एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
काठमाडौं, १२ मंसिर । सशस्त्र प्रहरीको एपीएफ क्लवले प्रधानसेनापति छैठांै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपीएफले तेस्रो, चौथो, पाँचौं र छैटौं संस्कारमा उपाधि जितेको थियो ।
निध्र्रारित ९० मिनेट र थप गरिएको २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा एपीएफले बाजी मार्यो । पेनाल्टीमा एपीएफका सावित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरे ।
यस्तै आर्मीका अञ्जना रानामगर र निशा बोहराले गोल गरिन् । तर, कृष्णा खत्री, अञ्जली सुब्बा र इन्दिरा राईले गोल गर्न नसक्दा आर्मी उपाधिबाट बञ्चित भएको हो । यसअघि खेलमा १९ औं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
दोस्रो हाफमा आर्मी खेलमा फर्कदै बराबरी गर्न सफल भयो । खेलको ६३ औं मिनेटमा विमला चौधरीले गोल गरेपछि आर्मीले खेल १–१ को बराबरी बनाएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
उपाधिसँगै एपीएफले रु. ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले रु. १ लाख ५० हजार प्राप्त ग¥यो । सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले रु. ५०/५० हजार पुरस्कार पाएका छन् ।
प्रतियोगितामा आर्मीकी पुनम जर्गा मगरले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एकथान स्कुटर प्राप्त गरिन् । उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी, मिडफिल्डरमा आर्मीकी विमला चौधरी, डिफेन्डरमा आर्मीकी सुमित्रा चौधरी, गोलकिपरमा एपीएफकी एञ्जिला सुब्बा र उत्कृष्ट प्रशिक्षक एपीएफका जनक सिंह घोषित हुँदै जनही रु. ५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पिताम्बर तिमिल्सिनालगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । रासस
Leave a Reply