भर्खरै :

लोकतान्त्रिक र वाम–गठबन्धन

✍अप्सरा

हिजोसम्म घाँटी जोडिएर सरकारमा राज गर्ने नेपाली, कांग्रेस, एमाले र एमाओवादी केन्द्र अचानक एकाबिहान ‘लोकतान्त्रिक गठबन्धन’ र ‘वाम गठबन्धन’ भनी नेपाली कांग्रेस एकातिर, अर्कोतिर एमाले र एमाओवादी केन्द्र दुई खेमामा पुगे । नेपाली कांग्रेसले नेपालमा ‘अधिनायकवाद’ लादिने भयो भन्दै धर्मभिरु, जातिवादी र क्षेत्रीय साम्प्रदायिक तत्वहरूसँग समझदारी बनाएर नेपालमा पहिलोपटक नेकाले आफूलाई ‘कन्जरभेटिभ’ (रुढीवादी) झण्डा बोकेको देख्दा विश्लेषकहरू र पर्यवेक्षकहरू आश्चर्यमा परे ।

सबै विवरणले नेपालमा नेपाली कांग्रेसलाई देशको राजनीतिमा आफ्नो वर्चस्व समाप्त होला भन्ने पीडा र चिन्ताबाट मुक्त पार्ने शेरबहादुर देउवालाई एक सन्देश पुग्नु स्वाभाविक हो । त्यसो त पुनः तीनवटै ठूला दलको बीचको पुरानै सरकारको दत्तातत्री गठबन्धनको सरकार बन्यो भने जनताले आश्चर्य मान्नुपर्ने छैन भनी अड्कल काट्ने विश्लेषकहरूको पनि कमी छैन ।

कसैले बी.पी. कोइरालालाई नेकाले सदाको निम्ति त्यागेको अड्कल लगाइयो भने अर्काथरीले युरोपमा कम्युनिष्टहरूलाई खुट्टा तान्न ‘समाजवादी प्रजातान्त्रिक’ कै धर्म निभाएको बताए । यस विश्लेषणले नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै राणा हुकुमीतन्त्र, निरंकुश राजतन्त्र र प्रजातन्त्रको पुनःस्थापनाका विभिन्न चरणमा आफूलाई अगुवा देखाउँदै नेपालको हरेक गतिशील मोडमा नेतृत्वको झण्डा बोक्दै अगाडि देखिने समय सिधिएको अनुमानबाट आत्तिएर हरेक विषयमा हचुवा ढड्डले सहयोगीहरूको योजनामा ‘हाँ’ मा ‘हाँ’ मिलाउँदै आएको शेरबहादुर देउवा ‘कम्युनिष्ट’ एकता र ‘अधिनायकवादी’ आतड्ढ देख्न थाले ।

एमालेका अध्यक्ष के.पी. ओलीले ‘वाम गठबन्धन’ बारे विजयकुमारसँगको अन्तरवार्तामा भने –‘वाम गठबन्धन पनि होइन, न त कम्युनिष्ट गठबन्धन हो ।’
उनले एमालेको भित्री पोल खोल्दै भने –‘अरुको कुरै छोडौं, मेरै पार्टीका कतिपय मान्छे पनि साम्यवादको त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ ।’
तर १६ मंसिरको दिन नयाँ पत्रिकामा प्रचण्डले त्यस गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ बताए ।

एमाले र एमाओवादी केन्द्रलाई २–४ मन्त्री पद र २–४ करोडको चारा फालेर तह लगाउने मानसिकतामा रुमलिएका शेरबहादुर देउवा यसपालि झस्केझैं साँच्चै अत्तालिएर बरबराउन थालेका छन् वा बाहिरी व्याख्याका विद्युत झट्काबाट आत्तिएका हुन् भन्ने अनुमान विश्लेषकहरू गर्छन् । तर एमाले र एमाओवादी केन्द्रका आलोचकहरू भने ‘वाम–गठबन्धन’ लाई न ‘वाम–गठबन्धन’ मान्छन् न त ‘कम्युनिष्ट गठबन्धन’ मान्छन् । नेपाली कांग्रेसकै नेतृत्वको सरकारमा बसेरै अर्थात् राजीनामा नदिएरै ‘वाम गठबन्धन’ मा सामेल हुनु एकातिर राजनैतिक नैतिकता बितुलिएको मान्छन् भने अर्कातिर एमाले संख्यामा प्रमुख प्रतिपक्ष देखिए पनि सरकारको राजदूतहरू र न्यायाधीश तथा अन्य माथिल्ला पदहरूको नियुक्तिको भागबण्डामा भाग लिनु, सदनमा सरकारबाट प्रस्तुत सबैजसो विधेयकहरूमाथि समर्थनमा मतदान गर्नु र गणपुरक संस्थाको अभावमा समेत सदन चलाउन दिनु र मतदान गराउँदा समेत सरकारको समर्थन गर्दा एमाले प्रमुख प्रतिपक्ष नरहेको पर्यवेक्षकहरूले विश्लेषण गरे ।
एमाले र एमाओवादी केन्द्रले न मोदीको फासीवादबाट आक्रान्त भारतीय जनता र सार्क देशहरूमाथिको अत्याचारहरूको विरोध गरे न त चीन, भियतनाम र कोरियाको विभाजनको विरोध गरे न त फिलिपाइन्स, इन्डोनेसिया, मलेसिया आदिको जातीय झगडाको बीऊ छर्नेमा दोषी संरा अमेरिकी साम्राज्यवादको विरोध गरे । अनि कसरी वामपन्थी र ‘वाम–गठबन्धन’ भनी तड्कारो प्रश्न लगातार उठिरह्यो ।
कम्युनिष्ट ‘गठबन्धन’ र ‘कम्युनिष्ट’ एकता भनौं भने पनि दुवै दल ७ पटक (एमाले ४ पटक र एमाओवादी केन्द्र ३) पटक सरकारको नेतृत्व गर्दा पनि क्रान्तिकारी भूमिसुधार, काम–माम–कपडा वा रोजगारीको सुनिश्चितता, महिला श्रम शक्तिको निम्ति शिशुशाला र वालोद्यान, ‘आदर निकेतन’ को निर्माण, शोषणको विरोधको अधिकार, अपाड्ड र असहाय र बिरामीहरूको हेरचाहबारेको सुनिश्चितताको कुनै विधेयक आएन र नीति तयार गरिएन । यसकारण यो न ‘वाम गठबन्धन’ न त ‘कम्युनिष्ट गठबन्धन’ बरु चुनावी तालमेल मात्र हो र जनताको ‘कम्युनिष्ट’ भावनाप्रतिको झुकावबाट नाजायज फाइदा उठाउन खोजिएको सही अड्कल काटियो । साथै एमाओवादी अध्यक्ष प्रचण्डको अस्थिर प्रवृत्ति, सत्ता लोलुपता र भारतसँगको गम्भीर सम्बन्धको कारण कथम्कदाचित एमाओवादी केन्द्रको प्राप्त हुने मत संख्याले नेकाको नेतृत्वको वा एकताको सरकार बन्ने परिस्थिति तयार बन्यो भने अचानक प्रचण्ड नै ‘वाम गठबन्धन’ बाट उछिटिएर ‘कांग्रेसंएमाओवादी केन्द्र’ को नयाँ खिचडी गठबन्धन तयार हुन बेर छैन । नभन्दै १५ मंसिर २०७४ को अन्नपूर्ण दैनिकमा नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले लेख्यो –‘यदि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३५ सिट जित्न सक्यो भने त्यसबेला प्रचण्डको स्थान महŒवपूर्ण हुनसक्छ, उनी किङमेकर हुनसक्छन् । राजनैतिक लेनदेनको कुरा मिल्यो भने उनले कांग्रेससँग मिलेर अर्को गठबन्धन पनि बनाउन सक्छन् ।’ यो एकप्रकारको प्रचण्डजीको निम्ति हरियो झण्डा हो ।
एमालेका अध्यक्ष के.पी. ओलीले ‘वाम गठबन्धन’ बारे विजयकुमारसँगको अन्तरवार्तामा भने –‘वाम गठबन्धन पनि होइन, न त कम्युनिष्ट गठबन्धन हो ।’
उनले एमालेको भित्री पोल खोल्दै भने –‘अरुको कुरै छोडौं, मेरै पार्टीका कतिपय मान्छे पनि साम्यवादको त्यो दूर उद्देश्य प्राप्तिका लागि कति इमानदार र योग्य छन्, म भन्न सक्दिनँ ।’
तर १६ मंसिरको दिन नयाँ पत्रिकामा प्रचण्डले त्यस गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ बताए ।
माथिका सबै विवरणले नेपालमा नेपाली कांग्रेसलाई देशको राजनीतिमा आफ्नो वर्चस्व समाप्त होला भन्ने पीडा र चिन्ताबाट मुक्त पार्ने शेरबहादुर देउवालाई एक सन्देश पुग्नु स्वाभाविक हो । त्यसो त पुनः तीनवटै ठूला दलको बीचको पुरानै सरकारको दत्तातत्री गठबन्धनको सरकार बन्यो भने जनताले आश्चर्य मान्नुपर्ने छैन भनी अड्कल काट्ने विश्लेषकहरूको पनि कमी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *