भर्खरै :

महिलाविरुद्ध हिंसा वृद्धि

घोराही, १२ मंसिर । आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ को मंसिर पहिलो सातासम्म १ हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१÷७२ मा २५१ वटा, २०७२/७३ मा २५१ वटा, २०७३/७४ मा २७२ वटा, २०७४/७५ मा ३२५ वटा महिला हिंसाका घटना भएका छन् ।
त्यसैगरी चालू आर्थिक वर्षको मंसिर पहिलो सातासम्म ६२ वटा महिला हिंसाका घटना प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो । तथ्याङ्कमा उल्लेख गरेअनुसार बलात्कारका १२९ वटा, बलात्कार प्रयासका ५३, बहुविवाहका १२, मानव बेचविखनका पाँच, घरेलु हिंसाका ५१९, आत्महत्याका ३३१, सामाजिक हिंसाका ६४, बोक्सी आरोपका आठ जना पीडित रहेका छन् ।
प्रहरी निरीक्षक गौतमका अनुसार महिला विशेषगरी घरभित्रै कुटपिट गर्ने, अपमान गर्ने, घर निकाला गर्ने, घरपरिवारका कुनै पनि व्यक्ति नबोलेर वा गालीगलौज गरेर मानसिक यातना दिनेजस्ता घटना बढी आउने गरेको बताउनुहुन्छ ।
महिला पुनःस्थापना केन्द्र ओरेकले दाङमा बितेको १० महिनामा १३५ महिला हिंसाका निवेदन परेकोमा सबैभन्दा बढी घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना थिए । यसैगरी औपचारिक सेवा केन्द्र इन्सेकले दाङमा बितेको साढे १० महिनामा अभिलेख गरेको तथ्याङ्कमा १५१ वटा मानव अधिकार हननका घटना भएका थिए ।
त्यसमा पनि सबैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए । इन्सेकको तथ्याङ्कमा पनि बालिका बलात्कारको घटना ह्वात्तै बढेको पाइयो । महिला मानव अधिकार रक्षकको सञ्जालकी केन्द्रीय सचिव आचार्य फैसला कार्यान्वयन गर्ने निकायको सक्रियता नहुनु, मुद्दामा लाग्ने खर्च गर्नसक्ने क्षमता नहुनु, सामाजिक लाञ्छनाका कारण अन्यायविरुद्ध सङ्घर्ष गर्ने साहस नहुनुजस्ता कारणले न्यायमा महिलाले पहुँच पु¥याउन नसकेको उहाँ बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *