एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
भक्तपुर, २४ चैत । युवा खेलकुदर समूह कीर्तिपुर र सहिद साप्ताहिक पत्रिकाको संयुक्त आयोजनामा भएको १५ औँ सहिद स्मृति कप खुला ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भयो ।
प्रतियोगिताको फाइनल खेलमा कीर्तिपुर नगरपालिकाका अमित महर्जन/विप्रिशमुनी बज्राचार्यको जोडीले चन्द्रागिरी नगरपालिकाका सुमन महर्जन/प्रमोद महर्जनको जोडीलाई २४/२२ र २०/१८ को सोझो सेटले पराजित गरी कीर्तिपुरको टीम त्रिनगर च्याम्पियन बन्न सफल भयो । चन्द्रागिरीका प्रमोद/सुमन द्वितीय र कीर्तिकपुरकै नरेश महर्जन/रितिश श्रेष्ठ र श्याम महर्जन/निखिल भट्ट संयुक्त रूपमा तृतीय भए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले शासक नेताहरूले सहिदरूको सपनामाथि खेलबाड गरिरहेका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “३३ वर्षलाई इतिहासमा एक पुस्ता मानिन्छ । सहिदको बलिदानबाट प्रजातन्त्र पुनःस्थापना भएको दोस्रो पुस्तामा पुग्दासमेत नेपाली जनताले मौलिक परिवर्तन अनुभव गर्न पाएका छैनन् ।”
देशका हरेक क्षेत्र भताभुङ्ग हुनुमा मुख्य जिम्मेवार सरकारमा गएका दलहरू नै दोषी भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशमा देखिएको नैतिकता, इमान, विचार, सिद्धान्तको सङ्कटले गर्दा राजनीतिक र आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दै गएको छ ।”
प्रतियोगिताका संयोजक नारायण महर्जनले सहिदको सम्झना गर्दै युवाहरूमा सहिदको योगदानबाट सिकाउने र ब्याडमिन्टन खेलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय कुशल खेलाडी तयार गर्ने लक्ष्यका साथ १५ औँ पटक सहिद स्मृति कप सञ्चालन भएको जानकारी दिनुभयो ।
समूहका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा मधुकर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा यस वर्षको वर्ष खेलाडी इन्द्रायणी परिवार क्लवका अध्यक्ष, देवढोका ब्याडमिन्टन समूहका संस्थापक, ब्याडमिन्टन क्लबका नियमित खेलाडी भीमकुमार महर्जनलाई घोषणा गरिएको थियो ।
प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय खेलाडीहरूलाई क्रमशः ३० हजार, १५ हजार र ८ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजयी खेलाडीहरूलाई अतिथि गोसाई, नेपाल टेलिकमका वित्तीय प्रमुख राजेन्द्र श्रेष्ठ, कीर्तिपुर ब्याडमिन्टन क्लवका अध्यक्ष चन्दन महर्जन, निवर्तमान अध्यक्ष दयाराम डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र र नगद प्रदान गर्नुभएको थियो ।
Leave a Reply