भर्खरै :

गृष्मकालीन शिविर सम्पन्न

काभ्रेपलाञ्चोक, १ जेठ । वागीश्वरी कलेज स्नातक तह दोस्रो वर्ष सामाजिक कार्यको प्रयोगात्मक कार्यअन्तर्गत चार दिने गृष्मकालीन शिविर यही वैशाख २८ देखि ३१ गतेसम्म काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नं. १ र २ बालुवापाटीमा विभिन्न सामाजिक गतिविधि गरी सम्पन्न भयो । बालुवापाटीका विभिन्न चार गाउँ दुवागाउँ, गैरीगाउँ, थिङटोल र छापगाउँमा विद्यार्थीहरूले स्थलगत अध्ययन र जनचेतनामूलक कार्य गरेका थिए ।
समापन तथा प्रमाणपत्र वितरण समारोह मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा नगरपालिकाका वडा नंं १ र ५ का वडाध्यक्ष क्रमशः लक्ष्मण बास्ताकोटी र नेत्रप्रसाद ढकाल, बालुवा माविका सहप्रअ गणेशप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
शिविरमा सहजकर्ताको भूमिका स्थानीय समाजसेवी कृष्णबहादुर तामाङले निर्वाह गर्नुभएको थियो । समापन कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामाजिक कार्य उत्तम कार्य भएकोले बालुवापाटीस्थित बालुवा माविलाई सहयोग गर्न तत्पर भएको औँल्याउनुभयो ।
कार्यक्रममा शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।
शिविरमा विद्यार्थीहरूले स्थानीय बुद्धिजिवी, समाजसेवी, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षासेवीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *