भर्खरै :

प्रा. डा कर्माचार्यद्वारा विद्यार्थीका लागि अक्षय कोष खडा

भक्तपुर, १ जेठ । प्रा.डा. सिद्धिवीर कर्माचार्यले आफू कार्यरत वागीश्वरी मावि च्याह्मासिंहमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूको निम्ति अक्षय कोष खडा गनुभएको छ ।
विवाहको ४४ वर्षगाँठको उपलक्ष्यमा प्राप्त सङ्कलित रकममा केही थप गरी रू. एक लाख एक हजार चार सय चवालीस अक्षय कोष खडा गरिएको हो ।
वागीश्वरी माविको भक्तपुर साकोसमा रहेको खाता नं. जी ५४६ मा जेठ १ गते उक्त रकम जम्मा गरिएको वागीश्वरीको लेखा शाखाले जानकारी दिएको छ । दिइएको जानकारीअनुसार वागीश्वरी विद्यालयमा पछिल्लो खडा भएको ‘सिद्धिवीर कर्माचार्य’ अक्षय कोषसमेत गरी आठ वटा कोषहरू भए ।
यसअघि सिद्धिबहादुर प्रजापति अक्षय कोष, नारायणी मानन्धर अक्षय कोष, शिक्षक कर्मचारी अक्षय कोष, बाल पुस्तकालय अक्षय कोष, कृष्णराम प्रजापति अक्षय कोष, पूर्व विद्यार्थी समाज अक्षय कोष, वागीश्वरी शैक्षिक अक्षय कोष रहेका छन् ।
गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न न्यूनतम रू. एक लाखको रकम प्रदान गरिएमा जो कसैले पनि कोष खडा गर्न सकिने व्यवस्था भएको विद्यालयले जनाएको छ ।
प्रा.डा. सिद्धिवीर कर्माचारी वागीश्वरी माविमा २०६१ सालदेखि प्लस टुको विज्ञान शिक्षक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *