भर्खरै :

बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर, ३० फागुन (रासस)ः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ ।
विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए । खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औँ मिनेटमा खातुनले दोस्रो गोल गरेकी थिइन् ।
पहिलो हाफमा दुवै टोलीले गोलरहित खेल खेलेका थिए । बङ्गलादेशको आक्रमणलाई भूटानी डिफेण्डरले पहिलो हाफसम्म विफल बनाएका थिए । बङगलादेश साफ सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल र बङ्गलादेशबीच शनिबार हुने लिगको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।
भूटान प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । भूटान पहिलो खेलमा नेपालसँग ३–० गोलले पराजित भएको थियो । शुक्रबार समूह ‘बी’ अन्तर्गत श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *