भर्खरै :

अन्तरप्रदेश बक्सिङ प्रतियोगिता सम्पन्न

अन्तरप्रदेश बक्सिङ प्रतियोगिता सम्पन्न

चितवन, ३० चैत । प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा चितवन उद्योग सङ्घको हलमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा मन्त्री मोक्तानले वाग्मती प्रदेशका खेलाडीहरू सक्षम र अब्बल बनाउन खेलकुदमा अगाडि बढेको बताउँदै चौध वर्षपछि पहिलोपटक बक्सिङ प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले बक्सिङ अन्तर्राष्ट्रिय वा विदेशमा नाम राख्न सफल भएको खेल हो भन्नुभयो । उहाँले यो खेललाई विकास गर्न बक्सिङ महासङ्घ लागिरहने बताउनुभयो ।
प्रतियोगिता संयोजक धनकुमार मैनालीको संयोजकत्वमा भएको कार्यक्रममा वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले युवाहरूलाई विकृति र विसङ्गतिबाट टाढा राख्न खेलकुद गतिविधि आवश्यक रहेको चर्चा गर्दै खेललाई जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले बक्सिङ खेललार्ई राज्यस्तरबाट ध्यान दिन सके यसको दु्रतगतिमा विकास हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्यहरू उत्तम गुरुङ, अमृत तामाङ, आठौँ सागका स्वर्णपदक विजेता प्रकाश थापामगर र रामचन्द्र थापामगर, डीएसपी भोजराज रिजाल, नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष किरण श्रेष्ठ र सविन भट्टाचार्यको उपस्थिति थियो ।
फाइनल खेलमा महिलाहरूमा ४८ केजीमा वाग्मतीका सुस्मा तामाङ, ४८ केजीमा वाग्मतीका सुस्मा तामाङले लुम्बिनीका मन्दिरा पौडेललाई जितेर स्वर्ण पदक हासिल गरिन् । त्यस्तै ५० केजीमा वाग्मती रमिशा श्रेष्ठले कोसीका शीला राईलाई जितेर स्वर्णपदक हासिल गरिन् । ५२ केजीमा गण्डकीका सोनिया बडुवालले वाग्मतीका भावना भण्डारीलाई जितेर स्वर्ण पदक हासिल गरिन् । ५४ केजीमा कर्णालीका अन्जनी तेलीले वाग्मतीका लुम्बिनीका पुष्पा थापालाई जितेर स्वर्ण पदक हासिल गरिन् । ५७ केजीमा कोसीका नरिका राईले वाग्मतीका पेमा शेर्पालाई जितेर स्वर्ण पदक हासिल गरिन् । त्यस्तै ६० केजीमा कोसीका जोनु लिम्बुले वाग्मतीका नतिशा रानामगरलाई जितेर स्वर्ण पदक हासिल गरिन् । त्यस्तै ६३ केजीमा वाग्मतीका तनुजा नेपालीले कर्णालीका हेमा राईलाई जितेर स्वर्ण पदक हासिल गरिन् । ६६ केजीमा सुदूरपश्चिमका प्रतिक्षा रोकायाले वाग्मतीका तृष्णा गुरुङलाई जितेर स्वर्ण पदक हासिल गरिन् । ७० केजीमा कर्णालीका कोश डोमा शेर्पाले गण्डकीका अस्मिता बस्नेतलाई जितेर स्वर्ण पदक हासिल गरिन् । त्यस्तै ७५ केजीमा कर्णालीका शीला महर्जनले गण्डकीका जोशिका श्रेष्ठलाई जितेर स्वर्ण पदक हासिल गरेको वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै पुरुषतर्फ ४८ केजीमा वाग्मतीका रविन थापाले लुम्बिनीका विशेष बुढामगरलाई जितेर स्वर्ण पदक हासिल गरे । ५१ केजीमा वाग्मतीका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुनमगरलाई, ५४ केजीमा वाग्मतीका मदनकृष्ण डंगोलले कोसीका डम्बरबहादुर श्रेष्ठलाई, ५७ केजीमा वाग्मतीका निरञ्जन मोक्तानले कर्णालीका प्रवल उप्रेतीलाई जितेर स्वर्ण पदक हासिल गरे । त्यस्तै ६० केजीमा गण्डकीका निश्चल गुरुङले कोसीका सिङ्घवीर लिम्बुलाई, ६३.५ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले कोसीका एक्लिस शाहीलाई र ६७ केजी कर्णालीका प्रशाङ सुब्बाले सुदूरपश्चिमका नवीन जाग्रीलाई जितेर स्वर्ण पदक हासिल गरे । ७१ केजीमा वाग्मतीका आश्विनधिरण श्रेष्ठले गण्डकीका निशान गुरुङलाई, ७५ केजीमा गण्डकीका टार्जन धर्तिमगरले कोसीका प्रशान्त दाहाललाई, ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले वाग्मतीका प्रशाङ श्रेष्ठलाई जितेर स्वर्ण पदक हासिल गरे । ८६ केजीमा गण्डकीका किरण विकले लुम्बिनीका प्रशान थापालाई, ९२ केजीमा गण्डकीका सुनिल श्रेष्ठले वाग्मतीका प्रदिप तामाङलाई र ९२ केजीभन्दा माथिकोमा वाग्मतीका करण तामाङले कोसीका इशाक जनक शाहीलाई जितेर स्वर्ण पदक हासिल गरेको वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
वाग्मती प्रदेश पुरुषमा ६ वटा स्वर्ण पदक, २ वटा सिल्भर र ४ वटा ब्रोन्ज मेडल र महिलामा ३ वटा स्वर्ण पदक, ४ वटा सिल्भर र २ वटा ब्रोन्ज मेडलसहित टीम प्रथम हुन सफल भयो भने गण्डकी प्रदेश टीम दोस्रो र कर्णाली टीम तेस्रो भयो । महिला खेलाडीमा वाग्मतीका तनुजा नेपाली र पुरुषमा गण्डकीका निश्चल गुरुङ उत्कृष्ट खेलाडी भए । उत्कृष्ट कोचमा रमेशदास श्रेष्ठ घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *