वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
भक्तपुर, ६ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नपाको आयोजनामा भएको चारदिने शिक्षक सेवा प्रवेश तालिम समापन कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले सेवा प्रवेश गर्ने शिक्षकहरूलाई आफ्नो योग्यताअनुसारको काम गरेमा भक्तपुरको शैक्षिक उन्नयनमा अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक परिचयमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूकै जगका आधारमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । भनपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजबाट वर्षको ४३२ जना इन्जिनियरहरू उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहलाई संविधानमै व्यवस्था गरिएको स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न पाउने अधिकारीलाई प्रयोग गरी भनपाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी नगरका ९२ वटै विद्यालयमा अध्ययन अध्यापन भइरहेको जानकारी दिँदै उहाँले गरिब जनतालाई सहज, सुलभ ढङ्गले स्वास्थ्य सेवा प्रदान गर्न १०० शøयाको ख्वप अस्पतालमार्पmत सेवा प्रवाह भइरहेको तथा नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगतको व्यवस्था गरिरहेको जानकारी दिनुभयो । “इज्जत र प्रतिष्ठाको लागि काम गर्नेहरूले हचुवाको भरमा काम गर्दैनन्, गहिराइमा पुगेर काम गर्छन्,” उहाँले भन्नुभयो ।
उहाँले भनपाले ८ सय वर्षभन्दा पुराना पोखरी, मन्दिरहरू पुनःनिर्माण गरी संरक्षण गरिरहेको बताउनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले ‘शिक्षा सेवा नव–प्रवेशीहरूलाई मार्गदर्शन’, प्राध्यापक डा. गणेशबहादुर सिंहले ‘त्रिविका शैक्षणिक अनुसन्धान तथा तालिम क्रियाकलाप’, भनपा वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले ‘भनपाद्वारा सांस्कृतिक, वातावरणीय र खेलकुद जागरणका क्रियाकलापहरूको आयोजना तथा स्कूलहरूको सहभागिता’, उपप्राध्यापक राजेन्द्र श्रेष्ठले ‘स्थानीय पाठ्यक्रम र ख्वपको पहिचान’ तथा शिक्षा शाखा प्रमुख साधुराम फुयाँलले ‘शिक्षा ऐन र अन्य कार्यविधि’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिमका सहजकर्ताहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply