भर्खरै :

गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा सघाउन चीन तत्पर

लि लेइ (Li Lei) । चिनियाँ राष्ट्रपति सि चिनफिङका अनुसार विश्वव्यापी गरिबी निवारण कार्य अगाडि बढाउन विभिन्न पक्षसित मिलेर काम गर्न चीन तत्पर रहेको छ । संयुक्त राष्ट्र सङ्घको दिगो विकास हासिल गर्नका लागि सन् २०३० सम्ममा गरिबी निवारण गर्ने लक्ष्य प्राप्त गर्न प्रतिबद्ध छ ।
राष्ट्रपति सिले उक्त विचार सुधार र खुलापन तथा चीनमा गरिबी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई बधाई ज्ञापनको चिठी लेख्दै व्यक्त गर्नुभएको हो । उक्त सम्मेलन नोभेम्बकोर पहिलो हप्तामा चिनियाँ सरकार र विश्व बैङ्क समूहको संयुक्त आयोजनामा पेइचिङमा भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव समेत रहनुभएका राष्ट्रपति सिले चीनले विगत चार दसकमा ७० करोड जनतालाई गरिबीबाट माथि उठाएर चमत्कार गरेको उल्लेख गर्नुभयो ।
चीनले आफ्नो देशका सबै गरिब जनतालाई र गरिबीग्रस्त क्षेत्रलाई मध्यमा रुपमा समृद्ध बनाउने बाँकी विश्वसित समृद्ध समाज निर्माण गर्न सहकार्य गर्न वाचा व्यक्त गरेको र त्यसमा तत्परताका साथ लागिरहेको नेता सिले उल्लेख गर्नुभयो ।
“हामीजनता केन्द्रित विकासको दर्शनमा अडिग रहनेछौँ, गरिबी उन्मूलन लक्षित योजनाहरू इमानदारीपूर्वक लागू गर्दैछौँ, चीनका सङ्घ संस्थाहरूलाई पूर्णतया सक्रिय पार्नेछौँ, सरकारको नेतृत्वदायी भूमिकामा अडिग रहनेछौं, पूर्वी र पश्चिमी क्षेत्रहरूको सहयोगलाई गहन पार्नेछौँ, सिङ्गो समाजलाई गरिबी उन्मूलनमा परिचालन गर्नेछौँ, सरकारी अनुदान प्राप्त विकासकेन्द्रित गरिबी निवारण कार्यक्रमहरूको समन्वय गर्नेछौँ र २०२० सम्ममा गरिबी पूर्णतया निवारण हुने सुनिश्चित गर्नेछौँ ।” राष्ट्रपति सिले चिठीमा उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेनेसले पनि सम्मेलनलाई एक बधाईको चिठी पठाउँदै चीनको गरिबी निवारणको अनुभवले मूल्यवान पाठ सिकाउने तथा विश्वव्यापी गरिबी निवारणमा चीनको नेतृत्वका लागि चीनलाई प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य तथा चिकपा केन्द्रीय प्रचार विभागका प्रमुख ह्वाङ कुनमिङले उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको व्यापक सहभागिताले चीनको खुलापन र सुधार तथा गरिबी उन्मूलनमा यसका उपलब्धिहरूमाथि विश्वव्यापी ध्यानाकर्षण भएको र मान्यता प्राप्त भएको विचार राख्नुभयो ।
अति गरिबी अझै पनि विश्वको निम्ति चुनौती रहेको उल्लेख गर्दै ह्वाङले चीनभित्र झण्डै ३ करोड र विश्वव्यापी रुपमा ७ करोड मानिसलाई अति गरिबीबाट माथि उकास्त्रन बाँकी रहेको बताउनुभयो ।
(Nation ready to assist in global poverty fight)
– China Daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *