लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, १७ मङ्सिर । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नपाभित्रका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आइतबार घैँटो फुटाउने खेल, चित्रकला प्रतियोगिता तथा स्वास्थ्य शिविर आयोजना गरेको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देकोचास्थित ख्वप कलेज प्राङ्गणमा आयोजित घैँटो फुटाउने खेल (बौद्धिक अपाङ्गता र सुस्त मनस्थिति भएकाहरूको लागि) र चित्रकला प्रतियोगिता (बहिरा, बौद्धिक अपाङ्गता र सुस्त मनस्थिति भएकाहरू) लाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरूले देश र समाज चिनाउन उल्लेखनीय कार्यहरू गरेका उदाहरणहरू प्रस्तुत गर्दै यसबाट अपाङ्गता भएका व्यक्तिहरू पनि समान क्षमताका छन् भन्ने दरिलो उदाहरण भएको बताउनुभयो ।
भक्तपुर नपाले हरेक क्षेत्रमा राम्रो काम गर्दै आइरहेको बताउँदै उहाँले शैक्षिक क्षेत्रमा भक्तपुर नपाले विभिन्न विषयसहितका कलेजहरू सञ्चालन गरी देशकै नमुना नपाको रूपमा विकास गरिरहेको विचार राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले अपाङ्गता भएका बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई हरेक क्षेत्रमा व्यक्तित्व विकास गर्ने अवसरहरू प्रदान गरिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले शारीरिक अशक्त व्यक्तिहरूलाई थप माया र स्नेहको खाँचो भएको र अपाङ्गता भएका व्यक्तिहरूलाई सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताउँदै प्रतियोगिता आयोजनाले उनीहरूमा उत्साह थपेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, ख्वप माविका प्रअ प्रकाशकुमार श्रेष्ठलगायतले अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका विशेष भूमिका भएका व्यक्तित्व हुन् बताउनुभयो ।
प्रतियोगितामा घैँटो फुटाउने खेलमा ४२ जना, चित्रकला प्रतियोगितामा ३५ जना अपाङ्गता भएका बालबालिकाहरूले सहभागिता जनाएका थिए । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविर बिहान १० बजेदेखि सोही स्थानमा भएको थियो ।
प्रमुख प्रजापतिले प्रतियोगिताका सहभागी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो । अपाङ्गता भएका सबै बालबालिकाहरूलाई टोपी र मफलर वितरण गरिएको थियो ।
Leave a Reply