भर्खरै :

गाजापट्टीको एक दिनको कल्पना गर्नु जरुरी छ

गाजापट्टीको एक दिनको कल्पना गर्नु जरुरी छ

संयुक्त राज्य अमेरिकाले एकातिर गाजापट्टीमा सर्वसाधारणको हत्या रोक्नुपर्ने विषय उठाउँदै छ भने अर्कोतिर इजरायललाई गाजापट्टीमा आक्रमण गराउन हतियार पनि पठाउँदै छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले धेरै निर्दोष प्यालेस्टिनी इजरायली आक्रमणमा मृत्यु भएको बताइन् । उनले स्पष्टसँग भनिन्, प्यालेस्टिनी भूमिमा इजरायली कब्जा रोकिनुपर्दछ, इजरायली कब्जा बन्द हुनुपर्दछ, गाजापट्टीमा नाकाबन्दी खारेज हुनुपर्दछ, गाजापट्टीमा आतङ्कवाद अन्त्य हुनुपर्दछ । तर, अमेरिकी सरकारले १०६ अर्ब डलर इजरायलाई सहयोग ग¥यो भने यसमध्ये १५ अर्ब डलरको हतियार पठाएको थियो ।
एक दिनको गाजापट्टीको अवस्था कल्पना गरौँ । एकदम कठिन छ । युद्धविराम नथपिएपछि इजरायलले मङ्सिर १५ गते नै प्यालेस्टिनमा थप आक्रमण ग¥यो । आक्रमणमा परेर ७०० जना प्यालेस्टिनीको मृत्यु भयो । अहिले गाजापट्टीका मानिसहरू भाग दौडमा छन् । केही प्यालेस्टिनीहरू कराउँदै थिए, “हामी सुरक्षितसाथ स्थानान्तरण हुन चाहन्छौंँ ।” बेलायतका लागि इजरायली राजदूत जीपी इटभेलीले उत्तरी गाजावासीलाई दक्षिण गाजा सुरक्षित भएको तर्फ जान सूचना पठाएको उल्लेख गर्नु प्यालेस्टिनी सावैभौमिकतामाथि हस्तक्षेप हो ।
गाजापट्टीको कल्पना गर्नु नै कठिन छ । मुटु नै छियाछिया हुन्छ । घरहरू भत्किएका छन् । परिवारहरू भोकै छन् । केटाकेटीलाई खेल्ने ठाउँ छैन । गाजावासीहरू मानवीय सहयोगको अपेक्षा गर्दै छन् । बिरामीलाई उपचार गर्न, लाखौँलाई खुवाउन थोरै सहयोगले पुग्दैन ।
इजरायली आक्रमणबाट गाजापट्टीका ५५ अस्पतालमध्ये २२ ओटा बन्द भए । गाजामा लाखौँ इजरायली बम खसालिएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुले हमास समाप्त नभएसम्म र बन्धकमा परेका इजरायली मुक्त नभएसम्म आक्रमण गर्ने बताए । तर, दसौँ हजार प्यालेस्टिनीहरूलाई इजरायल बन्धकमा राखेको छ ।
संयुक्त राष्ट्र सङ्घअनुसार गाजाका ४५ हजार घर भत्किए भने २७९ विद्यालय भवन क्षति भए । ६ लाख २५ हजार विद्यार्थीहरू अध्ययनबाट वञ्चित छन् । खानेकुरा पसल र मिलहरू बन्द छन् । प्यालेस्टिनीहरू भोकै छन् ।
अमेरिकी सरकारले प्यालेस्टिनी र इजरायल दुई राज्यको प्रस्ताव अघि सारेको थियो । यसलाई धेरै देशले समर्थन गरे । सहमतिको लागि प्यालेस्टिनले पनि दुई राज्यको प्रस्तावलाई समर्थन ग¥यो । तर, अहिले गाजापट्टीमा अमेरिकी र बेलायती सरकारकै हतियार वर्षा भइरहेको छ । हमासलाई लक्षित गर्ने नाममा इजरायली सेनाले सर्वसाधारण प्यालेस्टिनी जनताको हत्या गरिरहेको छ ।
प्यालेस्टिनी मुक्ति सङ्गठनको प्रतिस्पर्धी हमास पनि एउटा विचार र राजनीतिक पार्टी हो । अमेरिकी र इजरायली सरकारले हमासलाई सैनिक दमन गरी समाप्त पार्न लागेको गलत छ । सैनिक दमनले विचारको हार हुँदैन । प्यालेस्टिनी जनता ७५ वर्षदेखि इजरायली फासीवादको विरोधमा आफ्नो भूमि प्राप्तिको निम्ति लड्दै छन् । इजरायल देश जन्मनुभन्दा अगाडि नै प्यालेस्टिनी र प्यालेस्टिन देश थिए । यसकारण अमेरिका र इजरायलले प्यालेस्टिनविरुद्ध हत्या, कब्जा, दमन रोक्नुपर्दछ र प्यालेस्टिनी स्वतन्त्रताको सम्मान गर्नु आवश्यक छ ।
ब्राजिलका राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति बाइडेनसँग संवेदना नभएको र प्यालेस्टिनी केटाकेटी र महिलालाई लक्षित गरी इजरायलबाट भइरहेको हत्या गरेको नरसंहार र जातीय सफाया नै भएको बताए ।
युद्धविराम हालै तोडिएलगत्तै अमेरिकाको वाशिङटन र बेलायतको लण्डनमा युद्धको विरोधमा ठुलठुला प्रदर्शन पुनः सुरु भयो । पश्चिमा साम्राज्यवादको पराजय नभएसम्म विश्वका न्यायपे्रमी जनताले युद्धको विरोधमा प्रदर्शन र सभा चालु राख्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *