भर्खरै :

माक्र्सवादलाई देशको परिस्थितिअनुसार लागु गर्नु आवश्यक

माक्र्सवादलाई देशको परिस्थितिअनुसार लागु गर्नु आवश्यक

बाँके १६ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवादलाई देशको परिस्थितिअनुसार लागु गरेरमात्र निकास पाउने विचार राख्नुभएको छ ।
मङ्गलबार बिहान कोहलपुरस्थित रेडियो मिसनका वैकुण्ठ अधिकारीसँगको प्रत्यक्ष प्रसारित रेडियो कुराकानीमा केन्द्रीय सदस्य गोसाईले भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजी, अमेरिकी साम्राज्यवाद र तिनका समर्थक, तथाकथित कम्युनिस्ट पार्टीविरुद्ध लडेरमात्र नेपाली क्रान्तिलाई अगाडि बढाउन सकिने तर्क गर्नुभयो ।
नेमकिपाले साम्राज्यवाद तथा विस्तारवादी शक्तिविरुद्धको आन्दोलनलाई देशव्यापी बनाएको चर्चा गर्दै एमसीसी, सीमा अतिक्रमण तथा नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपविरुद्धको सङ्घर्षलाई अगाडि बढाइरहेको प्रकाश गर्नुभयो ।
पुँजीवादी गणतन्त्रले कामदारवर्गको सेवा गर्दैन भन्ने विषयमा दोस्रो जनआन्दोलनको क्रममा नेमकिपाले स्पष्ट पारेको भन्दै उहाँले नेमकिपाले समाजवादी गणतन्त्रको पक्षमा वकालत गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले राष्ट्रिय पुँजीपतिवर्गलाई साथमा लिएर देशको स्वतन्त्रता तथा स्वाधीनता जोगाउन नेमकिपाले जनताको प्रजातन्त्रको कार्यक्रम अगाडि बढाएको भन्दै कामदारवर्गको आन्दोलन रोक्न नै रोजगारीको नाममा विदेश पठाउने काम गरिरहेको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *