भर्खरै :

अन्तरप्रदेश बक्सिङ प्रतियोगिता चालु

अन्तरप्रदेश बक्सिङ प्रतियोगिता चालु

चितवन, २९ चैत । प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ प्रतियोगिता संयोजक धनकुमार मैनालीको संयोजकत्वमा भएको सेमिफाइनलमा महिलाको ४८ केजी तौल समूहमा लुम्बिनी प्रदेशका मन्दिरा पौडेलविरुद्ध सुदूरपश्चिमका बिनिता जैसीबिच भएको खेलमा वाक ओभरको आधारमा मन्दिर पौडेलले जित हािसल गरिन् ।
५४ केजीमा वाग्मतीका रक्षा जिसीविरुद्ध कर्णालीका अन्जनी तेली युनिनमस डिसिजनको आधारमा जितिन् । त्यस्तै, कर्णालीका तुल्सी भण्डारीलाई कोशीका नारीका राईले आरएससी आवट क्लासमा जित हासिल गरिन् । ५७ केजीमा वाग्मतीका पेमा शेर्पाले मधेसका अंशु केसीलाई ५ः० अङ्कले पराजित गरिन् । मधेसका निश्मा गुरुङलाई कोशीका जोनु लिम्बुले ४ः१ अङ्कको आधारमा हराइन् । त्यस्तै कर्णालीका अलिना गुर्बाजूलाई वाग्मतीका नतिशा रानामगरले ३ः२ अङ्कको आधारमा विजय हासिल गरेको वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
पुरुषहरूको खेलमा ४८ केजीमा गण्डकीका राजेश पाण्डेलाई लुम्बिनीका विशेष बुढा मगरले आरएससी आवट क्लासमा हराए । कर्णालीका मोहन गुरुङलाई वाग्मतीका मोहन गुरुङले ५ः० अङ्कमा हराए । त्यस्तै ५१ केजीमा वाग्मतीका लालप्रसाद उप्रेतीले कर्णालीका लक्ष्मण राईलाई ४ः१ अङ्कमा हराए । त्यस्तै कोशीका उपेन राईलाई लुम्बिनीका भरत पुनमगरले ५ः० अङ्कले हराए । ५४ केजीमा लुम्बिनीका देवेन्द्र डाँगीलाई कोशीका डम्बरबहादुर श्रेष्ठले आरएससी आवट क्लासमा हराए । त्यस्तै कर्णालीका जीवनकुमार पुनलाई वाग्मतीका मदनकृष्ण डंगोलले आरएससी आउट क्लासको आधारमा विजय हासिल गरे । त्यस्तै ५७ केजीमा गण्डकीका चन्द्रबहादुर थापालाई कर्णालीका प्रवल उप्रेतीले ५ः० अङ्कमा हराए । त्यस्तै कोशीका बलबहादुर पुनलाई वाग्मतीका निरञ्जन मोक्तानले ५ः० अङ्कमा हराए । त्यस्तै ६० केजीमा लुम्बिनीका अनिलकुमार पुनमगरलाई कोशीका सिङ्घवीर लिम्बुले ४ः१ अङ्कमा हराए । गण्डकीका निश्चल गुरुङले कर्णालीका सागर श्रेष्ठलाई ५ः० अङ्कमा हराए । ६३.५ केजीमा लुम्बिनीका अमर भुषाललाई कोशीका एक्लिस शाहीले ५ः० अङ्कमा हराए । वाग्मतीका शोहन राईलाई सुदूरपश्चिमका महेन्द्र चन्दले ३ः२ अङ्कमा हराए । ६७ केजीका वाग्मतीका दिनेश लामालाई कर्णालीका प्रशान्त सुब्बाले आरएससी आउट क्लासको आधारमा हराए । गण्डकीका आयुष तामाङलाई सुदूरपश्चिमका नवीन जाग्रीले ५ः० अङ्कमा हराए । ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दलाई गण्डकीका निशान गुरुङले ४ः१ अङ्कमा हराए । कोशीका तोबिन प्रधानलाई वाग्मतीका आश्विन धिरण श्रेष्ठले ५ः० मा हराए । त्यस्तै ७५ केजीमा मधेसका कासाङ तामाङलाई गण्डकीका टार्जन धर्तीमगरले आरएससी आउट क्लासको आधारमा हराए । त्यस्तै कोशीका प्रशान्त दाहालले वाग्मतीका मेलिस लामालाई ५ः० अङ्कमा हराए । त्यस्तै ८० केजीमा गण्डकीका यमबहादुर केसीलाई वाग्मतीका प्रशाङ शेर्पाले एबीडीमा हराए । त्यस्तै मधेसका सन्तोष खत्रीलाई सुदूरपश्चिमका बाला रावलले ५ः० अङ्कमा हराए । ८६ केजीमा मधेसका विजय बाटालाई लुम्बिनीका प्रशान थापाले वाक ओभरमा हराए । त्यस्तै गण्डकीका किरण विकले वाग्मतीका उमङ्ग महर्जनलाई आरएससी आउट क्लासको आधारमा हराए । त्यस्तै ९२ केजीमा कोशीका हेमचन्द्र राईलाई वाग्मतीका प्रदीप तामाङले एबीडी आउट क्लासको आधारमा हराए । गण्डकीका सुनिल श्रेष्ठले सुदूरपश्चिमका आशुतोष पचेरालाई आरएससी आउट क्लासमा हराए । त्यस्तै, ९२ केजी माथिको तौलमा लुम्बिनीका सुजन थापामगरलाई वाग्मतीका करण तामाङले एबीडी आउट क्लासमा हराए । त्यस्तै इसाकजनक शाहीले गण्डकीका सुदिप गुरुङलाई आरएससी आउट क्लासको आधारमा जित हराएको वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *