भर्खरै :

पृथ्वीको तापक्रम बढ्दै छ

काठमाडौं, १६ साउन । पछिल्ला वर्ष पृथ्वीलाई तातो बनाउने हरितगृह ग्यासहरू असामान्य मात्रामा वृद्धि भइरहेको छ । यसैको परिणामस्वरुप पूरा पृथ्वीमा तापक्रम वृद्धि भएको छ । उत्तरी ध्रुवमा जमेको बरफ गएको सालको तुलनामा ठूलो अनुपातमा पग्लेको छ । संरा अमेरिकी मौसम अध्ययन समाजले हालै जारी गरेको तीन सय पृष्ठको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनको कारण संसारमा यस्ता अनेकथरी असामान्य परिवर्तन भइरहेका छन् ।
संरा अमेरिका संसारका सबभन्दा बढी प्रदूषण फैलाउने देशमध्ये पर्दछ । तर संरा अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिक्यो । त्यो कदमले संसारको पर्यावरणबारे उसको बेवास्ता सतहमा आएको हो । जलवायु परिवर्तनसम्बन्धी सो अन्तर्राष्ट्रिय सम्झौतामा १ सय ९० भन्दा बढी देशले हस्ताक्षर गरेका छन् ।
संरा अमेरिकी मौसम अध्ययन समाजको सो प्रतिवेदनले सांसरभर भएका आँधीबेहरी, खडेरी, अतितापक्रम र पृथ्वीको उत्तरी ध्रुवमा बरफ पग्लनुलाई आधार मानेर पटक पटक ‘असामान्य’ अवस्थाको सड्ढेत गरेको छ । सिकागो र ग्रीसमा अहिले फैलिरहेको जङ्गली आगो, जापानलगायत पूर्वी एसियाली देशमा बढेको अचाक्ली गर्मी र बाढीको प्रकोप तथा एसियाली देशमा आएको बाढी जलवायु परिवर्तनले निम्त्याएका पछिल्ला उदाहरण हुन् । 
गएको सालदेखि इतिहासमै सबभन्दा बढी खतरनाक हरितगृह ग्यास–कार्बन डाइअक्साइड, मिथेन र निट्रोस अक्साइड पृथ्वीको वायुमण्डलमा बढेको थियो ।
प्रतिवेदनमा लेखिएको छ, ‘पृथ्वीको सतहमा कार्बोन डाओअक्साइडको मात्रा प्रतिमिलियन ४०५ हिस्सामा उक्लेको थियो । यो आधुनिक वायुमण्डलको मापन सुरु भएयताकै सबभन्दा बढी मापण हो ।’
‘कार्बन डाओअक्साइडको वृद्धि दर सन् १९६० दसकको तुलनामा चार गुणाले बढेको छ ।’
आधुनिककालको सबभन्दा बढी गर्मी सन् २०१६ मा भएको थियो । तर सन् २०१७ मा पनि त्यत्ति कम गर्मी भएको थिएन । वार्षिक अभिलेखअनुसार सबभन्दा क्रमिक तापक्रम वृद्धि अर्जेन्टिना, बुल्गेरिया, स्पेन र उरुग्वेमा भएको थियो । मेक्सिकोमा लगातार चौथौ वर्षसम्म तापमान वृद्धि भएको छ ।
पृथ्वीको दक्षिण गोलाद्र्धमा आजसम्मकै सबभन्दा बढी गर्मी गएको जनवरीमा अर्जेन्टिनाको पिर्टो मेडरिनमा भएको थियो । त्यहाँको तापमान ४३.३ डिग्री सेल्सियस पुगेको थियो । उत्तरी गोलाद्र्धमा भने गएको मे महिना २८ का दिन पश्चिमी पाकिस्तानको टुरबाटमा भएको थियो । त्यहाँको तापमान ५३.३ डिग्री सेल्सियस पुगेको थियो ।
गएको वर्ष सन् १८०० यताकै दोस्रो वा तेस्रो गर्मी वर्ष हो । उत्तरी गोलाद्र्धको तापक्रम पनि अनपेक्षित रुपमा बढेको छ । सन् १९८१–२०१० सम्म त्यहाँको तापक्रम १.६ कहिल्यै पुगेको थिएन । सन् १९०० देखिको तथ्याड्ढअनुसार सन् २०१६ यता उत्तरी गोलाद्र्धको तापक्रम दोस्रोपटक सबभन्दा माथि उक्लेको छ ।
वैज्ञानिकहरूका अनुसार यहाँको तापमान पछिल्ला दुई हजार वर्षयताकै सबभन्दा माथि पुगेको छ । जलवायु परिवर्तनका कारण विश्वको मौसममा ठूलठूला परिवर्तन आइरहेको हो । यसले पृथ्वीको सतहमा बस्ने प्राणाी र वनस्पतिलाई मात्र नभई जल र वायुमा जीवनयापन गर्ने जीवको जीवनलाई समेत प्रतिकूल असर पारिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *