कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २२ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थीसंघले बुधबार भक्तपुर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको पुत्ला झुण्ड्याएर विरोध जनाएको छ । विगतमा स्ववियुको समन्वय र सहमतिमा शुल्क निर्धारण गर्ने सहमति गरेपनि क्याम्पसमा सञ्चालित बीबीए र बी एस् सी सीएस्आईटी कार्यक्रममा सहमति तोडी अचानक पचास हजार रुपैया शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए । चरणबद्ध आन्दोलनमा उत्रेको नेक्राविसंघ र क्याम्पसप्रशासनबीच पटक पटक वार्ता भएपनि सफल हुन सकेको थिएन ।
क्याम्पस प्रशासन सहमतिप्रति गम्भीर नभएको र वार्तामा पनि तयारी नगरी प्रस्तुत हुने गरेको आन्दोलनरत संघका क्याम्पस अध्यक्ष मिलन गणेजूले जानकारी दिनुभयो । उहाँले स्ववियुसंग समन्वय नगरी बढाईएको शुल्क कुनैपनि हालतमा मान्य नहुने र यदि शुल्कवृद्धि खारेज नगरिए सशक्त आन्दोलनका गतिविधिहरु अघि बढाउन आफूहरु बाध्य हुने चेतावनी दिनुभएको छ ।
Leave a Reply