रोहितले नेमकिपा गलत कार्य र गलत नीतिको विरोधमा जनतामाझ उदाङ्ग्याउँछ, जनताको सेवा गरेर आप्mनो कर्तव्य पूरा गर्छ । देशमा गणतन्त्र स्थापना भयो तर देश विकास भएन, बरु देशमा नयाँ नयाँ खानदानी र राजा उदाए – अध्यक्ष रोहितले भन्नुभयो । उहाँले एमाले र माओवादी केन्द्रको गठबन्धन वाम गठबन्धन नभएको पुनः दोहो¥याउनु भयो । जनताले सिद्धान्त र विचारको आधारमा दललाई चिन्नुपर्छ, नेकांले मजदुर र किसानको हित गर्दैन । दास मालिकहरु कम्युनिष्ट हुनैसक्दैन, मेनपावर कम्पनी मार्पmत युवालाई विदेश पठाउने दास मानसिकता बोकेका दलहरु कसरी कम्युनिष्ट हुन्छन् – अध्यक्ष रोहितले बताउनुभयो । नेमकिपा जनताको समस्या लिएर जनतामाझ पुगिरहेको उल्लेख गर्दैै उहाँले भन्नुभयो – नेपाली जनताको सेवा गर्न नेमकिपा लागिरहेको छ, जनतालाई सचेत र सङ्गठित गर्दै विकृति र विसङ्गति अन्त्य गर्न सङ्घर्षरत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *