आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
चिली कम्युनिष्ट पार्टीले भेनेजुयलाको सीमावर्ती क्षेत्रमा भइरहेका सैनिक गतिविधिप्रति विरोध जनाएको छ ।
मंगलबार जारी गरिएको वक्तव्यमा चिली कम्युनिष्ट पार्टीले भेनेजुयलाको सीमा क्षेत्रमा भएका सैनिक गतिविधि ल्याटिन अमेरिकी क्षेत्रको लागि निकै गम्भीर भएको र भेनेजुयलाको प्रजातान्त्रिक स्थायित्वको लागि खतरा भएको बताएको छ ।
‘संरा अमेरिकी विदेश सचिव रेक्स टिलरसनको सो क्षेत्रमा उपस्थिति भएको समयमा गरिएको यो घटना संरा अमेरिकी उत्साहटमै भएको हाम्रो ठहर हो ।’, टेलरसनको ल्याटिन अमेरिका भ्रमणप्रति सङ्केत गर्दै वक्तव्यमा भनिएको छ ।
‘हाम्रो अनुभवले हामीलाई सिकाएको छ र एउटा पार्टीको रुपमा इतिहासले हामीलाई साथ दिएको छः भेनेजुयलाजस्तो सार्वभौम देशको आन्तरिक मामिलामा संरा अमेरिकाले नयाँ र खुला हस्तक्षेपको हामी सामना गरिरहेका छौं ।’
चिली कम्युनिष्ट पार्टीको वक्तव्यमा संरा अमेरिकाको विदेश नीतिले हिजो पनि र आज पनि सैनिक हस्तक्षेप र सत्ता कब्जालाई उत्साहित गर्ने गरेको कुरा उल्लेख छ ।
‘त्यही भएर हामी डेमोक्रेटहरुलाई जनताको सार्वभौमिकता र आत्मनिर्णयको अधिकार रक्षाको लागि आह्वान गर्न चाहन्छौं ।’, वक्तव्यमा भनिएको छ,‘संरा अमेरिकालाई भेनेजुयलामाथि हमला बन्द गराउनु पर्दछ ।’
Leave a Reply