भर्खरै :

भाइलाई इमेल

✍चम्पा सुवाल

प्यारो भाइ सुदेश
धेरै धेरै माया ।
तिमीले पठाएको इमेल पाएँ । आरामै छु । तिम्रो सुस्वाथ्यको कामना गर्दछु ।
अहिलेको निर्वाचनको विषयलाई लिएर तिमीले इमेलमा सोध्यौ– ‘दिदी आजभोलि सामाजिक सञ्जालमा नेमकिपाले खाली भारतको मात्र विरोध गर्छ, भारतीय दलालहरु भनेर गाली गर्छ ।’ नेमकिपालाई भारतीय दलालबाहेक केही भन्न आउँदैन कि के हो ? भन्ने जिज्ञासाहरु थुप्रै आइरहेका छन् । यसो मैले पनि यु ट्युबमा केही भाषणहरु सुनें, अन्तरवार्ताहरु हेरें । साँच्चिकै यो मुद्दा विशेष गरी उठेको रैछ । आखिर नेमकिपाले –भारतको यति चर्को विरोध गरिरहनुको अर्थ के होे दिदी ?
तिम्रो यो जिज्ञासा मनासिब हो । यस इमेलबाट तिम्रो जिज्ञासा मेट्न खोज्दैछु ।

आखिर नेमकिपाले –भारतको यति चर्को विरोध गरिरहनुको अर्थ के होे दिदी ?
तिम्रो यो जिज्ञासा मनासिब हो । यस इमेलबाट तिम्रो जिज्ञासा मेट्न खोज्दैछु ।

अहिले नेपालको सम्पूर्ण क्षेत्रमा भारतको प्रभाव अति धेरै छ । नेपालका अधिकत्तम समस्याको जड भारत हो । यसअघि नेमकिपाले भारत सरकारका नीतिको विरोध गरेको हो । भारत देश र भारतीय जनताको विरोध गरेको होइन । नेमकिपाले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीको विरोध गरेको हो । ती जनता त नेपालीका साथी हुन् । देशसँगको सम्बन्धत र इतिहासजत्तिकै पुरानो हो ।

भारत देश र भारतीय जनताको विरोध गरेको होइन । नेमकिपाले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीको विरोध गरेको हो । ती जनता त नेपालीका साथी हुन् । देशसँगको सम्बन्धत र इतिहासजत्तिकै पुरानो हो ।

२००७ सालतिरको कुरा हो । नेपाली सेनाको पुनर्गठन र तालिमका लागि भनेर नेपालबाट कुनै औपचारिक लिखित आग्रहविना नै नेहरु सरकारले नेपालमा भारतीय फौज पठायो । इन्डियन मिलिटरी मिसन, इन्डियन मिलिटरी ट्रेनिङ एण्ड एड्भाइजरी ग्रुप, इन्डियन मिलिट्री लियाजोन ग्रुपका नाउँमा भारतीय सेना मिसन नेपाल भन्दै नेपालमा रह्यो । ‘नेपालमा स्थायित्व र प्रगतिका लागि सहयोग गर्ने हाम्रो नीति हो, हस्तक्षेप होइन’ भन्दै नेपालको सैन्य मामिलामा भारतले उतिबेला नै हस्तक्षेप गरेको थियो । विभिन्न ठाउँमा चेक पोस्टहरु बनाएर बस्न थालेका थिए । २०२६ सालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले सैनिक फिर्ता पठाउनुपर्ने आवश्यकता बोध गर्नुभयो । १ वर्षका लागि आएको सैनिक मिसन १८ वर्ष रोकियो अन्ततः २०२६मा फर्काइयो । यसरी त्यो समयमा नै सैन्य मामिलामा हस्तक्षेप भएको थियो ।
राणाशासनकालपछि राजनीतिक वृत्तमा एउटा ठूलो समस्या खडा भयो । नेपाली जनताका प्रमुख शत्रु को ? राजा ? वा भारतीय विस्तारवाद ? कम्युनिष्टहरुबीच बहुमतले भारतीय विस्तारवाद र एकाधिकार पूँजी मुख्य शत्रु हो भनेका थिए भने केहीले राजा प्रमुख शत्रु हो भनेका थिए । जनआन्दोलनबाट राजा हटाइयो र अझै पनि नेपालका लागि प्रमुख शत्रु भारतीय विस्तारवाद नै हो भन्ने पुष्टि हुँदैछ ।

नेपाली जनताका प्रमुख शत्रु को ? राजा ? वा भारतीय विस्तारवाद ? कम्युनिष्टहरुबीच बहुमतले भारतीय विस्तारवाद र एकाधिकार पूँजी मुख्य शत्रु हो भनेका थिए भने केहीले राजा प्रमुख शत्रु हो भनेका थिए । जनआन्दोलनबाट राजा हटाइयो र अझै पनि नेपालका लागि प्रमुख शत्रु भारतीय विस्तारवाद नै हो भन्ने पुष्टि हुँदैछ ।

भारतमा कट्टर हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) आज सत्तामा छ । इटालीका मुसोलिनी र जर्मनीका हिटलरका अर्धसैनिक युवा दस्ताजस्तै भाजपाको शिवसेना तयार छ । हिन्दु अतिवादको आडमा गैरहिन्दु भारतीय नै होइन भन्ने जस्ता नारा दिंदैछ । यो अति हिन्दु राष्ट्रवादी नाराले भारतमा पनि फासीवादी खतरा महसुस गरिंदैछ । त्यसको प्रभाव नेपाल, भुटान, श्रीलड्ढा र बंगलादेशजस्ता छिमेकी मुलुकहरुमा फैलिंदैछ । छिमेकमा लागेको आगो आफ्नो घरमा पनि सर्छ भनेझैं भारतमा फैलिरहेको धार्मिक असहिष्णुता, जातीय साम्प्रदायिकताले भारतमा त अशान्ति मच्चिन्छ नै, नेपाल पनि प्रभावित हुँदैछ । यसको विरोध नेमकिपाले गरेको हो ।
नेपाल–भारतबीचको खुल्ला सिमानाका कारण भारतका अपराधी, मोस्ट वान्टेड, कालाबजारी, तस्कर, गुण्डा, माफियाहरु सब नेपालमा लुक्न आउँछन् । त्यस्तै नेपालका अपहरणकारी, अपराधीहरु, तस्कर, गल्लावाला, दुष्ट ठेकेदार, जाली फटाहाहरुले भारतमा सजिलै शरण पाइरहेका हुन्छन् । भारतले सुस्तरी नेपालको भूमि अतिक्रमण गर्दैछ । अहिलेसम्म भारतीय विस्तारवादले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूमि मिचिसकेको छ । रातारात नेपाल–भारत सिमानाका जड्डे पिल्लरहरु नेपालतिर सरिन्छ । बेलुका नेपालको भूमिमा सुतेका नेपाली जनता, भोलि बिहान भारतको भूमिमा उठ्नुपर्ने परिस्थितिको सृजना भारत सरकार गर्दैछ ।

अहिलेसम्म भारतीय विस्तारवादले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूमि मिचिसकेको छ । रातारात नेपाल–भारत सिमानाका जड्डे पिल्लरहरु नेपालतिर सरिन्छ । बेलुका नेपालको भूमिमा सुतेका नेपाली जनता, भोलि बिहान भारतको भूमिमा उठ्नुपर्ने परिस्थितिको सृजना भारत सरकार गर्दैछ ।

भारतीय विस्तारवादले नेपाल–भारत खुल्ला सिमाको दशगजामा सडकजस्तो बाँध बनाएर नेपाली भूमि डुबानमा परिरहेको छ । वर्षायाममा बाँध बन्द गर्छन्, नेपालको भूमि डुब्छ । सुख्खायाममा बाँध खोल्छन्, भारतको भूमि सिञ्चित भइ हराबरा अनि नेपालको उर्वरभूमि सुख्खा, बाँझो हुन्छ । यतिमात्र कहाँ हो र ? भारतीय एसएसबी खुलेआम नेपाल छिरेर नेपाली नागरिकहरुमाथि हातपात, लुटपाट, मारकाट गर्छन् । एकचोटि कञ्चनपुरमा गोविन्द गौतमलाई गोली हानेर हत्या गरेको घटना त तिमीलाई याद नै होला ।
नेपालमा नक्कली नोट भित्र्याउने काम भइरहेको छ । यसले गर्दा बजारमा थुप्रै नोट देखिन्छ, मुद्रा सर्कुलेशन बढ्छ, मूल्यवृद्धि हुन्छ, जनता मारमा पर्छन् । यदि नक्कली नोट पत्ता लगाइएको खण्डमा पनि नेपाल सरकारको नोटमाथि विश्वास हट्छ र व्यापारी वा अन्य मानिसहरुले विशेषगरी तराइतिर सम्पत्तिका रुपमा भारतीय मुद्रा जम्मा गर्न थाल्छन् । यसरी भारतीय रुपैयाँको मूल्य बढ्द्ध र नेपाली मुद्राको मूल्य घट्छ ।
मालसामानको मूल्य÷भाउ तलमाथि गर्ने सम्पूर्ण बजारको नियन्त्रण गर्ने काम भारतले गरिरहेको छ । जस्तै नेपालमा कुनै अति आवश्यक वस्तुको अभाव भयो भने भारतले तत्काल त्यो वस्तु पठाउँदैन बरु वस्तुको मूल्य बढाइदिन्छ । वस्तु महँगोमा आयात गर्दा, नेपालको बजारमा महँगोमा बेच्नुपर्ने हुन्छ, जनतालाई दुःख हुन्छ । फेरि नेपालबाट निर्यात हुने वस्तु भनेको कच्चा पदार्थ हो । त्यसको मूल्य अत्यन्तै कम दिइन्छ । यसरी नेपालमा वस्तुको मूल्य बढ्नु, वस्तुको दुर्लभता हुनुमा भारतीय एकाधिकार पूँजीको ठूलो हात हुन्छ ।
नेपालीले उपभोग गर्ने अधिकत्तम मालसामान भारतबाटै आउँछ । अन्य देशसँग भारतले सामान लिन दिएको छैन । नेपाली जनताले पसिना बगाएर कमाएको पैसा सबै भारतीय एकाधिकार पूँजीले सोहर्छ । अझ भारतीय व्यापारीहरुले सिमानामा कर तिर्न नपर्ने गरी सामान भित्र्याउँछ । नेपालमा स्वतन्त्र रुपमा व्यापार गर्ने राष्ट्रिय पूँजीपतिहरु उठ्न सक्दैनन् । जो भारतसँग जोडिएको छ उसैले व्यापार गरिरहको परिस्थिति छ । फेरि मालसामानमा मिसावटको समस्या, चामलमा सेतो ढुङ्गा, दालमा साना ढुड्डाहरु, रड्ड, तरकारी, फलफूल, औषधि, सम्पूर्ण खाद्य, अखाद्य वस्तुहरुमा मिसावट छ । यसले नेपालीहरुको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै जान्छ । दीर्घरोगहरुको सिकार बन्नपर्ने हुन्छ ।
यसरी नेपालमा कुन गुणस्तरको वस्तु कति आयात वा निर्यात गर्ने, कस्तो फेसन चलाउने, मूल्य घटाउने वा बढाउने, बजारको माग वा पूर्ति तलमाथि गर्ने जस्ता सबै सबै पक्षमा भारत जिम्मेवार छ । भारतीय एकाधिकार पूँजीले नेपालको आर्थिक गतिविधिबाट नाफा खाइरहेको छ ।
नेपालको शैक्षिक स्तर तल झार्न भारत उद्यत देखिन्छ । नेपालमा पास हुन नसकेका मानिसहरु भारतको क्याम्पसमा छिट्छिटो पास भएर फर्कन्छन् । त्यो कसरी सम्भव छ र भन्ने लागेको होला तिमीलाई । एक त चिट चोर्न दिएर पास गराइन्छ भने अर्को सर्टिफिकेट बेच्ने काम हुन्छ । कुन डिभिजनमा पास हुने त्यही अनुरुपको रकम बुझाइन्छ । यसले नेपालको शिक्षा क्षेत्र र प्रशासनमा ठूलो नोक्सान हुन्छ । ती नक्कली सर्टिफिकेटवालाहरु नै नेपाल फर्केर सेक्सन अफिसर हुन्छन्, उनीहरुको प्रोमोसन हुन्छ डाइरेक्टर, सचिव हुन्छन् । हिन्दुस्तानसँगको सन्धी सम्झौतामा उनीहरु भारतको समकक्षीको रुपमा नेपालको प्रतिनिधित्व गरी जान्छन् ।
भारत पक्ष विषयवस्तुमा धेरै जानकार र दख्खल व्यक्ति पठाउँछ र नेपालको तर्फबाट नक्कली सर्टिफिकेटधारीहरु जान्छन् अनि नेपाल–भारत सीमामा अनेक ‘बाँध बनाए पनि हुन्छ’ भनी सम्झौता गराउँछ । यसरी हिन्दुस्तानको कमजोर शैक्षिक अवस्थाबाट नेपाली र नेपालमारमा पर्छ । अन्तर्राष्ट्रि रक्षा मामिलामा भारतको सल्लाहबाटै काम गराउने परिस्थिति बनाइएको छ । रक्षा वा घरेलु शान्ति सुरक्षाको लागि चाहिने हात–हतियार पनि भारतसँग किनुपर्ने स्थिति छ । यसले के पुष्टि हुन्छ भने भारतले नेपाललाई अत्याधुनिक शक्तिशाली हतियार कहिल्यै दिंदैन । भोलि कसैसँग लड्न परे पनि उसले दिएको पिछडिएको हतियारको प्रयोगले नेपाल हार्नुपर्ने हुनसक्छ । यसरी हतियारमा पनि भारतको नियन्त्रण छ ।
भारतसँग सोधेरमात्र घरेलु र अन्तर्राष्ट्रिय नीति नियम बनाउन दबाब दिन्छ । नेपाल सरकार र अन्य देशसँग भएका छलफलहरु भुइँमा बस्न नपाउँदै भारतीय दूतावासमा पुग्छ ।

भारतसँग सोधेरमात्र घरेलु र अन्तर्राष्ट्रिय नीति नियम बनाउन दबाब दिन्छ । नेपाल सरकार र अन्य देशसँग भएका छलफलहरु भुइँमा बस्न नपाउँदै भारतीय दूतावासमा पुग्छ ।

नेपालमा कसलाई सरकारमा ल्याउने क–कसको गठबन्धन गराइदिने, कस्तो संरचना बनाउने जस्ता महत्वपूर्ण निर्णयहरु दिल्लीबाटै हुने गरेको छ भन्ने एउटा उदाहरण अन्नपूर्ण पोष्टमा १५ मंसिर शुक्रबार प्रकाशित ‘भारतको कस्तो भूमिका ?’ भन्ने नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदको लेखबाट प्रस्ट हुन्छ । लेखमा भनिएको छ –‘अहिलेको निर्वाचनपछि बन्ने सरकारको मुख्य चुनौती भनेको मधेसीको समस्याको सम्बोधन गर्न संविधान संशोधन गर्नुहुनेछ । साथै ‘भारतले गएको एक वर्ष मधेसी दलहरुलाई आन्दोलन मात्र गरेर र निर्वाचन बहिष्कार गरेरभन्दा राजनीतिक प्रक्रियाको उपयोग गर्दै आफ्ना माग राख्न सुझाव दिंदै आएको छ ।’ लेखमा अहिलेको दुई गठबन्धनको भावी सम्भावना सँगै नेपालमा नयाँ सरकारले नेतृत्व सम्हालेपछि नेपालका प्रधानमन्त्री २०१८ को सुरुवाट मै भारत भ्रमण गर्नेछ भनी लेखिएको छ ।
यति जटिल परिस्थिति भारत सरकारको कारणले मात्र सिर्जना भयो त ? होइन नेपाललाई राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा भारतमुखी बनाउनुमा पटक–पटक सरकारमा गएका भारतपरस्त तीन शासक दलहरु एमाले, माओवादी, कांग्रेस जिम्मेवार छन् । नेपालका ठूल्ठूला कारखानाहरु कौडीको मूल्यमा भारतलाई सुम्पनु, नदीनालाहरु भारतलाई बेच्नु, भारतीय विस्तारवाद र एकाधिकार पूँजीको यति धेरै थिचोमिचो हुँदा पनि यी दलहरु मौन रहनुले भारतीय (दलाल) भएको पुष्टि हुन्छ । नेपालको नदीनालाबाट बिजुली उत्पादन नगर्ने र भारतीय एकाधिकार पूँजीसँग महँगोमा विजुली किन्ने यी पार्टीहरुले जनतामाथि विश्वासघात गरिरहेका छन् । सिमानामा भारतले जतासुकै उपद्रोह मच्चाए पनि चुइक्क बोल्न नसक्ने यी दलहरुले नेपालको सार्वभौमिकतालाई कमजोर पु¥याएको छ । भारतसँग छ खरब रुपैयाँको व्यापार घाटा हुँदा पनि भारतसँग मात्रै सामान लिनुपर्ने मानसिकता बोकेका आजसम्मका सरकारहरुले ग्यास बंगलादेशबाट, पेट्रोलियम पदार्थ चीनबाट, गाडी अथवा अन्य सामग्री अन्य देशहरुबाट आयात गर्ने हिम्मत गर्न सकेका छैनन् । उल्टै भारतलाई सहयोग पुग्ने बिप्पा सम्झौता जस्तै थुप्रै असमान सन्धी–सम्झौताहरु गरे । त्यसकारण यी तीनवटै दल भारतको पूजा गर्ने भारतीय विस्तारवाद र एकाधिकार पूँजीका दलाल भनिएको हो ।

भारतसँग छ खरब रुपैयाँको व्यापार घाटा हुँदा पनि भारतसँग मात्रै सामान लिनुपर्ने मानसिकता बोकेका आजसम्मका सरकारहरुले ग्यास बंगलादेशबाट, पेट्रोलियम पदार्थ चीनबाट, गाडी अथवा अन्य सामग्री अन्य देशहरुबाट आयात गर्ने हिम्मत गर्न सकेका छैनन् । उल्टै भारतलाई सहयोग पुग्ने बिप्पा सम्झौता जस्तै थुप्रै असमान सन्धी–सम्झौताहरु गरे । त्यसकारण यी तीनवटै दल भारतको पूजा गर्ने भारतीय विस्तारवाद र एकाधिकार पूँजीका दलाल भनिएको हो ।

त्यसकारण जति भारतीय विस्तारवाद र एकाधिकार पूँजी खतरनाक छ त्यो भन्दा धेरै खतरनाक भारतीय सरकारको नुन खाएको नेपालका तीन शासक दलहरु छन् । यसको खबरदारी नेमकिपाले गरिरहेको हो ।
पटक–पटक नाकाबन्दी लगाइँदा पनि चुपचाप बसिरहने दलहरु आज चुनावको मैदानमा जनतालाई झुक्याउन खोज्दैछन् । नेपाललाई यति दरिद्र र गरिब बनाउने दलहरु समृद्ध नेपालको नारा बोकेर आइरहेका छन् ।
नेमकिपाले चुनावको मुख्य लक्ष्य जनतालाई सत्य कुरा बताउने अवसरको रुपमा लिन्छ त्यसकारण भनिरहेको छ भारतीय विस्तारवाद र एकाधिकार पूँजीका दलालहरुलाई यही चुनावबाट पराजित गर्नुपर्छ ।
तिमी पनि मंसिर २१ गते हुने चुनावमा देशभक्त पार्टी नेमकिपालाई विजय गराउन घर फर्क र साथीहरुलाई पनि आग्रह गर ।

माया गर्ने दिदी
चम्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *