भर्खरै :

अमेरिकी साम्राज्यवाद मुर्दावाद ! यहुदी जातिवाद मुर्दावाद ! प्यालेस्टिनीहरूको जातीय सफाया बन्द गर ! स्थायी युद्धविराम सम्झौता गर !

अमेरिकी साम्राज्यवाद मुर्दावाद ! यहुदी जातिवाद मुर्दावाद ! प्यालेस्टिनीहरूको जातीय सफाया बन्द गर ! स्थायी युद्धविराम सम्झौता गर !

अपिल
एक समय बेलायतलाई ‘सूर्य नअस्ताउने साम्राज्य’ भनिन्थ्यो । अङ्ग्रेजहरूले संसारभरि उपनिवेश फैलाएका थिए । २० औँ शताब्दीमा बेलायतको साम्राज्य घट्दै गयो ।
बेलायतले धेरै देशमा ठुलाठुला घाउ छोडेर गयो । हाम्रै छिमेकी देश भारत र चीनबिच काल्पनिक सीमारेखा कोरेर झगडाको बीउ रोप्यो । भारतलाई तीन टुक्रा बनायो । प्यालेस्टाइनको समस्या पनि बेलायतले नै बनाएको गहिरो घाउ हो । यसमा अहिले अमेरिकी साम्राज्यवादले प्यालेस्टिनलाई उक्साउँदै छ ।
आजभन्दा झन्डै १०० वर्षअघि प्यालेस्टाइनमा सबै जाति र धर्मका मानिसहरू मिलेर बसेका थिए । त्यसबेला यहुदीहरूको जनसङ्ख्या ६–७ प्रतिशतमात्र थियो । युरोपमा ‘विश्व यहुदी महासङ्घ’ नामको यहुदी जातिवादी ९श्ष्यलष्कत० सङ्गठन बन्यो । बेलायतले प्यालेस्टाइनका जनतासँग नसोधी सन् १९१७ मा त्यस सङ्गठनलाई ‘यहुदीहरूको देश’ बनाइदिन्छौँ भनेर वचन दियो । बेलायतले पहिलो विश्वयुद्धपछि ३० वर्षसम्म त्यहाँ यहुदी बस्ती बसाल्दै गयो र यहुदीहरूको जनसङ्ख्या ३० प्रतिशतमाथि पु¥यायो भने १५ हजारभन्दा बढी प्यालेस्टिनी जनता मारेर तथा ५०० भन्दा बढी गाउँ ध्वस्त पारेर संयुक्त राष्ट्रसङ्घमार्फत सन् १९४८ मा इजरायल स्थापना गरायो । ‘संयुक्त राष्ट्रसङ्घ’ ले प्यालेस्टाइनलाई दुई टुक्रा पारेर इजरायल घोषणा ग¥यो । संयुक्त राष्ट्रसङ्घले ६ प्रतिशत यहुदीहरूलाई ५६ प्रतिशत प्यालेस्टिनी भूमि छुट्यायो । यसरी प्यालेस्टाइनको घाउ चर्काउने काममा बेलायती दबाबमा रहेको संयुक्त राष्ट्रसङ्घ पनि सहभागी भयो ।
इजरायलको पहिलो प्रधानमन्त्री डेभिड बेन–गुर्योनले भने, “प्यालेस्टिनी अरबीहरू, देश छोडेर भाग ¤” इजरायलका यहुदी शासकहरू जातिवादी ९च्बअष्कत० छन् । उनीहरू अर्को जाति वा धर्मका मानिसलाई घृणा गर्छन् । तिनीहरूले साढे ७ लाखभन्दा बढी प्यालेस्टिनी जनतालाई घरबाविहीन बनाएपछि ‘घर फर्किन नपाउने कानुन’ ल्याए । अहिले आधाभन्दा बढी प्यालेस्टिनीहरू परदेशमा बाँच्न विवश छन् । आधा प्यालेस्टिनी गाजापट्टी र पश्चिम किनारामा इजरायलको खुला जेलमा कैदीजस्तै बाँच्न विवश छन्† आफ्नै देशमा शरणार्थी बनेका छन् । इजरायलले बर्सेनि प्यालेस्टाइनमाथि बमबारी गरी जातीय हिंसा गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले गत असोज ५ गते संयुक्त राष्ट्रसङ्घको महासभामा मध्यपूर्वको नयाँ नक्सा देखाए । त्यसमा प्यालेस्टाइनको नक्सा नै थिएन । प्यालेस्टिनीहरूको राजनीतिक, सामाजिक र लडाकु सङ्गठन हमासले असोज २० गते त्यसको जवाफ दियो । यही बहानामा इजरायलले प्यालेस्टिनी जनतालाई नै नामेट पार्न जातीय सफाया ९न्भलयअष्मभ० गर्ने योजनालाई तीव्र पा¥यो । इजरायलको कृषिमन्त्रीले केही दिनअगाडि “हामी गाजामा नक्बा गर्दै छौँ” भने । नक्बा ९ल्बपदब० भनेको नरसंहार हो ।
नेपाल अङ्ग्रेजहरूसँग लडेको देश हो । आज देशघाती एमसीसी सम्झौतामा फसाएर हाम्रा नदीनालाको बिजुली भारत हुँदै सिङ्गापुरसम्म लग्ने षड्यन्त्र भइरहेको छ । प्यालेस्टिनीहरूसँग घरको चाबी छ तर घर यहुदी जातिवादीहरूले खोसेका छन् । नेपालीसँग नदीनाला छन् तर त्यसको बिजुली भारतीय एकाधिकार पुँजी र साम्राज्यवादीहरूले खोस्दै छन् । अर्कोतिर नेपाली जनतालाई विभिन्न जात र धर्ममा बाँड्न जातिवाद पनि हाबी छ । भारतका फासीवादी नेता नरेन्द्र मोदीले ‘अखण्ड भारत’ को नक्सामा नेपाललाई पनि गाभे । हिन्दू फासीवाद पनि यहुदीवादजत्तिकै हानिकारक छ ।
संरा अमेरिकाको आर्थिक र सैनिक सहयोग प्राप्त गरी यहुदी जातिवादीहरूले ५० दिनभित्र गाजामा २५,००० टनभन्दा बढी बम खसाले† १५,००० भन्दा बढीको हत्या गरे† हरेक १० मिनेटमा एक बालबालिका मारे† १०,००० भन्दा बढी महिला तथा बालबालिका मारे† जसमध्ये ६,००० भन्दा बढी बालबालिका छन्† ५०,००० भन्दा बढी गर्भवती महिला आवश्यक स्वास्थ्य सेवाको अभावमा छटपटिँदै छन् । इजरायली सैनिकले अस्पताल र विद्यालयमा बमबारी गरे । उनीहरूले करिब ५० प्रतिशत भौतिक संरचना ध्वस्त पारे । २ सत्न्दा बढी चिकित्सक–नर्स मारे । दर्जनौँ पत्रकारहरू मारे। करिब ३९ हजार प्यालेस्टिनी घाइते भइसकेका छन् । भग्नावशेषमा पुरिएका हजारौँलाई अझै निकाल्न सकिएको छैन । यस्तो स्थितिमा यहुदी जातिवादीहरूले खाना, पानी, औषधि, इन्टरनेटलगायत सम्पूर्ण अत्यावश्यक वस्तुको आपूर्ति बन्द गरे । पर्याप्त मानवीय सहयोग नपुगे गाजामा युद्धले भन्दा सङ्क्रामक रोगले मृत्यु हुनेहरूको सङ्ख्या बढी हुनेछ ।
सात हप्ताको इजरायली आक्रमणले विश्वबाट अलग भएको गाजापट्टीमा के–के भयो ?
– १७ लाख मानिसहरू विपत्ति र अभावमा छन् ।
– दैनिक १६ लाख डलर कृषि उत्पादनमा घाटा भयो । बेरोजगारी ७० प्रतिशत पुग्यो ।
– २ लाख ३४ हजार क्षतिग्रस्त आवासमध्ये ४६ हजार घर पूर्ण क्षति भए ।
– विद्युत् प्रणाली, पानीको भण्डारण र वितरण प्रणाली, ढल निकास ध्वस्त भएका छन् ।
– विश्व स्वास्थ्य सङ्गठनले गाजापट्टीमा इजरायली बम विस्फोटभन्दा रोगबाट धेरै मानिसहरूको मृत्यु हुने चेतावनी दिएको छ ।
इजरायलले गाजापट्टीका जनताविरुद्ध घेराबन्दी गरी आक्रमण गरेको नरसंहार हो । विश्वभरिका जनताले गाजापट्टीमा भइरहेको आक्रमण नरसंहार नै भएको बताएका छन् । बेलायतको संसद्मा इजरायली राजदूत फिर्ता पठाउने आवाज उठ्यो । आइरिस सरकारले इजरायली राजदूतलाई फिर्ता पठायो ।
बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्यो । कोलम्बियाले इजरायलबाट आप्mनो राजदूत फिर्ता बोलायो । बहराइनले इजरायलबाट राजदूत फिर्ता बोलाएर इजरायलसँगको आर्थिक सम्बन्ध नै तोड्यो । दक्षिण अफ्रिकी सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेसले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न विश्वलाई आह्वान ग¥यो । अस्ट्रेलियाले प्यालेस्टाइनको पक्षमा आफ्नो झन्डासँगै प्यालेस्टिनी झन्डा फहरायो । गाजाको नरसंहारविरुद्ध जोर्डनले इजरायलसँग पानी र ऊर्जा सम्झौता बहिष्कार ग¥यो ।
प्यालेस्टाइन र सिङ्गो मानवताका लागि संयुक्त राष्ट्रसङ्घको महासभामा १२० देशले मत खसाले । चीनले सुरूदेखि नै इजरायली बर्बरताविरुद्ध प्यालेस्टिनी जनताको समर्थनमा बोल्दै छ । नेपाल सरकारले पनि इजरायली राजदूतलाई फिर्ता पठाउनुपर्दछ । जापानलगायत मुलुकले मानवीय सहयोग जम्मा गर्दै छन् ।
प्यालेस्टिनमाथि नरसंहार र जातीय सफायाविरुद्ध स्वयम् संरा अमेरिका, लन्डन, इन्डिया, क्यानडा, अस्ट्रेलिया, स्पेन, इजरायललगायत ५–७ दर्जन देशहरूमा लाखौँ सहभागीसहित शक्तिशाली प्रदर्शनीहरू भइरहेका छन् ।
नेपाल सरकार र सत्ता पक्ष एवम् प्रमुख विपक्षी पार्टीहरू प्यालेस्टाइनमाथि इजरायली नरसंहार भइरहँदा किन मौन छन् ? युद्धकै बिच ‘सिक र कमाउ’ को नाउँमा इजरायल पठाइएका १० नेपाली युवाहरूको ज्यान गुमेको छ भने १ जना बेपत्ता छन् । युद्धग्रस्त भूमिमा नेपाली युवा पठाउने नेपालका प्रधानमन्त्री, मन्त्री, उच्च अधिकारी र म्यानपावर कम्पनीहरू यसका दोषी हुन् ।
हमास र इजरायल सरकारबिच मङ्सिर ८ गतेबाट सुरु भएको चारदिने युद्धविराम मङ्सिर १४ गतेसम्मको लागि थप दुई दिन थपियो । विगतमा पनि शान्ति सम्झौता भएको थियो । प्यालेस्टिनलाई राजनीतिक मान्यता दिनुपर्ने भएको हुँदा इजरायल शान्ति सम्झौताबाट पन्छिँदै आएको छ । युद्धविरामको अवधिमा इजरायलले प्यालेस्टिनी क्षेत्रमा गोलाबारी गर्न छोडेको छैन । प्यालेस्टिनी जनताको हितमा र विश्वमै शान्ति कायम गराउने एक महत्वपूर्ण पाइलाको रुपमा अमेरिकी सरकारले इजरायललाई स्थायी युद्धविराम गराउन जरुरी छ । अमेरिकी सरकारले प्यालेस्टिनी सार्वभौमिकतालाई स्वीकार गर्न आवश्यक छ ।
इजरायली शासकहरूले प्यालेस्टिनी जनतालाई पशुजस्तै मार्ने दाबी गर्दै छन् । हामी सचेत मानव हौँ। तसर्थ, साम्राज्यवाद र जातिवादको विरोध गर्नु हाम्रो दायित्व हो । प्यालेस्टिनी जनताको स्वतन्त्रता तथा स्वाधीनताको लडाइँप्रति हरेक शान्तिप्रेमी नेपाली जनताले ऐक्यबद्धता जनाउँदै छन् । यही मङ्सिर १५ गते ललितपुरको लगनखेलबाट इजरायली फासीवादको विरोधमा प्रदर्शन सुरु गरी मङ्गलबजार परिसरमा हुने सभामा उपस्थित भई प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउने कार्यक्रममा हातेमालो गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।
२०८० मङ्सिर १४
नेपाल क्रान्तिकारी महिला सङ्घ

Leave a Reply

Your email address will not be published. Required fields are marked *