भर्खरै :

काभ्रेमा अक्टोबर क्रान्ति दिवस

काभ्रे, २४ कार्तिक । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा १०१ औं अक्टोबर समाजवादी क्रान्ति दिवस शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले भन्नुभयो, ‘‘कार्ल माक्र्सभन्दा अगावै समाजवादी अवधारणा प्रतिपादन भएको थियो । काल्पनिक समाजवादी अवधारणा अव्यवहारिक र अवैज्ञानिक भएकोले कार्ल माक्र्सले त्यसको आलोचना गर्नुभयो र वैज्ञानिक समाजवादी सिद्धान्त प्रतिपादन गर्नुभयो ।
‘‘अक्टोबर समाजवादी क्रान्तिको सफलताले माक्र्सवाद व्यवहारिक र वैज्ञानिक भएको पुष्टि भएको छ’’, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले नेपाल क्रान्तिकारी मजदुर सङ्घ ट्रेड युनियनवादको विरुद्धमा रहेको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले युरोपको सबभन्दा गरिब र दरिद्र मुलुक भनी चिनिने रुस अक्टोबर समाजवादी क्रान्तिपछि सम्पन्न र शक्तिशाली मुलुक बनेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका उपाध्यक्ष हिरामणी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काभ्रेका धनबहादुर तामाङ, नेक्राविसङ्घ काभ्रेका तारा न्यौपाने र सुस्मिता न्यौपानेले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *