भर्खरै :

क्रिकेट खेलाडीलाई सम्मान

कञ्चनपुर, २८ कात्तिक ः राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ ।
नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गर्नुभएको हो । खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भन्नुभयो, “प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पु¥याउँछ ।”
खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताउनुभयो । खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उहाँले बताउनुभयो ।
कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *