भर्खरै :

महिला दिवसको अवसरमा कार्यशाला गोष्ठी सम्पन्न

भक्तपुर, २६ फागुन । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिले शनिबार कार्यशाला गोष्ठी ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले नेपालको संविधान २०७२ को भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले अदालतको न्याय महँगो र लामो समय लाग्ने भएकोले नागरिकलाई स्थानीय तहबाट निःशुल्क र छिटोछरितो न्याय पाउन सहज हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र भक्तपुरका चिकित्सक डा. धु्रव श्रेष्ठले महिलाहरूमा सचेतना नभएकोले र स्वास्थ्य संस्थामा जाने हिच्किचाहटका कारण महिलालाई अनेक रोग लाग्ने बताउनुभयो ।
कार्यशालामा इन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले माक्र्सको योगदान र श्रमिक महिलाको विषयमा चर्चा गर्नुभयो ।
आयोजक समितिका कोषाध्यक्ष अनिता जधारीले महिलासँग सम्बन्धित कानुनबारे बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णप्यारी जधारीको सभापतित्वमा भएको गोष्ठीका सञ्चालक रत्नश्वरी चवालले पनि आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *