लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
यसो हेर्दा घरेलु उद्योग के हो र ? जस्तो लाग्छ तर घरेलु उद्योग ग्रामीण, अर्थतन्त्र र रोजगारीको उत्तम अवसर हो । आफ्नै गाउँघरमा आफ्नै कच्चा पदार्थ बेचेर दुई–चार पैसा सर्वसाधारणले हात पार्छन् । त्यसरी उत्पादन भएका वस्तुहरू प्रायः गाउँलेहरूले नै प्रयोग गर्छन् । यसरी हेर्दा घरेलु उद्योगलाई शरीरका रक्त सञ्चार गर्ने नशाको रुपमा लिन सकिन्छ । घरेलु उद्योगले बेरोजगारी गाउँलेलाई रोजगारी दिने गर्छ । यस्ता रोजगारी लाखौँ सङ्ख्यामा नेपालभरि फैलिएको जस्तो लाग्छ । एकथरी ठुला आँखा भएका मान्छेहरूको आँखा घरेलु उद्योगमा जाँदैन । त्यस्ता मान्छे वास्तवमा घरेलु उद्योग भन्ने नै बुझ्दैनन् या कम बुझ्छन् । यसरी हेर्दा, घरेलु उद्योग ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो भन्दा फरक पर्दैन होला । सरकार स्थानीय प्रान्तीय र केन्द्रीय तिनै थरीको गम्भीर ध्यान घरेलु उद्योग स्थापना र सञ्चालनमा केन्द्रित हुनुपर्छ । तर, यहाँ बाँके जिल्लामा २६५ वटा घरेलु उद्योग बन्द भएछन् । ती २६५ घरेलु उद्योगमा केही लाख मान्छेले रोजगारी पाएको हुनसक्छ । अब यी मान्छे वैदेशिक रोजगारीमा जानेबाहेक अरु उपाय देखिँदैन ।
घरेलु उद्योगको योगदान
कत्ति रमाइलो ! उत्पादन गाउँकै, उत्पादक गाउँलेहरू नै र उपभोक्ता पनि गाउँले नै भएको घरेलु उद्योग बन्द नगर्न सरकारको ध्यान जानुपर्ने हो तर, सरकार यस्ता साना कुरातिर आफ्ना ठुला आँखा लगाउँदै लगाउँदैन । साना आँखा पनि लगाउँदैन । अन्यथा, २६५ वटा घरेलु उद्योग बन्द हुनुपर्ने कुनै कारण र तात्पर्य छैन । घरेलु उद्योगमा काम गर्नेहरू प्रायः गाउँले नै हुन्थे, आफ्नै घरको खान्थे, आफ्नै घरमा बस्थे, आफ्नै केटाकेटी हेर्थे, पढाउँथे र आफ्नै मुलुकको साङ्गो पाङ्गो मिलेको थियो । घरेलु उद्योगमा काम गर्नेहरूले चिया खाजा खाँदा गाउँमा कैयौँ चिया पसल एवं होटलहरू चलेका थिए । ती होटलमा गाउँलेहरू दूध बेच्थे, सागपात र अन्य तरकारी बेच्थे, जसबाट गाउँलेहरूको हातमा नगद रकम पथ्र्यो । त्यो रकमबाट आफ्ना परिवारका लागि लगाउने कपडा, आवश्यक पर्ने खाने वस्तु किन्थे वा उत्पादन गर्थे । जसले ग्रामीण अर्थतन्त्र, घरेलु अर्थतन्त्रको दृष्टिबाट हेर्दा घरेलु उद्योगको योगदान छ्याङ्ङै हुन्छ । यसको असर केही वर्षपछि थाहा हुन्छ ।
अब कहाँ रोजगारी खोज्ने ?
घरेलु उद्योग अहिलेमात्र होइन, राणा शासनमा पनि थिए । सङ्ख्या फरक थियो होला तर घरेलु उद्योगहरू थिए, जहाँ गाउँका कच्चा पदार्थ बिक्थे र ती उद्योगले तयार वस्तु उत्पादन गर्थे । गाउँको उत्पादनमा गाउँलेहरूको जीवन सुविधासाथ चलेको थियो । ठुल्ठुला कुरा गर्ने तर, काम नगर्ने सरकारको ध्यान यी घरेलु उद्योग के कति कारणले किन बन्द भए, त्यसको छेउदेखि टुप्पोसम्म अध्ययन गरेर यी घरेलु उद्योग पुनस्र्थापन गराउने वातावरण सिर्जना गर्नु कुनै पनि राष्ट्रिय सरकारको दायित्वभित्र पर्छ । तर, हाम्रो नेपालमा सरकारहरू ठुलठुला कुरा गर्ने, काम भने साना पनि नगर्ने प्रवृत्तिले नेताहरूको मस्तिष्कमा ताल्चा लगाएको छ । यसकारण, घरेलु साना उद्योगहरूको आधार के ? भन्ने प्रश्न उठेको छ । प्रायः गाउँकै कच्चा पदार्थ प्रयोग गरी तयारी वस्तु र सेवा दिने घरेलु उद्योगलाई सरकारले माथि उचाल्ने प्रयत्न गर्नुपर्नेमा सरकारको ध्यान त्यता जाँदैन । उही ठुल्ठुला कुरा गर्नेतिर मात्र जान्छ ।
रोजगारी पाउने
यस चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा उद्योगतर्फ ४३४ र वाणिज्यतर्फ ३७३ गरी धेरै उद्योगले ग्रामीण तहमा रोजगारी दिएका थिए । बाँके जिल्लामा यही चैत मसान्तसम्म उद्योगतर्फका ६३१ र वाणिज्यतर्फ ११५० घरेलु उद्योग थिए । ती घरेलु उद्योगमा पक्कै पनि एक लाख बराबर गाउँलेले रोजगारी पाउँथे । गाउँमै रोजगारी पाएपछि अरब मुलुकका तातो खानु पर्दैनथ्यो वा दक्षिणपूर्व एसियाको अमिल्दो वातावरणमा पिल्सिएर मर्नु पर्दैनथ्यो । तर, अब ती मुलुकबाट बाकसमा मृत शरीर आउने क्रम बढ्नेछ । कैयौँ नेपाली गाउँले आर्थिक रुपबाट तन्नम हुनेछन् । यो कुरालाई सरकार सानो कुरा ठान्छ होला । त्यसैले, चालु घरेलु उद्योगलाई स्थायी रुप दिन आवश्यक सहयोग नदिएर त्यतिका उद्योग बन्द भएका होलान् । घरेलु उद्योग ठुलाहरूका आँखामा पर्दैै पर्दैनन् वा सानो रूपमा मात्र पर्छन् । तर, गाउँघरका अतिरिक्त घरायसी काममा प्रयोग हुने उपभोग्य वस्तुहरू सजिलै उत्पादन हुन्थे ।
ती उद्योग फेरि सञ्चालन गरौँ !
हुन त बाँके जिल्लामा गएको चैत महिनासम्म उद्योगतर्फ ४३४ र वाणिज्यतर्फ ३७३ गरी ८०७ घरेलु तथा साना उद्योग दर्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् तर, सम्पूर्ण बाँके जिल्लाको जनसङ्ख्या हेर्दा यी माथि उल्लेखित घरेलु उद्योगले पक्कै पनि केही लाख नेपालीलाई आफ्नै घरदैलोमा आफ्नै परिवारसँग एउटै भान्सामा खाएर रोजगारी पाएका थिए । अब २६५ घरेलु उद्योग बन्द भएपछि ती उद्योगमा रोजगारी पाउने गाउँले नेपालीहरूको बाटो पनि आफ्नो नेपालमा नभई विदेशी रोजगारीमा जानुपर्ने नराम्रो अवस्था आयो । यसकारण, सरकारले सानामा पनि सा¥है साना घरेलु उद्योग बन्द हुनु ठुला आँखाले हेर्दा केही होइन† तर यी उद्योगमा हजारौँ हजार वा अझ लाखभन्दा बढी गाउँलेले रोजगारी पाएका थिए । आफ्नै गाउँ वा छिमेकमा रोजगारी पाउँदा परिवारको एउटै भान्सामा पाकेको खाद्य र पेय पदार्थ खान्थे । घरेलु उद्योगमा काम गर्थे । यसले गर्दा दुई–चार पैसा भए पनि बच्थ्यो । केटाकेटी पढाउँथे, पुस्तक किन्थे ।
सरकारको ध्यान जानु आवश्यक
जीवन सजिलैसँग बितेको थियो । सरकारमा बस्ने मान्छेहरू यति गम्भीर कुरा कति बुझ्थे, कति बुझ्न कोसिस गर्थे यो अर्कै कुरा हो । घरेलु उद्योग बन्द हुनु भनेको ठुलो दुर्भाग्य हो । गाउँका ती घरेलु उद्योगमा काम गर्नेहरू अब कहाँ के काम गर्छन् ? भन्ने प्रश्न पनि देशको सामु उपस्थित भएको छ । ती उद्योगलाई चाहिने कच्चा पदार्थको उत्पादन भइरहेको ठाउँमा अब के उत्पादन गर्छन् ? कहाँ बेच्छन् ? भन्ने प्रश्न पनि खडा भएको छ । यसर्थ राज्यका विभिन्न जिल्लामा भएका घरेलु उद्योगहरू, बन्द नगर्नेतर्फ अहिलेदेखि नै केन्द्रीय सरकार, प्रान्तीय सरकार र स्थानीय सरकारहरूको गम्भीर ध्यान जानु आवश्यक छ । यतिका घरेलु उद्योग बन्द भएपछि ती घरेलु उद्योगले उत्पादन गर्ने वस्तु भारतबाट आउने नै भए । नेपाली घरेलु उद्योगहरू बन्द हुनुको अर्थ भारतको घरेलु व्यापार फस्टाउनु हुनेछ । यो कुरा कदापि राष्ट्र हितमा छैन । तसर्थ, सरकारले बन्द भएका यी घरेलु उद्योग सरकारले गम्भीर ध्यान दिनु आवश्यक छ ।
Leave a Reply