भर्खरै :

‘संशोधनवाद साम्राज्यवादी विचार जतिकै खतरा’

भक्तपुर, १ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले गलत विचार र गलत दृष्टिकोण शत्रुभन्दा पनि खतरनाक हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बा¥हौं राष्ट्रिय सम्मेलन तयारी समितिद्वारा मंगलबार यहाँ आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवाद’ विषयक विचार गोष्ठीमा अध्यक्ष रोहितले हरेक सच्चा कम्युनिष्ट पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक मानेर देश र जनताको पक्षमा सङ्घर्ष गर्छ, सङ्घर्षले मात्र परिवर्तन सम्भव हुन्छ भन्नुभयो ।
नेमकिपाले जात र भाषाको आधारमा कहिल्यै संगठन नगरेको उल्लेख गर्दै उहााले देश, काल र परिस्थिति तयार नहुँदै क्रान्ति सम्भव छैन भन्नुभयो ।
गलत विचार र आश्वासन दिएर छिट्टै क्रान्तिको सपना देखाउने कुनै पनि दल माक्र्सवादी नहुने विचार राख्दै अध्यक्ष रोहितले भन्नुभयो– आमूल परिवर्तनको नाउँमा झूटा विचार फलाक्नु कम्युनिष्ट चरित्र होइन । अराजकतावाद र संशोधनवादको विरोध गर्नु सच्चा कम्युनिष्टको कर्तव्य रहेको औंल्याउँदै अध्यक्ष रोहितले पार्टीको इच्छा सारा शोषित पीडित तथा कामदार वर्गको हित गर्नु हो भन्नुभयो ।

पार्टीका कार्यकर्ताहरुलाई संसारका क्रान्तिकारीहरुको आन्दोलन र योगदानबारे सुसूचित गरी शिक्षित र संग्ठित गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्दै भन्नुभयो–हामीले योग्य, अनुशासित, अध्ययनशील, देश र जनताको इमानदापूरीर्वक सेवा गर्ने निःस्वार्थी, दूरदर्शी कार्यकर्ता तयार गर्नुपर्छ ।  उहाँले भन्नुभयो–कुनै पनि कार्यकर्तालाई कम्युनिष्ट बनाउने काम जातको आधारमा होइन वर्गको आधारमा हो, वर्गीय भावना जगाएर सुसूचित पार्नु हो । शोषण र दमन नहुने शोषणरहित समाज स्थापना नै कम्युनिष्टहरूको उद्देश्य हो ।
निर्वाचनमा भाग लिनुको अर्थ सरकारमा जान होइन, अल्पमत वर्गको सेवा गर्ने पूाजीवादी पार्टीको गलत कार्य र नीतिको विरोध गर्न हो, जनतामाझ उदाङ्ग्याउनु हो –अध्यक्ष रोहितले भन्नुभयो ।  जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा सचेत र संग्ठित गरेर देश र जनताको सेवा गरी संगठन विस्तार गर्ने काम नेमकिपाले गरिरहेको उहााले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको नेतृत्व गरेर पूँजीवादी राजनीति गर्ने एमाले र माओवादी केन्द्रले समाजवादी क्रान्ति नगर्ने विचार व्यक्त गर्नुभयो ।  नेकाको सिद्धान्त र नीतिको पछि लागेर निजीकरण गर्न पछि नपर्ने एमाले कम्युनिष्ट नहुने विचार राख्दै सचिव सुवालले नेमकिपाले संसदलाई क्रान्तिकारी उपयोग गरिरहेको बताउनुभयो ।
सच्चा कम्युनिष्ट पार्टीले देश र जनताको हितविपरीत कहिल्यै सम्झौता नगर्ने  औंल्याउँदै उहााले एमाले र माओवादी केन्द्रको गठबन्धन देश र जनताको सेवा गर्न होइन कुर्सीको लागि हो भन्नुभयो ।  एमाले र माओवादी केन्द्रबीच एकता भए पनि, संयुक्त सरकार बने पनि नेकाको सरकारले जस्तै काम गर्ने या कुनै परिवर्तन नगर्ने सचिव सुवालले बताउनुभयो ।

भारतीय एकाधिकार पूँजी र विस्तारवादी देशको अगाडि आत्मसमर्पण गर्ने देश कहिल्यै सच्चा कम्युनिष्ट नहुने विचार राख्दै उहााले आफूलाई कम्युनिष्ट भनिने ठूला दलले पटक–पटक सरकारको नेतृत्व गरे पनि कुनै परिवर्तनको अनुभूति दिन नसकेको र संविधानमा आर्थिक संरचनामा परिर्वतन नभएको उल्लेख गर्नुभयो । एमालेले कहिल्यै अराजनीतिक गतिविधिको विरोध नगरेको चर्चा गर्दै उहाँले स्रोत नखुलेको अवैध सम्पति कमाउने कालाव्यापारीलाई जेल पठाएर कारबाही गर्नुपर्नेमा ऐन कानुन संशोधन गरेर भए पनि छुट दिने दलको सरकारले कसरी समृद्ध मुलुक बनाउाछ भन्नुभयो ।
प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश धौबजीले आजसम्म अस्तित्वमा रहेका सम्पूर्ण समाजको इतिहास वर्गसङ्घर्षको इतिहास रहेको कम्युनिष्ट घोषणापत्र निष्कर्ष रहेको स्पष्ट पार्दै वर्गसङ्घर्ष, सशस्त्र युद्ध र राज्य कब्जा, सर्वहारा वर्गको अधिनायकत्व नै कम्युनिष्टको मूलमूत सिद्धान्त हो भन्नुभयो । क्रान्तिको बाटो निर्माण नगरिकन सुधारको बाटो लिनु अवसरवाद र संशोधनवादको अर्को रुप हो, पूँजीवादलाई ध्वसं नगरी समाजवाद असम्भव छ, शत्रु आफूखुसी नास हुादैन, आफ्नै राजीखुसी इतिहासको मञ्चबाट तल आउँदैन, अतः सङ्घर्ष नै एकमात्र परिवर्तनको विकल्प हो– उहाँले भन्नुभयो ।
नेक्राविसङ्घ बा¥हौ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले सभापतिको आसनबाट विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवाद र नेपालको प्रभावबारे सविस्तार गर्दै वर्गसङ्घर्षको सिद्धान्त अस्वीकार गर्ने, प्रजातान्त्रिक संसदमार्फत् समाजवादको परिकल्पना गर्ने र सामाजिक परिवर्तन ल्याउन बल प्रयोगको सिद्धान्त उपयोग नगर्ने दलहरु संशोधनवादी हुने विचार राख्नुभयो । संसदीय बन्दोबस्तले सङ्कट र राजनीतिक क्रान्तिको अन्त्य गर्न नसक्ने विचार राख्दै उहाँले राजनीतिक क्रान्ति नगर्ने संशोधनवाद हो भन्नुभयो ।
आयोजक समितिका सदस्य सुरेश परियारले माक्र्सवादको खोल ओढेर पूाजीवादी बाटोमा जानु संशोधनवादको अर्को रुप हो भन्नुभयो । पूँजीवाद रहेसम्म संशोधनवाद कायम रहने विचार राख्दै उहाँले भारतीय एकाधिकार पूँजी र विस्तारवादको विरोध नगर्ने दल कम्युनिष्ट नहुने बताउनुभयो ।
सम्मेलन तयारी समितिका सचिव सविन ख्याजूले गोष्ठीको औचित्यताबारे प्रकाश पार्दै माक्र्सवादको आधारभूत ज्ञान, द्वन्द्वात्मक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गसङ्घर्ष हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *