भर्खरै :

जटिल छ नेपाल–भारतबीचको सम्बन्ध

✍हसिना प्रजापति

नेपालको राजनीतिमा नेपाल–भारतको सम्बन्ध सधैं बहस र छलफलको विषय बन्ने गरेको छ । यो विषय कहिले चुलिन्छ त कहिले मत्थर भएको अनुभव हुन्छ । नेपाल–भारतबीचको सम्बन्ध जटिल बन्दै जानुको कारण र यसका आयामहरूबारे प्रस्तुत लेख केन्द्रित छ ।

भारतको नेपालसँग मात्र नभई अरु थुप्रै देशहरूसँग कटुतापूर्ण सम्बन्ध रहेको जानकारी हामीले सञ्चारमाध्यमहरूबाट थाहा पाउँछौं । नेपाल–भारतबीच सम्झौताको उल्लंघन गर्नेमा भारतीय पक्ष नै रहने गरेको छ ।  यी यावत समस्याहरूलाई नियाल्ने हो भने नेपाल मजदुर किसान पार्टी मात्र होइन, नेपाल सरकार र सारा नेपाली जनता पनि यी समस्याहरूको विरुद्धमा लाग्नुपर्ने देखिन्छ ।

मुख्यतः नेपालको भारतसँगका समस्याहरू खुल्ला सीमा, जलस्रोत, भूमि डुबान, भूमि–अतिक्रमण, चेलीबेटी बेचबिखन, बलात्कार, भारतीय एकाधिकार पूँजी, ठेक्का पट्टाका विषय (भारतीय कम्पनीसँग), आदि रहेका छन् । नेपाल मजदुर किसान पार्टी देशकै एउटै पार्टी हो जसले हाम्रो देशमा भइरहेको थिचोमिचो, अतिक्रमण र देशको सार्वभौमिकताको लागि लड्दैछ । नेमकिपाले भारतीय जनता र भारतको विरोध गरिरहेको छैन, नेमकिपाले भारत सरकारको नीतिको विरोध गरिरहेको छ । आफ्नो देशको सार्वभौमिकताको निम्ति अब नेमकिपामात्र होइन, सारा जनता नै यसको विरोधमा लाग्नु आवश्यक छ । नेपालको भूमि अतिक्रमण हुँदा पनि चुप लाग्ने पार्टी, खुला सीमाका कारण नेपाली जनताले भोगेको दुःखलाई सम्बोधन नगर्ने पार्टी, अतिक्रमित भूमि फिर्ता गराउन पहल नगर्ने पार्टी राष्ट्रिय पार्टी कहलाउन योग्य छैन । यसमानेमा संख्यामा सानो भए पनि सिद्धान्तमा अगडि रहने नेपालको एकमात्र क्रान्तिकारी पार्टी ‘नेपाल मजदुर किसान पार्टी’ राष्ट्रिय पार्टी हो । नेपालीहरूसँग भारतविरोधी भावना आउनुमा स्वयम् भारत सरकार र त्यहाँको हस्तक्षेपकारी नीति नै दोषी हो । यसमा भारत सरकारको इसारामा चल्ने नेपाल सरकार र नेपालका शासक दलहरू पनि उत्तिकै दोषी छन् ।
हाम्रा प्रत्येक प्रधानमन्त्रीहरूले भारतको भ्रमण गर्नुहुन्छ र उहाँहरूको त्यो भ्रमणलाई सञ्चारजगतले निकै अर्थपूर्ण रुपमा विश्लेषण गरेको हामी पाउँछौं । प्रधानमन्त्रीहरूको भारत भ्रमणमा देशै बेचेर आउने हो कि भन्ने चिन्ता आमजनताले गर्छन्, बुद्धिजीवी र कुटनीतिज्ञहरूले गर्छन् । यो भनेको नेपाल सरकारप्रतिको जनताको अविश्वास हो । यो शासक दलहरूको लम्पसारवाद र भारतपरस्त प्रवृत्तिको परिणाम हो ।
‘दक्षिण एसियाको आतड्ढवादको जननी’ हो भारत । यो नेपाली जनताको आवाज होइन । अन्तर्राष्ट्रिय जगतमा भारत सरकारको छवि हो । मोदी सरकारलाई ‘जातिवादी र फासीवादी वैचारिकता बोकेको मानिसको जमात’ को संज्ञा पनि दिइन्छ । यो पनि अन्तर्राष्ट्रिय स्तरबाटै उठेको आवाज हो । यसमानेमा नेपाल मजदुर किसान पार्टीको फासीवादी भारतविरोधी सही सावित हुन्छ ।
भारतले नेपालको सीमा नजिकै विनासम्झौता एकलौटी रुपमा धेरै बाँध निर्माण गरेका छन् । नेपालको पानी छेकेर तटबन्ध निर्माण गरी भारतले आफ्नो क्षेत्रमा पानी लाने गरेको छ । नेपालबाट बगेको पानी प्राकृतिक रुपमा बग्न पाउनुपर्छ भन्ने हामी नेपालीको माग हो । तर भारत सरकारले पानीसँग पनि राजनीति गरिरहेको छ । नेपाली भूमिलाई डुबानमा पार्ने खेल खेलिरहेको छ । यसको पनि नेपाल मजदुर किसान पार्टीले विरोध गर्दै आएको छ ।
आपराधिक योजनाका साथ सीमा वारपार गर्न अपराधी, तस्कर तथा गुण्डाहरूलाई खुल्ला सीमाले सजिलो बनाएको यथार्थ हामीमाझ छ । मानव तस्करी निर्वाध रुपमा भइरहेको छ । बेचिएका नेपाली युवतीहरू भारतबाटै उद्धार गरिएका समाचारहरू छापिन्छन् । यस्ता समस्याहरूलाई नेपाल सरकारले सुने–नसुनेझैं कानमा तेल हालेर बस्छ । तर यसको विरोधमा नेमकिपाका सांसदहरूले व्यवस्थापिका–संसदको बैठकमा यस समस्याको सम्बोधन हुनुपर्ने आवाज बारम्बार उठाउँदै आएका छन् ।
भारतका विश्वविद्यालयले विद्यावारिधीको नक्कली प्रमाणपत्र वितरण गरेको समाचारबारे पनि हामी जानकार छौं । भारतको शिक्षा क्षेत्रमा यस्ता नक्कली काम हुने  नौलो विषय होइन । नेपालका कयौं विद्यार्थीहरू पनि उच्च शिक्षा हासिल गर्न भारतको कयौं विश्वविद्यालयमा अध्ययनरत छन् । हामीलाई डर यसकारण पनि छ कि नेपाली विद्यार्थीहरू पनि यी नक्कली सर्टिफिकेटबाट प्रभावित हुनेबारे हामी सशंक्तित छौं ।
नेपालसँग सिमाना जोडिएको भारतीय बजारमा भएको मूल्यवृद्धिको असर नेपाली जनतामा नपर्ला भन्नु गलत सावित हुन्छ । मल, बीऊ आदिको लागि भारतको मुख ताक्नु परेको कारण नेपालका किसानहरू सधैं पीडित र चिन्तित छन् । यस्ता समस्या सम्बोधनमा नेपाल सरकारले कुनै पहल गरेको नदेखिनुले पनि यो सरकार भारतपरस्त छ भन्दा फरक पर्दैन । यसैको विरोध नेपाल मजदुर किसान पार्टीले गरिरहेको छ ।
नेपालमा वर्षेनी साढे चार लाख सवारीसाधन थपिएको तथ्याड्ढमा छ । साना ठूला सवारीसाधन गरी ४ लाख भन्दा बढी सवारीसाधन भारत हुँदै नेपाल भित्रिन्छ । सवारीसाधनको चाप उपत्यकाले धान्नै नसक्ने अवस्थामा पुगिसकेको छ । ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । ठूलो मात्रामा भित्रिएका सवारीसाधनले मुलुकको अर्थतन्त्रमा नकारातमक असर पर्नु स्वाभाविक हो । देशलाई परनिर्भरतातर्फ धकेलिने यो एउटा महŒवपूर्ण पक्ष रहँदै आएको छ । सवारीसाधनका लागि आवश्यक पर्ने स्पेयर पार्टस्, लुब्रिकेटलगायत खरिद गर्दा बर्सेनि ठूलो रकम विदेसिन्छ । यसैको विरोधमा नेमकिपाको आवाज बुलन्द गरेको हो ।
अतःभारतको नेपालसँग मात्र नभई अरु थुप्रै देशहरूसँग कटुतापूर्ण सम्बन्ध रहेको जानकारी हामीले सञ्चारमाध्यमहरूबाट थाहा पाउँछौं । नेपाल–भारतबीच सम्झौताको उल्लंघन गर्नेमा भारतीय पक्ष नै रहने गरेको छ ।  यी यावत समस्याहरूलाई नियाल्ने हो भने नेपाल मजदुर किसान पार्टी मात्र होइन, नेपाल सरकार र सारा नेपाली जनता पनि यी समस्याहरूको विरुद्धमा लाग्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *