भर्खरै :

नेमकिपाबाट तामाङ, मुल, विशुंखे र काफ्ले राष्ट्रिय सभा उम्मेदवार

काठमाण्डौ, १० माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि तोकेको कार्यतालिकाअनुसार बुधबार नेपाल मजदुर किसान पार्टीले निर्वाचनको लागि उम्मेदवार दर्ता गरेको छ ।
प्रदेश नं ३ को लागि राष्ट्रिय सभा निर्वाचन कार्यालय पाटनमा पार्टी केन्द्रीय सचिव प्रेम सुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उम्मेदवार दर्ता गरेको हो ।
पार्टीको तर्फबाट कृष्णबहादुर तामाङ(खुला), हिमालयश्वरलाल मुल(अपाङ्ग), श्याम बिशुङ्खे(दलित) र गीता काफ्ले(महिला)ले उम्मेदवारी दिनुभएको छ ।
उहाँहरुलाई प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना साँय्जू र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले प्रस्ताव र समर्थन गर्नुभएको हो ।
राष्ट्रिय सभा चुनाव आगामी माघ २४ गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *