भर्खरै :

स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने

हेटौंडा, २४ कार्तिक । प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ ।
प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकोले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने जनाएको छ ।
यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताउनुभयो ।
हेटौंडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौंडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *