भर्खरै :

इलामका विभिन्न ठाउँमा प्रचार अभियान तीव्र

इलामका विभिन्न ठाउँमा प्रचार अभियान तीव्र

इलाम, १० वैशाख । वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीको उम्मेदवार श्यामबहादुर दर्जी (हिमाल) लाई अत्यधिक मतले विजय गराउनको लागि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांको नेतृत्वमा इलामको विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम भइरहेको छ ।
इलाम जिल्ला क्षेत्र नं. २ अन्तर्गत देउमाई नगरपालिका वडा नं. १ राँके बजार, नेपालटार, बाखखोर, देउराली, भालुपानी क्षेत्रमा उम्मेदवार श्यामबहादुर दर्जीका साथमा अपिल वितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भयो ।
घरदैलो कार्यक्रमसँगै विभिन्न ठाउँमा जुलुस पनि भएको थियो । त्यस्तै मांसेबुङको विभिन्न वडाहरू, माई नगरपालिकाको वडा नं. ६, ७ र ८ वडामा पनि घरदैलो कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *