भर्खरै :

शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

काठमाडौँ, ८ पुस  ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे ।
आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६आँैं मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित बन्यो । यो आर्मीको लिगमा दोस्रो हार हो । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *